Thursday 3 Poush, 2071 |
Menu

खेल

'एकरुपको प्रदर्शन हुन सकेन'

  • ८ भाद्र, २०७०
  • विनोद पाण्डे
  • DISQUS_COMMENTS
(0 votes)
'एकरुपको प्रदर्शन हुन सकेन'
काठमाडौं– नेपालले एसिसी इमर्जिङ टिम्स कपमा एकरुपको प्रदर्शन गर्न नसकेको कप्तान पारस खड्काले स्वीकारेका छन्।

सिंगापुरमा भएको प्रतियोगिताको समूह चरणका तीन खेल हारी शुक्रबार नेपाल फर्किएपछि पारसले पराजयको कारण खोतले, 'हामीले विगत केही समयमा जुन प्रदर्शन गर्दै आएका थियौं त्यसलाई निरन्तरता दिन सकेनौं। हामीले एउटा टोली र खेलाडीका रुपमा व्यक्तिगततर्फ पनि एकरुपको प्रदर्शन गर्न सकेनौं।' पारसले थपे, 'नेपालमा हाम्रो तयारी राम्रो हुन सकेन्। तर, त्यो नै सवै पराजयको कारण होइन।'
विश्वकप छनोटको नजिक पुगेको अफगानिस्तानलाई पहिलो खेलमा नेपालले १ सय ६९ रनमा रोकेको थियो। १२ बलको अन्तरमा ४ रन बनाउदा पछिल्लो ५ विकेट गुमाएपछि नेपालले ३ रनले खेल गुमाएको थियो। नतिजा ८४ रनले सुम्पे पनि भारतसँगको दोस्रो खेलमा १ सय ८४ रन बनाउन सक्नु नेपालको सफलता भयो। पाकिस्तानसँग १ सय ५९ रनमात्र बनाउन सकेपछि नेपालले ९ विकेटको पराजय बेहोर्‍यो।
'एसिसी इमर्जिङ टिम्स कप हाम्रा लागि प्रतियोगिता र अभ्यास दुवै थियो। युवा खेलाडीले राम्रो खेले पनि हामीले आफ्नो क्षमता अनुसार खेल्न सकेनौं। अफगानिस्तानसँगको खेल ९५ प्रतिसत हाम्रै हातमा थियो, ५ विकेट बाँकी हुँदा ९ रन पनि बनाउन नसकी खेल हार्नु पर्‍यो। अझै विश्वास लागिरहेको छैन के भयो भनेर,' पारसले भने, 'हाम्रो टोली निर्माणका क्रममा छ, त्यसैले यसबाट शिक्षा लिएका छौं।'
मे महिनामा भएको विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेपछि नेपाली टोली २ महिनाभन्दा बढि समय सुस्ताएको थियो। प्रशिक्षण सुरु भए पनि काठमाडौंमा इन्डोर अभ्यासलाई पर्याप्त सुविधा नभएपछि टोलीले श्रीलंकामा दुइ हप्ता तयारी गर्दै सिंगापुर लागेको थियो। श्रीलंकाको यु–२३ टोलीसँग कोलम्बोमा भएको चारै अभ्यास खेलमा नेपाल पराजित भएको थियो। अर्को एक स्थानीय टोलीमाथी विजय पाएको थियो। पहिलो पटक गरिएको इमर्जिङ टिम्स कपमा श्रीलंकासँगैं टेस्ट खेल्ने भारत, पाकिस्तान र बंगलादेशका यु–२३ टोली तथा नेपाल, अफगानिस्तान, युएई र आयोजक सिंगापुरका राष्ट्रिय टोली सहभागि थिए।
नेपालले नोभेम्बरमा युएईमा विश्व ट्वान्टी–२० छनोट तथा जनवरीमा न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोट खेल्दैछ। विश्वकप छनोट अगाडी भएकाले सिंगापुरको प्रतियोगिताले राम्रो एक्सपोजर र भिजन दिएको पारस बताउछन्। 'अहिलेको प्रदर्शन हेर्ने हो भने हामीले बलिङ, ब्याटिङ र फिल्डिङ सवै पक्षमा ध्यान दिन जरुरी देखाएको छ। माथिल्लो स्तरमा खेल्दा राम्रो ब्याटिङ गर्नुपर्छ। प्रतिभा जति भए पनि माथिल्लो स्तरमा नदेखाएसम्म त्यसको अर्थ रहदैन्,' उनले भने।
पारसले अफगानिस्तानसँगको खेलमा ६० रन बनाएका थिए। त्यसलाई निरन्तरता दिदैं सागर पुनले भारतसँग अविजित ५२ रन बनाए। ओपनर सुवास खकुरेलले पाकिस्तानविरुद्ध ७८ रनको इनिङ्स खेले। त्यो बाहेक नेपाली ब्याट्सम्यानले अर्को राम्रो इनिङ्स खेल्न सकेनन्। राष्ट्रिय टोलीबाट सागरको यो पहिलो एकदिवसीय प्रतियोगिता थियो। स्पिन बलरको रुपमा खेलेका उनले अलराउन्डरको खुबी देखाए।
सागरसँगै मध्यम गतिका बलर अविनाश कर्णले पनि राष्ट्रिय टोलीबाट सिंगापुरमा 'डेब्यु' गरे। युवा खेलाडीको प्रदर्शनबाट प्रभावित पारसले भने, 'सागर र अविनाशको प्रदर्शनले धेरै आशा जगाएको छ, उनीहरुको भविष्य उज्जवल छ। अझ राम्रो मेहनत गर्नुपर्छ। सागर र अविनाशमात्र नभई पहिलो पल्ट राष्ट्रिय टोलीमा परेका रामनरेश गिरीले कुनै खेल खेल्न नपाए पनि राम्रो सम्भावना देखाएका छन्।'
नेपालको मुख्य आशा बलिङ भने सिंगापुरमा धार बिहीन देखिएको थियो। देव्रेहाते स्पिनर वसन्त रेग्मीले ३ खेलमा ९ विकेट लिए पनि अन्य नेपाली बलर विकेट लिन संघर्षरत थिए। भारतसँगको खेलमा वसन्तले १० ओभरमा ९० रन खर्चेर नेपाली खेलाडीकै अहिले सम्मको महङ्गो बलिङ गरेका थिए। वसन्तपछि अविनाशले नेपालबाट सवैभन्दा बढी २ विकेट लिए। शक्ति गौचन, चन्द्र साउद र सागरको नाममा १–१ विकेट रहयो। तीनै खेल खेलेका अविनाशले राम्रो बलिङ गरेको बताउने पारसले सिंगापुरमा नेपाली खेलाडीलाई विकेट लिन गाह्रो भएको स्वीकारे।
प्रतिद्वन्द्वीको स्तर मुल्यांकन गर्दा नेपालले सिंगापुरमा खेलेको प्रतियोगिता सवैभन्दा ठुलो थियो। तर, खासै ठूलो प्रभाव पार्न सकेन्। पारस यसलाई ठूलो मान्दैनन्। 'प्रतिद्वन्द्वी जस्तो सुकै होस खेल्ने खेलाडीलेनै हो। फरक यति हो उनीहरु टेस्ट खेल्ने राष्ट्रका हुन र सिजन भरी खेलिरहन्छन्,' खेल अनुभवको कमी केलाउदै पारस भन्छन्, 'प्रतिभाका हिसाबमा हाम्रो स्तर यु–२३ टोलीसँग समान छ, अफगानिस्तानले भारतलाई र युएईले बंगलादेशलाई हरायो। हामीले आफ्नो क्षमता अनुरुप ४० प्रतिसतमात्र खेल्न सक्यौं। हामीले आफ्नो क्षमता केही बृद्धि गर्न सकेको भए हामी पनि त्यो किसिमको नतिजा दिन सक्थ्यौं। उनीहरु र हामी एसोसिएट टोलीको स्तरमा फरक भनेको प्रदर्शनको मात्र हो।'
पाकिस्तानको उच्च स्कोर

