Friday 5 Mangshir, 2071 |
Menu

खेल

मेघराज फ्रेन्ड्समै रहने

  • बिहीबार २ जेष्ठ, २०७०
  • प्रकाश तिमल्सिना
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
मेघराज फ्रेन्ड्समै रहने
काठमाडौं - गत वर्ष ए डिभिजन लिगको सुपर सिक्समा एनआईबिएल फ्रेन्ड्सको नेतृत्व सम्हालेका प्रशिक्षक मेघराज केसीले क्लबसँगको आबद्धता नवीकरण गरेका छन्। 'हामीले केसीलाई प्रशिक्षक नियुक्त गरेका छौं,' फ्रेन्ड्सका अध्यक्ष रत्नशम्सेर राणाले भने, 'सुपर लिगमा उहाँले नै टोली हेर्नुभएको थियो।
नतिजा राम्रै आयो। त्यसैले निरन्तरता दियौं।' केसीको नेतृत्वमा फ्रेन्ड्सले सुपर लिगका ७ मध्ये ३ जित, ३ बराबरी र एक खेलमा हार बोहोरेको थियो। सुपर लिगमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीपछि बढी अंक बटुल्नेमा फ्रेन्ड्स थियो। मनाङले १५ र फ्रेन्ड्सले १२ अंक जोडेका थिए।
यति हिमालयन शेर्पा सुपर लिगमा पुग्न असफल भएपछि केसी क्लबकै स्वीकृतिमा फ्रेन्ड्स पुगेका थिए। हिमालयनले ए डिभिजन हैसियत जोगाउन संघर्ष गर्नुपरेको थियो।
भदौमा एनसेल कप चल्दै गर्दा केसीले थ्री स्टार क्लबबाट पद त्याग गर्दै अर्को महिना हिमालयन शेर्पासँग आबद्ध भए।
'सुपर लिगबाटै फ्रेन्ड्सले निरन्तरता दिन आग्रह गरेको थियो। मलाई पनि ठीकै लाग्यो,' जावलाखेल निवासी ३९ वर्षे केसीले भने, 'आउन–जान नजिक हुने भएकाले पनि फ्रेन्ड्समै रहन उपयुक्त लाग्यो।'
कप्तान सागर थापासहित गत वर्ष आबद्ध अधिकांशले क्लब छाडेपछि फ्रेन्ड्सले विभिन्न क्लबबाट नयाँ खेलाडी भित्राएको छ। दक्षिण कोरियामा झन्डै २ वर्ष बसेर फर्केका पूर्वराष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठसहित बाँसबारीका पुकार आले, गोलरक्षक अजित प्रजापति, थ्री स्टारका भिक्टोर, बौद्धका सुसन लामा र बुद्ध लामा तथा एपिएफका अर्जुन सुब्बा फ्रेन्ड्समा आबद्ध भएका छन्।
क्लबले पुराना खेलाडी दीपक गुरुङ, रितेश मल्ल, विष्णु केसी, मणिराम चौधरी, कुवेर सिंह, गजेन्द्र शाही, सन्तोष तामाङ, पिटरलाई निरन्तरता दिएको छ।
१० दिनदेखि ब्रिटिस कपको तयारी सुरु भएको जनाउँदै केसीले युवा टोलीबाट राम्रो नतिजा ल्याउन प्रयास गरिने बताए। उनले भने, 'नियमित प्रशिक्षणको व्यवस्था मिलाउन मैले क्लबलाई भनेको छु। म आफ्नो ठाउँबाट राम्रो गर्न पूरा प्रयास गर्नेछु। क्लब र खेलाडीबाट कस्तो सहयोग हुन्छ, धेरै कुरा त्यसमै निर्भर गर्छ।'
अध्यक्ष राणाले ब्रिटिस कप दौरान टोलीमा समस्या देखिए कमजोर ठाउँमा अन्य खेलाडी ल्याइने बताए। 'हामी नयाँ खेलाडीलाई पनि मौका दिन चाहन्छौं। केही खेलाडी अहिले पनि ट्रायलमा छन्,' राणाले भने।
सागर, निराजन खड्का, जगजित श्रेष्ठ, डुडोज, प्रकाश बुढाथोकी, दीपक भुसाललगायतले यसपटक फ्रेन्ड्स छोडिसकेका छन्। सागर मनाङमा आबद्ध भइसके भने जगजित, डुडोज र प्रकाशले थ्री स्टारबाट एएफसी प्रेसिडेन्ट्स कप खेलिसकेका छन्। निराजन पनि यो सिजन थ्री स्टार पुगेका छन्।
अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...

भगवतीले जितिन् कांस्य

भगवतीले जितिन् कांस्य

काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ। साम्बो खेलाडी भगवती माझीले ५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्। भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग...

तीनदिवसीयमा पहिलो पराजय

तीनदिवसीयमा पहिलो पराजय

काठमाडौं– नेपालले श्रीलंकामा जारी प्रथम श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलमा पहिलो हार बेहोरेको छ। राजेश पुलामीले सानदार ब्याटिङ गरे पनि नेपाल मंगलबार कुरुनगेला कम्बाइन–११ सँग ८७ रनले पराजित भयो।

विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार

विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार

दोहा- विश्वकप–२०२२ को आयोजकका रूपमा फिफा कार्यसमितिले खाडी मुलुक कतारलाई चयन गर्दा यसको व्यापक आलोचनासँगै प्रश्न उठाइयो– भ्रष्टाचारको दलदलमा रहेको, अत्यधिक गर्मी र कमजोर फुटबल संस्कारयुक्त यो देशले कसरी फुटबलको...

उपाधि लक्ष्यमा महिला फुटबल टोली

उपाधि लक्ष्यमा महिला फुटबल टोली

काठमाडौं- कप्तान जमुना गुरुङसहित पाँच खेलाडीबिना नेपाली महिला फुटबल टोली महिला साफ च्याम्पियनसिप फुटबल खेल्न शनिबार पाकिस्तान जाँदैछ। महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण खेल्ने राष्ट्रिय टोलीका २० मध्ये ७ खेलाडी...