Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

पाकिस्तानलाई १५ वर्षमा सफलता

smaller text tool iconmedium text tool iconlarger text tool icon
लिड्स, साउन ९(एएफपी)- पाकिस्तानले तनावपूर्ण अन्तिम स्थितिलाई पन्छाउँदै शनिबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा ३ विकेटको विजय हात पारेको छ।

  १५ वर्षयता अस्ट्रेलियामाथि पहिलो विजय पाएपछि पाकिस्तानले २ टेस्टको शृङ्खला १-१ को बराबरीमा टुंग्याएको छ।

१४०-३ बाट चौथो दिनको खेल प्रारम्भ गरेको पाकिस्तानले विजयका लागि थप ४० रन बनाउनु पर्ने थियो। छोटो समयमै ४ विकेट गुमाए पनि मोहम्मद आमेरले अविजित ५ र विजय रन प्रहार गरेका उमर गुलले १ रन बनाएपछि पाकिस्तानले अस्ट्रेलियासँग लगातार १३ टेस्टमा पाएको पराजयलाई पूर्णविराम लगाएको छ।

विजयका लागि ५ रन आवश्यक भएको समयमा बेन हिफेनहाउजको बल आमेरको ब्याटमा एज लागेर चौका भएपछि स्कोर बराबर भएको थियो। त्यसपछि गुलले अर्को ओभरको पहिलो बलमा जोनसनलाई विजयी रन प्रहार गरेका थिए। यसले पाकिस्तानका नया कप्तान सलमान बटलाई विजयी सुरुवात दिलाएको छ। लर्डसको पहिलो टेस्टमा पाकिस्तान १ सय ५० रनले पराजित भएपछि नियमित कप्तान सहिद अफ्रिदीले आश्चार्यजनक हिसाबले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।

'हाम्रो यस्तो युवा टोलीले विश्वको सबै भन्दा राम्रो टेस्ट खेल्ने राष्ट्रलाई हराउदा पाकिस्तानी क्रिकेट माथी उठन सक्छ,' बटले भने, 'हामीले यो विजय पाकिस्तानी जनतालाई समर्पित गराउन चाहान्छु, उनीहरु अहिले हामी घरैमा खेलेको हेर्न चाहान्छन्, हामी अहिले उनीहरुलाई सम्झी रहेका छौं, आशा गरौं हामी चाँढै पाकिस्तानमा खेल्ने छौं।' आतंकबादीको मार खेपिरहेको पाकिस्तानले सबै घरेलु शृङखला विदेशी भुमिमा खेलिरहेको छ।

पाकिस्तानका लागि शनिबार अझर अली ५१ रनमा आउट भए। उनले अघिल्लो दिनको स्कोरमा ४ रनमात्र थपे। त्यसपछि उमर अकमाल ८, शोएव मलिक १० र कामरान अकमाल १३ रनमा आउट भए। अस्ट्रेलियाका डगी बोलिन्जर हिफेलहाउजले ३/३ तथा जोनसनले १/१ विकेट लिए।

सात विकेट लिएका पाकिस्तानका आमेर तथा अस्ट्रेलियाका वाटसन म्यान अफ द म्याचमा चुनिए। वाटसनले पाकिस्तानको पहिलो इनिङमा ६ विकेट लिएका थिए।
पाकिस्तानले बिहीबार देखि सुरु हुने इङ्ल्यान्डविरुद्धको चार टेस्ट शृङ्खलालाई भेट्रान ब्याट्सम्यान युनिस खान मोहम्मद युसुफलाई फिर्ता बोलाउने तयारी गरेको बताइएको छ।


संक्षिप्त स्कोर कार्ड
अस्ट्रेलिया पहिलो इनिङ ८८
(टिम पेन-१७, आमेर-२०/३, असिफ-३०/३, गुल-१६/२)
पाकिस्तान पहिलो इनिङ २५८
(बट-४५, फरहात-४३, अझर अली-३०, वाटसन-३३/६, हिफेनहाउज-७७/२)
अस्ट्रेलिया दोस्रा इनिङ ३४९
(क्लार्क-७७, स्मिथ-७७, पोन्टिङ-६६, आमेर-८६/४, कानेरिआ-७४/२, असिफ-८३/२)
पाकिस्तान दोस्रो इनिङ १८०-७
(इमरान फरहात-६७, अझर अली-५१, हिफेनहाउज-३९/३, बोलिन्जर-५१/३)

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल