Monday 8 Baishak, 2071 |
Menu

खेल

बर्मुडामा के गरिरहेको छ नेपाली क्रिकेट टोली ? (साथमा फोटो फिचर)

(13 votes)
काठमाडौं - बर्मुडामा भोलिदेखि सुरु हुनेविश्व क्रिकेट लिग डिभिजन ३ मा लागि नेपाली टोली अभ्यासमा व्यस्त छ । नेपालका श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकको प्रशिक्षणमा नेपाली टोलीले दरिलो मेहनत गररिहेको छ । नेपालले आइतबार अमेरिकासँग खेलेर डिभिजन ३ को प्रारम्भ गर्दैछ । डिभिजन ३ विश्वकप २०१५ को छनौटको आधार पनि हो । डिभिजन ३ मा नेपाल, बर्मुडा र अमेरिका सहित इटाली, ओमान र युगान्डा पनि खेलिरहेका छन् ।
एकदिवसीय विश्वकप अनुभव बोकिसकेको बर्मुडा र मिनी विश्वकप खेलिसकेको अमेरिकासँग नेपालले प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेछ। त्यस बाबजुद नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको छ। सबै तस्बिरहरु सौजन्य: नेपाल क्रिकेट संघ
युरोपेली प्रतिस्पर्धामा विमलको प्रेरणा

युरोपेली प्रतिस्पर्धामा विमलको प्रेरणा

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी विमल घर्तीमगरले एक गोल गर्नुका साथै अर्को गोललाई अवसर सिर्जना गरेपछि शनिबार बेल्जियन लिगको महारथी एन्डरलेकले फेनेरबाचलाई २–० ले हराउँदै यु–१६को प्रतियोगिता फ्युचर कपमा...

विमल एसी मिलानविरुद्ध उत्रिए

विमल एसी मिलानविरुद्ध उत्रिए

काठमाडौं– ट्रायलका लागि युरोप पुगेका नेपाली यु–१६ फुटबल टोलीका कप्तान विमल घर्तीमगरले शनिबार एसी मिलानको यु–१७ टोलीविरुद्ध अन्तिम ११ मिनेट खेलेका छन्। एम्सटरडममा विमलको टोली एन्डरलेट्चले फ्युचर कपमा एसी मिलानलाई...

तोरणविक्रम च्याम्पियन

तोरणविक्रम च्याम्पियन

काठमाडौं– तोरणविक्रम शाहीले शुक्रबार ७२ पारको गोकर्ण गल्फ कोर्समा २ ओभर ७४ खेल्दै सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

विराटनगर सेमिफाइनलमा

विराटनगर सेमिफाइनलमा

काठमाडौं– ओपनिङ ब्याट्सम्यान सन्नी पुनले सानदार १ सय ४ रन बनाएपछि विराटनगर पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ।

विराटनगर सेमिफाइनल नजिक

विराटनगर सेमिफाइनल नजिक

काठमाडौं– लगातार तेस्रो खेल जित्दै विराटनगरले पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ। 

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

Our website is protected by DMC Firewall!