Thursday 21 Falgun, 2071 |
Menu

खेल

HUB

क्रिकेट टोलीलाई फ्यानको सम्मान

(0 votes)
काठमाडौं – नेपाली क्रिेकट फ्यान क्लबले विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेको र सिंगापुरमा अर्को महिना हुने एसिसी इमर्जिङ टिम्स कप खेल्न जाने राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गरेको छ।
बर्मुडामा तीन महिनाअघि नेपालले युगान्डालाई फाइनलमा पराजित गरी डिभिजन ३ जितेको थियो। फाइनलमा पुगेसँगै नेपाल विश्वकपको अन्तिम दौडमा उभिएको छ। इमर्जिङ टिम्स कप अगस्टदेखि हुनेछ। नेपाली टोलीलाई नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ प्रदान गरिएको थियो। प्रशिक्षक पुबुदु दासानायके र टोलीका प्राविधिक विश्लेषक रमन सिवाकोटीलाई विशेष सम्मान प्रदान गरियो। सबै खेलाडीले मायाको चिनो पाए।
कलाकारद्वय जीवन लुइँटेल तथा निशा अधिकारीसहित नेपाली क्रिकेट फ्यान क्लबका अध्यक्ष विराट राय, महासचिव भोला न्यौपानेलगायतले खेलाडीलाई सम्मान गरे। फ्यान क्लबका सद्भावना दूत नायिका निशाले कलाकारको तुलनामा खेलाडीले देशको नाम उँचो पारेको बताइन्।
प्रशिक्षक दासानायकेले नेपाली टोलीले पछिल्लो दुई वर्षमा सफलता हात पार्नुमा प्रशंसकको ठूलो हात भएको बताए। 'पहिलोपल्ट काठमाडौं आएर नेपालको एकदिवसीय र विश्वकप सम्भावनाको कुरा गर्दा मान्छेहरू हाँसेका थिए, अहिले हामीले आधा बाटो तय गरिसकेका छौं,' दासानायकेले भने, 'त्यसका लागि म नेपाली क्रिकेट फ्यान क्लबलाई धन्यवाद दिन चाहान्छु। एकले अर्कालाई विश्वास गरेर नै नेपाली हामी यो स्थितिमा आइपुगेका हौं।'
कप्तान पारस खड्काले प्रशंसकको जुन समर्थन पाएका छौं, त्यसलाई आफ्नो तर्फबाट विश्वकपसम्म पुर्या उन सक्दो प्रयास गर्ने बताए। आयोजकले पहिलोपल्ट गरिएको सम्मान भविष्यमा पनि निरन्तरता दिने बतायो।
कीर्तिमानै कीर्तिमान

कीर्तिमानै कीर्तिमान

क्यानबेरा– क्रिस गेलले विश्वकपमा कीर्तिमानी २ सय १५ रन जोडेपछि मंगलबार वेस्ट इन्डिजले जिम्बावेमाथि ७३ रनको पाएको छ। पहिलो खेलमा आइसिसीको एसोसिएट्स टोली आयरल्यान्डसँग ४ विकेटले स्तब्ध वेस्ट इन्डिजले तत्काल...

क्रिस गेल विद्रोही ब्याट्सम्यान

क्रिस गेल विद्रोही ब्याट्सम्यान

सिड्नी– धेरै कारणले गर्दा उनी एक विद्रोही हुन्, वेस्ट इन्डिजका क्रिकेट अधिकारीसँग उनको टसल त्यत्तिकै छ। तर तमाम विद्रोहीपनाका बाबजुद क्रिस गेल क्रिकेटका सुपरस्टार हुन् भन्नेमा कसैले अस्वीकार गर्न सक्दैन।...

क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष

क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष

काठमाडौं– राष्ट्रिय टोलीले मैदानभित्र दिनानुदिन सफलताका नयाँ सिढी चढिरहेका बेला नेपालको क्रिकेट प्रशासन भने बिवादको दलदलमा थप जाकिँदै गएको छ। सरकारबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्ष तारिणीविक्रम...

तेन्दुल्करविनाको भारत

तेन्दुल्करविनाको भारत

नयाँ दिल्ली– तेइस वर्षयता पहिलो पटक भारतीय क्रिकेट टोलीमा ब्याटिङ सुपर स्टार सचिन तेन्दुल्कर छैनन्।  करिब दुई वर्षअघि तेन्दुल्करले क्रिकेटबाट सन्यास लिएपछि त्यसको प्रत्यक्ष फाइदा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पुग्ने अनुमान...

नेपालगन्जको क्रिकेट संकट

नेपालगन्जको क्रिकेट संकट

काठमाडौं-नेपाली क्रिकेटको उर्वरभूमि मानिने नेपालगन्ज अहिले संकटमा गुजि्ररहेको छ। नेपालगन्जलाई महिला क्रिकेटको उद्गमथलो नै मानिन्छ। तथापि थुप्रै पुरुष खेलाडीले पनि राष्ट्रिय टोलीबाट महत्व‍पूर्ण उपलब्धी बटुलेका छन्। घरेलु क्रिकेटमा विशेष योगदान...

एसपिए कपमा लम्कँदै पेन्टागन

एसपिए कपमा लम्कँदै पेन्टागन

धनगढी-राष्ट्रिय खेलाडीले भरिपूर्ण काठमाडौंको पेन्टागन कलेजले मंगलबार कञ्चनपुरको सनराइज उच्चमाविमाथि १६ रनले हराउँदै होटल डिभोटी एसपिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलपक्का गरेको छ। टस हारेर ब्याटिङ गर्न आएको पेन्टागनबाट राष्ट्रिय खेलाडीद्वय...

अस्ट्रेलियाले उपाधि उचालेको एसियन कपका केहि झलक

अस्ट्रेलियाले उपाधि उचालेको एसियन कपका केहि झलक

सिड्नी– वैकल्पिक खेलाडी जेम्स ट्रोसीले दक्षिण कोरियाविरुद्ध अतिरिक्त समयमा आकर्षक गोल गरी आयोजक राष्ट्र अस्ट्रेलियाले एसियन कप फुटबलको ट्रफी उचालेको छ। अस्ट्रेलियाले ५५ वर्षयता ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको थिएन।

पुबुदु र प्रफुल्ल सम्मानित

पुबुदु र प्रफुल्ल सम्मानित

धनगढी- नेपाली क्रिकेटका दुई हस्ती पुबुदु दासानायके र प्रफुल्ल वैद्य शुक्रबार सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बाट सम्मानित भएका छन्। दी होटल डिभोटी कपको चौथो संस्करणको उद्घाटनका अवसरमा सिंचाइमन्त्री एनपी साउदले राष्ट्रिय...