Tuesday 14 Ashwin, 2071 |
Menu

खेल

softworica

पहिलो टेस्ट रोचक मोडमा

  • आइतबार ३० असार, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
नोटिङ्घम– एसेज शृंखलाको पहिलो टेस्ट रोमान्चक स्थितिमा पुगेको छ। ३ सय ११ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चौथो दिन शनिबार पछिल्लो स्थितिमा ३ विकेट गुमाई १ सय ४८ रन बनाएको छ। टोलीलाई शृंखलामा अग्रता बनाउन अझै १ सय ६२ रन खाँचो छ।

कप्तान माइकल क्लार्क १७ र स्टेभन स्मिथ १० रन बनाई क्रिजमा छन्। शेन वाटसन र क्रिस रोजर्सले पहिलो विकेटमा ८४ रनको साझेदारी गरी अस्ट्रेलियालाई राम्रो सुरुआत दिलाए। वाटसन ४६ रन बनाई स्टुवार्ट ब्रोडको बलमा आउट भए। त्यसपछि आएका इड कोवानले १४ रनमात्र बनाउन सके। टेस्ट क्रिकेटमा आफ्नो पहिलो अर्धशतक बनाएका रोजर्स ५२ रनमा आउट भए। उनलाई जेम्स एन्डरसनले आउट गरे।
३२६–६ बाट खेल थालेको इङ्ल्यान्डको दोस्रो इनिङ्स ३ सय ७५ रनमा सीमित भयो। इयान बेलले शतक पूरा गरे भने ब्रोडले अर्धशतक बनाए। व्यक्तिगत ९५ रनबाट खेलेका बेल १ सय ९ रनमा आउट भए। २ सय ६७ बल खेलेका उनले १५ चौका प्रहार गरे। ब्रोडले ६५ रन बनाए। यी दुईले सातौं विकेटमा १ सय ३८ रन साझेदारी गरे।
अस्ट्रेलियाबाट पिटर सिडेल र मिचेल स्टार्कले ३–३ तथा एस्टन एगर र जेम्स प्याटिन्सनले २–२ विकेट लिए।
एन्फामा ५८ करोड भ्रष्टाचार ठहर, अध्यक्ष थापालाई कारबाही गर्न निर्देशन

एन्फामा ५८ करोड भ्रष्टाचार ठहर, अध्यक्ष थापालाई कारबाही गर्न निर्देशन

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै अध्यक्ष गणेश थापालाई भ्रष्टाचार मुद्दामा कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

एसियाडमा नेपाली दुर्दशा

एसियाडमा नेपाली दुर्दशा

इन्चोन- इन्चोन एसियाली खेलकुद सुरु भएदेखि नै नेपाली टोलीको दुर्दशा सुरु भइसकेको थियो। लगातार कमजोर प्रदर्शन र तीन खेलाडी यतै भाग्नुले खराब चर्चा पाइरहेको नेपालका लागि शनिबार थप पीडादायी बन्यो।

ड्रयागन एयरको उडान समस्याले नेपालको एसियाली खेलकुद प्रभावित

ड्रयागन एयरको उडान समस्याले नेपालको एसियाली खेलकुद प्रभावित

काठमाडौं- लगातार दुई दिन ड्र्यागन एयरको उडान अवरुद्ध भएपछि १७औं एसियाली खेलकुदमा नेपालको चार खेल अन्योल हुन पुगेको छ। निर्धारित तालिकाअनुसार नेपालको क्रिकेट, एथलेटिक्स, टेबलटेनिस र कुस्ती टोली बुधबार राति...

बास्केटबलमा प्रतिस्पर्धाबिनै जित

बास्केटबलमा प्रतिस्पर्धाबिनै जित

इन्चोन- महिला बास्केटबल टोलीले प्रतिस्पर्धी टोलीबिनाको जित पाउनु बाहेक इन्चोन एसियाडमा बिहीबार कुनै पनि खेलले नेपाली टोलीलाई खुसी दिन सकेन। ब्याडमिन्टन, टेनिस, गल्फ र पौडीमा पुनः निराशाजनक प्रदर्शनले निरन्तरता पायो।

एसियाडमा पूरनको जित

एसियाडमा पूरनको जित

इन्चोन- इन्चोन एसियाडको छैटौं दिन बुधबार बक्सिङमा आंशिक सफलताबाहेक बाँकी चार खेलमा नेपाली खेलाडीले पराजय बेहोरेका छन्। बक्सिङ ५६ केजी तौल (बेन्टमवेट) मा पूरन राई प्रिक्वार्टरफाइनल पुग्दा नेपालले महिला क्रिकेट,...

एकै दिन ३५ गोल

एकै दिन ३५ गोल

चितवन- नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी टिम गोल गर्न असफल भए।

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

पेरिस- जेरोम बोटिङ र क्लास यान हुन्टेलारले बुधबार गोल गरेपछि जर्मन क्लबहरुका लागि यो हप्ता च्याम्पियन्स लिग समूह चरणमा इङलिस विपक्षीविरुद्ध सुखद रहयो। बोटिङले च्याम्पियन्स लिग इतिहासमै पहिलो व्यक्तिगत गोल...

नेपालगन्ज र बैतडीको जित

नेपालगन्ज र बैतडीको जित

काठमाडौं- नेपालगन्जले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटमा बुधबार वीरगन्जलाई २४ रनले पराजित गरेको छ। टोलीको यो लगातार दोस्रो जित हो। अघिल्लो दिन नेपालगन्जले बैतडीलाई २३ रनले हराएको थियो। सैनिक स्कुल मैदान...