Monday 7 Poush, 2071 |
Menu

खेल

क्यानलाई एक करोड जरिवाना

(0 votes)
इमेज सौजन्यः क्रिकनेपाल डट कम इमेज सौजन्यः क्रिकनेपाल डट कम
काठमाडौं– विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले 'तोकिएको समयमा आर्थिक प्रतिवेदन नबुझाएको' भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई झन्डै एक करोड रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।
आइसिसीकै आर्थिक कोषबाट चल्दै आएको क्यानले प्रत्येक तीन महिनामा खर्चको हिसाबकिताब बुझाउनुपर्छ । सन् २०१२ को चौथो त्रैमासिक तथा २०१३ को पहिलो त्रैमासिकको आर्थिक प्रतिवेदन बुझाउन ढिला भएपछि आइसिसीले कारबाही गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार क्यानले यी दुवै प्रतिवेदन मे अन्तमा बुझाएको थियो, जबकि २०१२ को चौथो त्रैमासिकको हिसाब जनवरी अन्तसम्म बुझाइसक्नुपर्छ ।

क्यानले हिसाब बुझाउन पटकपटक ढिला गरेर 'आर्थिक अनुशासन पालना नगरेको' भन्दै एसियाली क्रिकेट परिषद (एसिसी) ले कारबाही निम्ति आइसिसीलाई पत्राचार गरेको थियो ।

'पहिले पनि हामी २०–२५ दिनपछि नै बुझाउने गथ्र्यौं, यसबारे उनीहरूलाई जानकारी पनि गराउँथ्यौं,' क्यान स्रोतले नागरिकसँग भन्यो, 'यसपालि भने अलि बढी नै ढिला भएकाले हुनसक्छ, उनीहरूले मानेका छैनन् ।'

क्यानले 'एकचोटिलाई विचार गरिदिनू' भनेर एसिसीलाई पत्र पठाइसकेको छ । त्यसको जवाफ भने नआएको स्रोतले बतायो । क्यानको अनुरोध अस्विकृत भए यो नेपाली खेलकुदकै सबभन्दा ठूलो जरिवाना हुनेछ । यसअघि कुनै नेपाली खेल संस्थाले यति ठूलो जरिवाना तिर्नुपरेको छैन ।

आइसिसीले नेपाललाई वार्षिक १ लाख ६० हजार डलर (झन्डै १ करोड ६५ लाख रुपैयाँ) प्रशासनतर्फ र १ लाख ७५ हजार डलर (१ करोड ८० लाख २५ हजार रुपैयाँ) पुँजीगत तथा विकास खर्चतर्फ दिने गर्छ । यसबापत् आइसिसीले तोकेकै ढाँचामा आर्थिक प्रतिवेदन पठाउनुपर्छ । जरिवाना मिनाहा नभए आइसिसीले यसमध्ये करिब १ करोड नेपाली रुपैयाँ बराबर काटेर बजेट पठाउने स्रोतले बतायो ।

समयमा आर्थिक प्रतिवेदन नबुझाएकै कारण क्यानलाई जरिवाना तिराउने निर्णय पहिलोपटक भएको होइन । सन् २०१२ को सुरुमा यसैगरी ढिला गर्दा आइसिसीले नेपाललाई दिने पुँजीगत तथा विकास खर्चको १० प्रतिशत जरिवाना तिराउने निर्णय गरेको थियो । क्यानको विशेष अनुरोधपछि एसिसीले 'अन्तिम पटकलाई' भनेर चेतावनी दिँदै जरिवाना मिनाहा गरेको थियो । उक्त घटनापछि एसिसीले आफ्ना प्रतिनिधि काठमाडौं पठाएर क्यानका कर्मचारीलाई आर्थिक प्रतिवेदन फारम भर्न सिकाएको थियो ।

क्यानका अध्यक्ष टंक आङबुहाङले 'कारबाहीपत्र आएको' स्विकार गरे पनि यसबारे 'आइसिसीसँग कुराकानी भइसकेको' बताएका छन् ।

