क्लबका मालिकहरूले स्टार खेलाडी भित्र्याउनका लागि आवश्यक पैसा उपलब्ध नगराएकोमा समर्थक निराश भइरहेको अवस्थामा म्यानचेस्टरले पछिल्लो समयमा सरुवा बजारमा खासै चासो देखाएको छैन।
खास गरी स्टार विंगर क्रिस्टियानो रोनाल्डोलाई गत सिजनमा आकर्षक मूल्यमा बेचे पनि उनलाई बेच्दा आएको रकम बजारमा खर्च नगरेकोमा समर्थक निराश छन्।
म्यानचेस्टरले यो वर्ष नयाँ खेलाडीका लागि २ करोड पाउन्ड खर्च गरिसकेको छ। फुलह्यामका पूर्वरक्षक क्रिस स्मालि र मेक्सिकोका स्टाइकर हाभियर हर्नान्डेजले वर्षको सुरुवातमै सरुवालाई सहमति जनाइसकेका थिए। जर्मनीका प्लेमेकर मेसुट ओजिल, नेदरल्यान्डसका मिडफिल्डर वेस्ली स्नाइडर र रियाल मड्रिडका फ्रान्सेली स्टाइकर कारिम बेन्जामा म्यानचेस्टर सरुवाको चर्चामा छन्। गिलले फर्गुसनले चाहेमा यी खेलाडीलाई भिœयाउन पैसा उपलब्ध भएको बताए।
'कुनै खेलाडीले टोलीमा सुधार ल्याउन सक्छ भन्ने विश्वास भएमा हामी पैसा खर्च गर्न तयार छौं, किनकि हामी राम्रो टोलीमा विश्वास राख्छौं,' गिलले भने, 'हाम्रो टोलीमा खेलाडीले पछिल्ला केही वर्ष सँगै खेलिसकेका छन् र राम्रो प्रदर्शन गरिरहेका छन्। अब हाम्रो टोलीमा थप सुधार ल्याउन आवश्यक खेलाडी भनेको असाधारण प्रतिभाको धनी हुनुपर्छ।'
गिलले क्लबले लक्ष्य बनाएका खेलाडीको नाम नबताए पनि केही नयाँ अनुहार खोजिरहेको स्वीकारे। 'हामी सधैं खेलाडी खोजिरहेका हुन्छौं। सधैँ खेलाडीमा हाम्रो नजर रहिरहन्छ। सरुवा विन्डो खुल्दा मात्र नभई हामीले ३ सय ६५ दिन नै खेलाडीलाई याद गरिरहेका हुन्छौं,' गिलले भने, 'हामीले विश्वकपमा पनि धेरै खेलाडीको मूल्यांकन गर्यौँ, तर विश्वकप खेल्ने खेलाडीका बारेमा हामीलाई त्यसअघि पनि धेरै जानकारी थियो।'
गिलले प्रशिक्षक फर्गुसन वर्तमान टोलीबाट सन्तुष्ट भए पनि नयाँ खेलाडी आगमनको सम्भावना रहेको बताए। 'आगामी ६ हप्तामा परिस्थितिअनुसार चल्दा आवश्यक निर्णय लिने छौं,' उनको भनाइ थियो।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





