Wednesday 18 Chaitra, 2071 |
Menu

खेल

HUB

एन्फालाई ६ हजार डलर जरिवाना

(1 Vote)
एन्फालाई ६ हजार डलर जरिवाना

काठमाडौं – एसियन फुटबल कन्फेडेरेशन (एएफसी) अनुशासन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ६ हजार अमेरिकी डलर जरिवाना गरेको छ। एएफसी च्यालेञ्ज कप छनौट चरण अन्तर्गत दशरथरंगशालामा भएको नेपाल-बंगलादेशबीचको खेलमा सुरक्षा कमजोरी भएको भन्दै एएफसीले यस्तो निर्णय गरेको हो।

 

एएफसी अनुशासन कमिटीको १४ मे मा क्वाललाम्पुरमा बसेको बैठकले निर्णय गर्दै भनेको छ- 'अनुशासनसम्बन्धी दफा ६७ उल्लंघन गरेकाले एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरिन्छ।'

एएफसीको आधिकारिक वेबसाइटले जनाएअनुसार एन्फाले निर्णय भएको ३० दिनभित्र यो जरिवाना बुझाइसक्नु पर्नेछ। बंगलादेश र नेपालबीचको सो म्याचमा बंगाली खेलाडीलाई लक्ष्यित गर्दै घरेलु दर्शकले मैदानमा मोबाइल र लाइटर फ्याँकेका थिए। सो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो। २७ मिनेटमा पेनाल्टीमार्फत् पछाडि परेको घरेलु टोलीलाई ५७ मिनेटमा बंगलादेशी खेलाडीले गोल थपेपछि आक्रोशित बनेका दर्शकले मैदानमा मोबाइल र लाइटर फालेका थिए।

भविष्यमा हुने कुनै पनि खेलमा यस किसिमको सुरक्षा कमजोरी नदोहोर्‍याउन समेत एएफसीले एन्फालाई सचेत गराएको छ।

एक साता अघि भएको यो निर्णय बारे एन्फा पदाधिकारीले भने अनविज्ञ छन्। 'हामीलाई यस विषयमा जानकारी आएको छैन', एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले नागरिकन्युजसँग भने, 'जरिवाना भएकै भए हामी हाम्रो कुराहरु राख्नेछौं।'
विश्वकपमा सफल र असफल

विश्वकपमा सफल र असफल

मेलबर्न-मेलबर्न क्रिकेट मैदानमा आयोजक अस्ट्रेलियालाई उपाधिको पगरी गुथाउँदै एकदिवसीय क्रिकेट विश्वकपको ११ औं संस्करण आइतबार सम्पन्न भएको छ। १४ टोलीको सहभागिता ४४ दिन चलेको विश्व क्रिकेटको सबैभन्दा ठूलो महोत्सवमा सहआयोजक...

कप्तान धोनीको प्रतिप्रश्न

कप्तान धोनीको प्रतिप्रश्न

सिड्नी– भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीय क्रिकेटबाट अलग रहने विषयमा कुनै संकेत गर्न अस्वीकार गरे। विश्वकप क्रिकेटको सेमिफाइनलमा बिहीबार अस्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ...

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

सिड्नी– अस्ट्रेलियाले बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले पराजित गर्दै पाचौं विश्वकप उपाधि नजिक पुगेको छ। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले स्टिभ स्मिथको १ सय ५...

आर्मी पहिलोपल्ट च्याम्पियन (फोटो फिचरसहित)

आर्मी पहिलोपल्ट च्याम्पियन (फोटो फिचरसहित)

काठमाडौं-त्रिभुवन आर्मी क्लबले पहिलोपल्ट एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको उपाधि जितेको छ। आर्मीले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ५ विकेटले पराजित गरेपछि दोस्रो सहभागितामा उपाधि हत्याएको हो।

अनिल र महेशको कीर्तिमानी साझेदारी

अनिल र महेशको कीर्तिमानी साझेदारी

काठमाडौं-घरेलु क्रिकेटमा अनिल मण्डल र महेश क्षेत्रीले कीर्तिमान बनाएको दिन दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफ क्लब राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटको फाइनलपुगेका छन्। आर्मीले बैतडीलाई १ सय १८ रनले...

टेभेजप्रेरित युभेन्ट्स क्वार्टरफाइनलमा

टेभेजप्रेरित युभेन्ट्स क्वार्टरफाइनलमा

पेरिस– इभान राकेटिकको गोलमा बार्सिलोना बुधबार विजयी भएसँगै इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरीएको छ। पहिलो लेगमा २–१ ले गुमाएको सिटी दोस्रो लेगमा १–० ले पराजित भएपछि समग्रमा ३–१...

कीर्तिमानै कीर्तिमान

कीर्तिमानै कीर्तिमान

क्यानबेरा– क्रिस गेलले विश्वकपमा कीर्तिमानी २ सय १५ रन जोडेपछि मंगलबार वेस्ट इन्डिजले जिम्बावेमाथि ७३ रनको पाएको छ। पहिलो खेलमा आइसिसीको एसोसिएट्स टोली आयरल्यान्डसँग ४ विकेटले स्तब्ध वेस्ट इन्डिजले तत्काल...

क्रिस गेल विद्रोही ब्याट्सम्यान

क्रिस गेल विद्रोही ब्याट्सम्यान

सिड्नी– धेरै कारणले गर्दा उनी एक विद्रोही हुन्, वेस्ट इन्डिजका क्रिकेट अधिकारीसँग उनको टसल त्यत्तिकै छ। तर तमाम विद्रोहीपनाका बाबजुद क्रिस गेल क्रिकेटका सुपरस्टार हुन् भन्नेमा कसैले अस्वीकार गर्न सक्दैन।...