Tuesday 21 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

टोलीमा अफ्रिदीको पुनरागमन

(0 votes)
टोलीमा अफ्रिदीको पुनरागमन
लाहोर – वेस्ट इन्डिजसँग यसै महिना खेल्न लागिएको क्रिकेट शृंखलाका लागि पाकिस्तानले राष्ट्रिय टोली घोषणा गरेको छ। बुधबार सार्वजनिक पाकिस्तानी टोलीमा पूर्वकप्तान सोएब मल्लिक, विकेटकिपर/ब्याटसम्यान कामरन अकमाल र ओपनर इमरान फरहात पर्न सकेनन्। प्रभावशाली भेट्रान खेलाडी शहिद अफ्रिदीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
nepalipatr-april
गत महिना ८ राष्ट्रले खेलेको च्याम्पियन्स ट्रफीमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि छनोट कमिटीले एकदिवसीय टोलीमा चार परिवर्तन गरिएको बताएको छ। इङ्ल्यान्डमा सम्पन्न च्याम्पियन्स ट्रफीमा खराब ब्याटिङ गरेको पाकिस्तानले सबै ३ खेलमा पराजय बेहोरेको थियो। ट्रफीमा मल्लिकले ३ खेलमा २५ रनमात्र बनाउन सकेका थिए। कामरनले पनि ३ खेलमा २३ रनमात्र बनाए। पाकिस्तानले तीनवटै खेलमा १ सय ७० रनभन्दा माथि स्कोर बनाएन। 
पाकिस्तानले पाँच एकदिवसीय र दुई ट्वान्टी–२० क्रिकेट खेल क्यारेबियनमा गएर खेल्दैछ। पाकिस्तानले जुलाई १४ तारिखमा पहिलो एकदिवसीय खेल्ने कार्यक्रम छ। मिसबाह–उल हकले एकदिवसीयमा पाकिस्तानी टोलीको कप्तानी सम्हाल्ने छन्। मोहम्मद हाफिजलाई ट्वान्टी–२० मा कप्तान छनोट गरिएको छ। छनोट कमिटी प्रमुख इकबाल कसिमले एकदिवसीयमा १६ र ट्वान्टी–२० का लागि १५ खेलाडी छानिएको घोषणा गरेका थिए। उनले भने, ‘मिसवाह र प्रशिक्षक डेभ ह्वाटमोरसँग छलफल गरेर टिम छनोट गरेका हांै, नयाँ टिमले राम्रो गर्ने विश्वास छ।’ 
ब्याटिङ र बलिङ दुवैमा खराब प्रर्दशन गरेपछि ६ महिनाअघि अफ्रिदी एकदिवसीय टोलीबाट निकालिएका थिए। अलराउन्डर अफ्रिदीलाई फेरि एकपल्ट अवसर दिइएको छनोट प्रमुख कसिमले बताए। 
भारत भ्रमणक्रम टोलीमा नपरेका अफ्रिदी दक्षिण अफ्रिका भ्रमणको टोलीमा थिए। त्यसपछि च्याम्पियन्स ट्रफीमा अफ्रिदी टोलीमा थिएनन्। 
कसिमले भने, ‘वेस्ट इन्डिज भ्रमणमा शारीरिक रुपमा फिट लेग स्पिनर अफ्रिदी आवश्यक परेकाले छानेका हौं।’ एकदिवसीय टोलीमा उमर गुल पनि परेका छन्। २१ वर्षे मोहम्मद रिजवान टोलीमा परेका नयाँ खेलाडी हुन्। दुई वर्षपछि अहमद सहजाद टोलीमा फर्किएका ओपनर हुन्।
मिसबाहले च्याम्पियन्स ट्रफीमा बेहोरेको खराब नतिजाको जिम्मेवारी लिएको बताए। उनले भने, ‘मैले पहिला पनि हार स्वीकार गरेको थिएँ। अहिले पनि म हारको जिम्मेवारी लिन्छु। हामीले युवा र अनुभवी समेटेर २०१५ को विश्वकप क्रिकेटलाई मध्यनजर गर्दै टोली छानेका छौं।’

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...