'हामीले पठाएको इमेल उनीहरूले दुई महिनापछि मात्र खोलेकाले कारबाहीपत्र आएको हो, उनीहरूले गल्ती स्विकारेका छन्,' उनले आइतबार नागरिकसँग भने । दुई महिनाअघि लन्डनमा सम्पन्न आइसिसीको वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन बुझाउन ढिला गर्ने सदस्यराष्ट्रको सूचीमा नेपालको पनि नाम परेकोमा 'क्यानले अथ्र्याएपछि सूचीबाट हटाएको' उनले बताए ।

आइसिसीले 'सहयोग जारी राख्ने' आश्वासन दिँदै पत्राचार गरिसकेको पनि उनको दाबी छ । 'उनीहरूले सहयोग रोक्दैनौं भनेर इमेल पठाएका छन्,' आङबुहाङले भने, 'कारबाहीको कुरा अघि बढाएका छैनौं भनेका छन् ।'

विदेशी खेल संस्थाहरूबाट करोडौं सहयोग पाउने क्यानले अघिल्लो साता मात्रै पोखरामा सम्पन्न साधारण सभाबाट लेखापरिक्षक राख्ने निर्णय गरेको थियो । गौतम शंकर एसोसिएटलाई आर्थिक वर्ष २०६९÷७० को लेखापरिक्षण जिम्मेवारी दिइएको छ ।
नेपालको रजत जित्ने लक्ष्य

नेपालको रजत जित्ने लक्ष्य

काठमाडौं-प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पिनयसिपमा नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दैछ। च्याम्पियनसिपमा रजत पदक जित्ने लक्ष्य लिएको नेपालका लागि माल्दिभ्ससँग सजिलो प्रतिद्वन्द्वी हो। दुई टोलीले पाँचपल्ट आमनेसामने भएका छन्। सबैमा...

पाकिस्तानको उच्च स्कोर

पाकिस्तानको उच्च स्कोर

शारजहाँ– ओपनर अहमद सेहजादले सानदार शतक र शहिद अफ्रिदीले तीब्र गतिमा ५५ रन बनाउनुका साथै ३ विकेट लिएपछि पाकिस्तानले आइतबार तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई १ सय ४७ रनले पराजित गरेको छ।

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

ब्रिसवेन– आक्रामक क्रिकेट खेल्ने बाचा गर्दै २५ वर्षे स्टेभन स्मिथले बुधबार गाबामा सुरु हुने भारतविरुद्धको दोस्रो टेस्टबाट अस्ट्रेलियाको कप्तानी जिम्मेवारी लिएका छन्। नियमित कप्तान माइकल क्लार्कले चोटका कारण चार टेस्टको...

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लन्डन– फ्रान्क लाम्पार्डले म्यानचेस्टर सिटीको मैदानमा प्रभावकारी प्रदर्शन गरिरहे पनि उनलाई रिलिज गर्ने निर्णयमा कुनै पश्चाताप नभएको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन्।

लायनको बलले मोडियो नतिजा

लायनको बलले मोडियो नतिजा

एडिलेड- बलले लागेर निधन भएका फिलिप ह्युजको सम्झनामा भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट सुरुआती दिनदेखि नै भावनात्मक बनेको थियो। शनिबार यसको अन्त पनि त्यहीअनुरुप भयो।

विश्वकपका अनुभवी बन्लान्?

विश्वकपका अनुभवी बन्लान्?

लन्डन- श्रीलंकाका माहेला जयवर्द्धने र पाकिस्तानका शहिद अफ्रिदी विश्वकप क्रिकेटको अनुभवी खेलाडी बन्ने सूचीमा उभिएका छन्। फेब्रुअरी १४ बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुने प्रतियोगिताका लागि यी दुवैलाई आफ्नो राष्ट्रको...

कोहलीको शतकमा भारतीय रवाफ

कोहलीको शतकमा भारतीय रवाफ

एडिलेड- कार्यवाहक कप्तान विराट कोहलीले मिचेल जोन्सनको बाउन्सर झेल्दै बनाएको शतकमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा राम्रो जवाफ फर्काएको छ। जोन्सनको पहिलो बल सामना गर्दा कोहलीको हेलमेटमा नराम्रोसँग लागेको थियो। यसले...

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

जेनेभा- एफसी बसेलले एनफिल्डमा १–१ को बराबरी नतिजा निकाल्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेपछि लिभरपुल युरोपका शीर्ष क्लबको सूचीबाट यो सिजन तल झरेको छ। पाँच पटकको...