15 Kartik, 2071 |
Menu

खेल

वाइवाइ राष्ट्रिय क्रिकेटमा जनकपुरलाई सफलता

(0 votes)
काठमाडौं, जेठ ६ (नागरिक)– साविक विजेता जनकपुरधाम (क्षेत्र ७) ले वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार पहिलो जित पाएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालगन्ज (क्षेत्र ५) सँग ४५ रनले पराजित जनकपुरधामले सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं (क्षेत्र ३) लाई ७ विकेटले हरायो।
वर्षाले प्रभावित अर्को खेलमा नेपालगन्ज र वीरगन्जले १–१ अंक बाँडेका छन्। समूह ए अन्तर्गत नेपालगन्ज र वीरगन्जको समान ३ अंक र जनकपुरले २ अंक जोडेका छन्। दुवै खेल हारेको काठमाडौंले खाता खोल्न सकेको छैन र प्रतियोगिताबाट बाहिरिएको छ।

काठमाडौंलाई आइतबार वीरगन्जले ४ विकेटले हराएको थियो। वर्षाका कारण २५ बाट २० ओभरमा घटाइएको खेलमा टस हारेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर ६६ रन जोड्यो। कप्तान संगीता गौचन १३ रनमा अविजित रहिन्। ओपनर कञ्चन श्रेष्ठ र सन्ध्या केसीले समान ११ रन जोडे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

जनकपुरकी रोजी कडारीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन्। प्लेयर अफ द म्याच सरस्वती चौधरीले ४ ओभरमा १२ रन दिएर १ विकेट र अमृृता चौधरीले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिएका थिए।

जवाफमा जनकपुरले १८ ओभरमा ३ विकेट क्षतिमा लक्ष्य पूरा गरेको थियो। अविजित सरस्वतीले १८ र ममता चौधरीले १२ रन जोडेपछि जनकपुरको जित सहज बन्यो। ओपनर शान्ति चौधरी ११ रनमा छँदा काठमाडौंकी बलर सुष्मा श्रेष्ठको बलमा बोल्ड भइन्। काठमाडौंकी अश्मिना कर्माचार्य, शान्ति खतिवडा र सुश्माले समान १ विकेट लिए।

अर्को खेलमा वर्षाका कारण बीचमै रद्द भयो। टस जितेको वीरगन्जले १४ ओभरमा ६ विकेट गुमाएर ५० रन जोडेको अवस्थामा वर्षा हुँदा खेल रोक्नुपरेको थियो।

ओपनर रचना अर्याललाई २, रविना घिमिरेलाई ६ रनमा गुमाएपछि वीरगन्जको सुरुआत खराब देखियो। रचना नेपालगन्जकी बलर गीता रानाबाट एलबिडब्लु भइन्। रविना शर्मिला रोकामगरको बलमा बोल्ड भइन्। उत्कृष्ट बलिड गरेकी डिम्पल खड्काले २ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिन्।
फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।

गाइड नहुँदा विक्रम दौडन पाएनन्

गाइड नहुँदा विक्रम दौडन पाएनन्

काठमाडौं, कात्तिक २– दक्षिण कोरियामा भइरहेको पारा एसियाली खेलकुदमा 'गाइड' नभएका कारण एथलेटिक्सका विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्न पाएनन्। आफूलाई दौडाउने मान्छे नभएपछि रानाले आइतबार २ सय मिटरमा सहभागि नसकेका हुन्। 

विमला आर्मीमा अनुबन्धित

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।

'लेखाको निर्णय पुनर्विचार गर'

'लेखाको निर्णय पुनर्विचार गर'

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मवार पदाधिकारीको २ महिनाका लागि पद स्थगन गर्ने सार्वजनिक लखा समितिको निर्णय पुर्नविचार गर्न राष्ट्रिय फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीले सामूहिक आग्रह गरेका...

रारामा बालकदेखि वृद्धसम्म दौडने

रारामा बालकदेखि वृद्धसम्म दौडने

जुम्ला- कर्णालीमा पहिलोपल्ट हुन लागेको जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिन ७ देखि ७२ वर्ष उमेर भएकाले नाम दर्ता गराएका छन्। कर्णालीको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आयोजित म्याराथनमा ऐक्यबद्धता जनाउन...

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चन- एसियाकै सबैभन्दा ठूलो खेल मेलाको १७ औं संस्करणले आइतबार विदा लिएसँगै यसको भविष्यलाई लिएर चिन्ता सुरु भएको छ। दक्षिण कोरियाले इन्चोन एसियाडलाई कम खर्चमा चुस्त आयोजनाको नमुनाका रुपमा प्रस्तुत...

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

म्याड्रिड—स्टार खेलाडी क्रिस्टियानो रोनाल्टो तथा ग्रेथ बेलको शानदार प्रदर्शनको मद्दतले रियल म्याड्रिडले स्पेनिस प्रिमियर लिगमा एट्लेटिको बिल्बाओलाई ५–० ले हराएको छ। रोनाल्डोको यो २२ औं लिग ह्याट्रिक हो। यो जितसँगै...

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

बैंगलोर- सुरेश रायनाको शतक प्रहारसँगै ट्वान्टी-२० च्याम्पियन्स लिगको उपाधि चेन्नइ सुपर किङ्गले जितेको छ। शनिबार राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै चेन्नइले उपाधि जितेको हो। रायनाले...