७ वैशाख २०८१ शुक्रबार
खेल

आईपीएल क्रिकेट : अन्तिम बलमा जडेजाको छक्काले जितायो चेन्नईलाई

इन्डियन प्रिमियर लिग (आईपीएल) को बिहीबारको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ। चेन्नईले १७३ रनको लक्ष्य अन्तिम ओभरको अन्तिम बलमा पुरा गरेको थियो। रविन्द्र जडेजाले प्रहार गरेको छक्काले कोलकातालाई पछि पारिदियो।

लक्ष्य पछ्याउन पिचमा उत्रेका चेन्नईका शेन वाटसन र ऋतुराज गायकवाडले राम्रो सुरुवात गरेपनि ८ औं ओभरमा यो जोडि टुट्यो। शेन वाटसनले १८ बलमा १४ रन बनाए। १९ औं बलमा उनलाई अरुण चक्रवर्तीले रिंकु सिंहको हातबाट क्याच आउट बनाए।

वाटसनले एक छक्का र एक चौका निकाले। उनी पछि अम्वाती रायडु र ऋतुराज गायकवाडले १० ओभरमा स्कोर ७४ रनमा पुर्याअए।  

१३ ओभरमा टिमको स्कोर ११० थियो। १४ ओभरमा कोलकातालाई ठूलो सफलता मिल्यो। रायडुलाई सुनील नरेनले क्याच आउट गरे। नायडुले पाँच चौका र एक छक्काको मदतले २० बलमा ३८ रन बनाए।  

रायडु पछि कप्तान धोनी मोर्चा सम्हालेन पिचमा उत्रिए। उनको विकेट वरुण चक्रवर्तीले लिए। धोनीले ४ बलमा १ रन बनाए।

१९ औं ओभरमा चेन्नईको स्कोर १६३ रन पुगेको थियो। उसलाई जितका लागि ६ बलमा १० रन आवश्यक थियो। अन्तिम ओभरमा कमलेश नागरकोटीको बलमा एक रन आवश्यक थियो। उनको बलमा छक्का प्रहार गर्दै जडेजाले टिमलाई विजयी बनाए।

चेन्नई अंक तालिकामा १० औं स्थानमा छ। यस्तै कोलकाता १२ अंकका साथ ५ औं स्थानामा छ।

 

 

 

प्रकाशित: १४ कार्तिक २०७७ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App