Monday 6 Ashwin, 2071 |
Menu

खेल

softworica

रक्षक फर्डिनान्डको संन्यास

  • बिहीबार २ जेष्ठ, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
लन्डन – इङ्ल्यान्डका रक्षक रियो फर्डिनान्डले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। राष्ट्रिय टोलीको जर्सीबाट ८१ खेल खेलिसकेका म्यानचेस्टर युनाइटेडका ३४ वर्षे फर्डिनान्डले क्लब फुटबलमा केन्द्रित हुन चाहेको बताएका छन्।
'अन्तर्राष्ट्रय फुटबलबाट अलग हुने सही समय यही हो,' उनले भने, 'मैले सोचविचार गरेर यो निर्णय लिएको हँु।' इङ्ल्यान्डका प्रशिक्षक रोय हड्सनले उनलाई विशेष खेलाडीको संज्ञा दिए। 'कप्तानका रूपमा देशको प्रतिनिधित्व गर्नु र तीन विश्वकप खेल्नु भनेको विशेष खेलाडीको समूहमा पर्नु हो।' सन् २०११ को जुनमा युरो छनोटयता उनले राष्ट्रिय टोलीबाट खेलेका छैनन्। मार्चमा हुने विश्वकप छनोटअन्तर्गत सान मारिनो र मोन्टेनेर्गोसँगको खेलका लागि भने हड्सनले फर्डिनान्डलाई टोलीमा डाकेका थिए। उनको सहयोगमा युनाइटेड यो वर्ष पुनः लिग च्याम्पियन बनेको छ भने टोली प्रोफेसनल फुटबलर्स एसोसिएसनबाट वर्षको उत्कृष्ट टिम घोषित भएको छ। 'युवा खेलाडीलाई बाटो खुला गर्न किनारा लाग्ने समय यही हो भन्ने मलाई लाग्यो। अब म क्लब फुटबलमा केन्द्रित हुन चाहन्छु,' वेस्ट ह्याम र लिड्सका पूर्वसेन्टर ब्याकले भने, 'अहिले राष्ट्रिय टोली उत्कृष्ट लयमा छ। नयाँ र प्रतिभावान खेलाडी आइरहेका छन्। यसले सुखद भविष्य संकेत गरेको छ।' राष्ट्रिय टोलीको हिस्सा हुन पाउनु गर्व र सम्मानको विषय भएको उनले सुनाए। 'यु–१७ देखि राष्ट्रिय टोलीका हरेक खेलमा देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि साँच्चै सम्मानको विषय हो,' उनले भने, 'देशका लागि खेल्न पाउनुमा मलाई गर्व छ। रोय र उनको टिमलाई आउने प्रतियोगिताका लागि शुभकामना छ।' वेम्बलीमा मे २९ मा आयरल्यान्ड र त्यसको चार दिनपछि ब्राजिलसँग रियो द जेनेरियोमा हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक हड्सनले बिहीबार टोली घोषणा गर्दैछन्। तत्कालीन कप्तान जोन टेरीसँग विवाद बढ्ने देखिएपछि फर्डिनान्ड युरो २०१२ को टोलीमा थिएनन्। आफ्ना भाइलाई रंगभेदी टिप्पणी गरेका कारण टेरीसँग फर्डिनान्ड क्रुद्ध बनेका थिए। पोल्यान्ड र युक्रेनमा सम्पन्न युरो २०१२ को अन्तिम छनोटमा हड्सनले टेरीलाई राखेका थिए। वेस्टमिनिस्टर अदालतबाट सफाइ पाए पनि फुटबल संघ (एफए) को छानबिनमा टेरी दोषी पाइएको थियो। हड्सनले टेलिफोनमार्फत फर्डिनान्डले संन्यासको निर्णय सुनाएको बताए। 'राष्ट्रिय टोलीमा उनको योगदान अतुलनीय छ। उनले लगातार १४ वर्ष माथिल्लो स्तरको फुटबल खेले,' हड्सनले भने, 'आफ्नो निर्णय मलाई जानकारी दिएकोमा म उनीप्रति आभार व्यक्त गर्न चाहन्छु।' इङ्ल्यान्डबाट डेब्यु गर्ने उनी कम उमेरका रक्षक हुन्। सन् १९९७ मा क्यामरुनविरुद्ध खेलेर डेब्यु गर्दा उनी १९ वर्षका थिए। १९९८, २००२ र २००६ विश्वकपको अनुभव बटुलेका फर्डिनान्डले घुँडाको चोटका कारण २०१० को विश्वकप खेल्न पाएनन्। लागूऔषध परीक्षणमा असफल हुँदै ८ महिने प्रतिबन्ध भोगेका उनले २००४ को युरोपियन च्याम्पियनसिप पनि गुमाएका थिए।
एकै दिन ३५ गोल

एकै दिन ३५ गोल

चितवन- नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी टिम गोल गर्न असफल भए।

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

पेरिस- जेरोम बोटिङ र क्लास यान हुन्टेलारले बुधबार गोल गरेपछि जर्मन क्लबहरुका लागि यो हप्ता च्याम्पियन्स लिग समूह चरणमा इङलिस विपक्षीविरुद्ध सुखद रहयो। बोटिङले च्याम्पियन्स लिग इतिहासमै पहिलो व्यक्तिगत गोल...

नेपालगन्ज र बैतडीको जित

नेपालगन्ज र बैतडीको जित

काठमाडौं- नेपालगन्जले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटमा बुधबार वीरगन्जलाई २४ रनले पराजित गरेको छ। टोलीको यो लगातार दोस्रो जित हो। अघिल्लो दिन नेपालगन्जले बैतडीलाई २३ रनले हराएको थियो। सैनिक स्कुल मैदान...

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

काठमाडौं- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली...

मनाङको लक्ष्य 'उपाधि'

मनाङको लक्ष्य 'उपाधि'

काठमाडौं- एएफसी प्रेसिडेन्ट्स कपको छनोट खेलअघि नवीन न्यौपानेको परिचय भेट्रान फुटबल खेलाडी थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेर केही महिना खेल्न नपाउने भएपछि नवीन मनाङ मर्स्याङ्दी क्लबको...

सम्भावनाको खोजीमा महिला क्रिकेट

सम्भावनाको खोजीमा महिला क्रिकेट

काठमाडौं- नेपाली महिला क्रिकेटले राम्रो नतिजा दिन सकेको छैन। विगतमा नेपालको पुरुषको राष्ट्रिय टोलीले जस्तै निर्णायक खेल हार्नु महिला क्रिकेटको नियति नै भइसकेको छ। १७औं एसियाली खेलकुदमा नेपाली महिला क्रिकेटले...

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

बैंकक- अर्को वर्ष यु–१७ विश्वकप खेल्ने सपना बोकेका नेपाली युवा खेलाडीका लागि बिहीबार समूह चरण पार गर्न उत्तर कोरियाविरुद्धको खेल निर्णायक हुनेछ। युवा टोलीको विश्वकप छनोटमा लिइएको एएफसी यु–१६ फुटबल...

कुवेतसँग महत्वपूर्ण

कुवेतसँग महत्वपूर्ण

बैंकक- प्रतिबन्धका कारण पहिलो खेल गुमाएका कप्तान विमल घर्तीमगर मंगलबार एएफसी यु–१६ च्याम्पियनपिपमा कुवेतविरुद्ध मैदान उत्रँदा नेपाली टोलीको नेतृत्व गर्ने छन्। छनोट चरणमा पाएका दुई पहेँलो कार्डका कारण विमल थाइल्यान्डमा...