पाकिस्तानको उच्च स्कोर

शारजहाँ– ओपनर अहमद सेहजादले सानदार शतक र शहिद अफ्रिदीले तीब्र गतिमा ५५ रन बनाउनुका साथै ३ विकेट लिएपछि पाकिस्तानले आइतबार तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई १ सय ४७ रनले पराजित गरेको छ।

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

ब्रिसवेन– आक्रामक क्रिकेट खेल्ने बाचा गर्दै २५ वर्षे स्टेभन स्मिथले बुधबार गाबामा सुरु हुने भारतविरुद्धको दोस्रो टेस्टबाट अस्ट्रेलियाको कप्तानी जिम्मेवारी लिएका छन्। नियमित कप्तान माइकल क्लार्कले चोटका कारण चार टेस्टको...

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लन्डन– फ्रान्क लाम्पार्डले म्यानचेस्टर सिटीको मैदानमा प्रभावकारी प्रदर्शन गरिरहे पनि उनलाई रिलिज गर्ने निर्णयमा कुनै पश्चाताप नभएको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन्।

लायनको बलले मोडियो नतिजा

लायनको बलले मोडियो नतिजा

एडिलेड- बलले लागेर निधन भएका फिलिप ह्युजको सम्झनामा भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट सुरुआती दिनदेखि नै भावनात्मक बनेको थियो। शनिबार यसको अन्त पनि त्यहीअनुरुप भयो।

विश्वकपका अनुभवी बन्लान्?

विश्वकपका अनुभवी बन्लान्?

लन्डन- श्रीलंकाका माहेला जयवर्द्धने र पाकिस्तानका शहिद अफ्रिदी विश्वकप क्रिकेटको अनुभवी खेलाडी बन्ने सूचीमा उभिएका छन्। फेब्रुअरी १४ बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुने प्रतियोगिताका लागि यी दुवैलाई आफ्नो राष्ट्रको...

कोहलीको शतकमा भारतीय रवाफ

कोहलीको शतकमा भारतीय रवाफ

एडिलेड- कार्यवाहक कप्तान विराट कोहलीले मिचेल जोन्सनको बाउन्सर झेल्दै बनाएको शतकमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा राम्रो जवाफ फर्काएको छ। जोन्सनको पहिलो बल सामना गर्दा कोहलीको हेलमेटमा नराम्रोसँग लागेको थियो। यसले...

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

जेनेभा- एफसी बसेलले एनफिल्डमा १–१ को बराबरी नतिजा निकाल्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेपछि लिभरपुल युरोपका शीर्ष क्लबको सूचीबाट यो सिजन तल झरेको छ। पाँच पटकको...

सिड्नीमा चर्चा नवीनको

सिड्नीमा चर्चा नवीनको

काठमाडौं- कुनै समय यस्तो थियो जतिखेर चितवनका तीन खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा हुन्थे। कुश गुरुङ, सुदीप पिया र सचिन गुप्ता सन् २००० को एसिसी ट्रफीमा स्थान पाउन राजधानीमा...