Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

तेन्दुलकरको सतकमा भारतको संघर्ष

smaller text tool iconmedium text tool iconlarger text tool icon
कोलम्बो, साउन १३ (एएफपी)- सचिन तेन्दुलकरले ४८औं सतक बनाएपछि भारतले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पुनरागमन गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमानी तेन्दुलकरले अविजित १ सय ८ रन बनाएपछि भारतले तेस्रो दिन खेलको समाप्तिमा ४ विकेट गुमाई ३ सय ८२ रन बनाएको छ।

गेलको पहिलो टेस्ट १० विकेटले जितेर शृङ्खलामा १-० ले अगाडि श्रीलंकाले ६४२-४ मा पहिलो इनिङ समाप्ति गरेको थियो। भारतलाई फलोअनबाट जोगिन अझै ६१ रन आवश्यक छ।

एक समय बिना क्षति १ सय ६५ रनमा रहेको भारत १ सय ७३ रनमा पुग्दा ३ विकेट गुमाएपछि बिहानको सत्रमा केही दबाबमा आएको थियो। भारतलाई दबाबमा ल्याउने क्रममा पहिलो टेस्ट खेलिरहेका अफ स्पिनर सुरज रणदिभले २ तथा अजन्था मेन्डिसले १ विकेट लिए।

टेस्ट क्रिकेटमा सर्वाधिक रन र सतक बनाउने ३७ वर्षे तेन्दुलकरले ४ घन्टा ३७ मिनेट क्रिजमा बिताउँदै सानदार इनिङ खेले। उनले भिभिएस लक्ष्मण (२९) सँग चौथो विकेटमा ६८ रन जोडेका थिए भने पहिलो टेस्ट खेलिरहेका सुरेश रैनासँग पाँचौं विकेटमा अविजित १ सय ४१ रनको साझेदारी गरिसकेका छन्। रैना ६६ रन बनाई अविजित छन्।

१ सय ६८औं टेस्ट खेल्दै गरेका तेन्दुलकरकले रणदिभलाई स्क्वायर लेगमा १३औं चौका प्रहार गर्दै यो वर्षको पाँचौं टेस्ट सतक पूरा गरे। श्रीलंकाले तेन्दुलकरलाई २९ रनमा आउट गर्ने एक अवसर पाएको थियो। तर दिलहारा फर्नान्डोको बलमा तेन्दुलकरले स्लाइस गरेको प्रहारलाई श्रीलंकाका विकेटकिपर प्रसन्न जयबर्द्धनेले समात्न सकेनन्।

मुथैया मुरलीधरनको संन्यास तथा पहिलो टेस्टका म्यान अफ द म्याच लासिथ मालिङ्गा घुँडाको चोटका कारण खेल्न नसक्ने भएपछि बलिङ आक्रमण पूरै परिवर्तन गरेको अनुभवहीन श्रीलंकाका लागि रणदिभ र मेन्डिसले केही आशा देखाएका थिए।

वीरेन्द्र सेवाग र मुरली विजयले पहिलो विकेटमा १ सय ६५ रन जोड्दै भारतलाई राम्रो सुरुवात दिलाए। ११ बलको अन्तरमा दुवै आउट भए। सेवाग १ रनले २१औं सतक बनाउन चुके। दिनको खेलमा रणदिभको पहिलो बललाई अगाडि बढेर प्रहार गर्न खोज्दा उनी स्टम्पआउट भए। उनले परम्परागत आफ्नो आक्रामक इनिङमा १५ चौका प्रहार गरे। तर उनी टेस्टमा लगातार चौथो टेस्ट सतक बनाउन चुके। दक्षिण अफ्रिकाविरुद्धको दुई घरेलु टेस्टमा उनले १ सय ९ र १ सय ६५ तथा यस शृङ्खलाको पहिलो टेस्टमा सेवागले १ सय ९ रन बनाएका थिए।

विजयले दोस्रो अर्द्धसतक बनाउनेक्रममा आत्मविश्वासी ५८ रन बनाए। मेन्डिसको गुगलीमा उनी एलबीडब्लु आउट भए। लन्च हुनुपूर्व रणदिभले राहुल द्रविडलाई ३ रनमा एलबिडब्लु धरापमा पारे।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल