Sunday 6 Poush, 2071 |
Menu

खेल

दृष्टि गुमाउँदा रोएँ

(0 votes)
दृष्टि गुमाउँदा रोएँ
काठमाडौं – 'एउटा समय त्यस्तो पनि थियो, आँखाको ज्योति गुमाउनुपर्दा म निकै रोएँ। तर, अहिले मसँग त्यसमै मुस्कुराउने कारण छ। आज मलाई देशका लागि अर्को युद्ध जितेको महसुस भएको छ। मेरो नेत्रहीनताले बारम्बार आत्मसमर्पण गर्न झक्झकायो। नेत्रहीनतालाई आफ्नैसामू झुक्न मैले बाध्य पारें।'
नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले मंगलबार यसो भन्दै प्रज्ञा प्रतिष्ठानमा उपस्थित हजार बढी खेलप्रेमीलाई भावुक बनाए। उनी नेत्रहीन क्रिकेट संघको स्पेसल अवार्ड ग्रहण गरिरहेका थिए। स्पेसल अवार्ड पाउने संघ दोस्रो खेलसंस्था हो। यसअघि पोखराको सहारा क्लबले यो अवार्ड पाएको थियो। 
नेपालमा नेत्रहीन क्रिकेटको कथा सुरु गरेका घिमिरे १० वर्ष लामो युद्धपीडित हुन्। माओवादी भूमिगत भए पछि युद्धविराम चलिरहेका बेला २०६० मा कालिकोट–जुम्ला सडक निरीक्षण गर्न पुगेका उनले एम्बुसमा परेर दृष्टि गुमाए। 
२०६३ मा पाकिस्तान नेत्रहीन क्रिकेट संघका संस्थापक आगा सौकत अली एक प्रशिक्षकसहित नेपाल आएपछि घिमिरेको नेतृत्वले बाटो समातेको थियो। अलीसँग आएका प्रशिक्षकले ३३ नेत्रहीनलाई क्रिकेट प्रशिक्षणका साथै ४ वटा ब्याट र २० वटा बल दिएका थिए। त्यहीबाट घिमिरेले आफूजस्तैको नेतृत्व गरेर नेत्रहीन क्रिकेट अघि बढाए । उनले २०६३ मा नेत्रहीन क्रिकेट संघ स्थापना गरेका हुन्। 
नेत्रहीन क्रिकेटलाई संस्थागत गरेसँगै उनले पाकिस्तानमा सम्पन्न नेत्रहीन क्रिकेट विश्वकप अवलोकनको अवसर पाए। त्यसले प्रतियोगिता आयोजनाको योजना बुन्न मद्दत गरेको उनी बताउँछन्। 'देश फर्केपछि प्रतियोगिता गर्न जुट्यौं। कम समयमा ४ सय ५० भन्दा बढी नेत्रहीन पुरुष खेलाडी तयार भए,' उनी गौरव गर्छन्। 
सन् २००८ र २०१० मा पाकिस्तानमा मैत्रीपूर्ण खेल खेलेको नेपाली नेत्रहीन टोलीले त्यसको दुई वर्षपछि विश्वकप सपना साकार गर्योम। भारतको बेङ्लोरमा भएको विश्वकप २०१० मा नेपाल मात्र एक टेस्ट नखेल्ने एक्लो देश थियो।
उनकै नेतृत्वमा नेत्रहीन क्रिकेटले पहुँच फराकिलो पार्दा महिलामा पनि विस्तार भयो। राष्ट्रिय र क्षेत्रीय गरी महिलाका ७ प्रतियोगिता हुँदा अहिले १ सय २० भन्दा बढी नेत्रहीन महिला खेलाडी तयार भइसकेका छन्। यही प्रयासका कारण नेत्रहीन महिलाको राष्ट्रिय टोली भएको नेपाल एकमात्र देश बन्न पुगेको छ। परिणामस्वरुप अमेरिकामा केही महिनापछि हुने बियोन्ड स्पोर्टस अवार्डका लागि नेपाल नेत्रहीन क्रिकेट संघ मनोनयनमा परेको छ। 
नेपालमा नेत्रहीन क्रिकेटका लागि गरेको प्रयासले घिमिरे विश्व नेत्रहीन क्रिकेट परिषद्को एसियाली विकास निर्देशकसमेत निर्वाचित भएका छन्।
नेपालको रजत जित्ने लक्ष्य

नेपालको रजत जित्ने लक्ष्य

काठमाडौं-प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पिनयसिपमा नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दैछ। च्याम्पियनसिपमा रजत पदक जित्ने लक्ष्य लिएको नेपालका लागि माल्दिभ्ससँग सजिलो प्रतिद्वन्द्वी हो। दुई टोलीले पाँचपल्ट आमनेसामने भएका छन्। सबैमा...

पाकिस्तानको उच्च स्कोर

पाकिस्तानको उच्च स्कोर

शारजहाँ– ओपनर अहमद सेहजादले सानदार शतक र शहिद अफ्रिदीले तीब्र गतिमा ५५ रन बनाउनुका साथै ३ विकेट लिएपछि पाकिस्तानले आइतबार तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई १ सय ४७ रनले पराजित गरेको छ।

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

ब्रिसवेन– आक्रामक क्रिकेट खेल्ने बाचा गर्दै २५ वर्षे स्टेभन स्मिथले बुधबार गाबामा सुरु हुने भारतविरुद्धको दोस्रो टेस्टबाट अस्ट्रेलियाको कप्तानी जिम्मेवारी लिएका छन्। नियमित कप्तान माइकल क्लार्कले चोटका कारण चार टेस्टको...

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लन्डन– फ्रान्क लाम्पार्डले म्यानचेस्टर सिटीको मैदानमा प्रभावकारी प्रदर्शन गरिरहे पनि उनलाई रिलिज गर्ने निर्णयमा कुनै पश्चाताप नभएको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन्।

लायनको बलले मोडियो नतिजा

लायनको बलले मोडियो नतिजा

एडिलेड- बलले लागेर निधन भएका फिलिप ह्युजको सम्झनामा भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट सुरुआती दिनदेखि नै भावनात्मक बनेको थियो। शनिबार यसको अन्त पनि त्यहीअनुरुप भयो।

विश्वकपका अनुभवी बन्लान्?

विश्वकपका अनुभवी बन्लान्?

लन्डन- श्रीलंकाका माहेला जयवर्द्धने र पाकिस्तानका शहिद अफ्रिदी विश्वकप क्रिकेटको अनुभवी खेलाडी बन्ने सूचीमा उभिएका छन्। फेब्रुअरी १४ बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुने प्रतियोगिताका लागि यी दुवैलाई आफ्नो राष्ट्रको...

कोहलीको शतकमा भारतीय रवाफ

कोहलीको शतकमा भारतीय रवाफ

एडिलेड- कार्यवाहक कप्तान विराट कोहलीले मिचेल जोन्सनको बाउन्सर झेल्दै बनाएको शतकमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा राम्रो जवाफ फर्काएको छ। जोन्सनको पहिलो बल सामना गर्दा कोहलीको हेलमेटमा नराम्रोसँग लागेको थियो। यसले...

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

जेनेभा- एफसी बसेलले एनफिल्डमा १–१ को बराबरी नतिजा निकाल्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेपछि लिभरपुल युरोपका शीर्ष क्लबको सूचीबाट यो सिजन तल झरेको छ। पाँच पटकको...