Thursday 26 Ashad, 2071 |
Menu

समाज

२ सय १५ पटक अस्पतालमा हड्ताल

(0 votes)
काठमाडौं— कोसी अञ्चल अस्पतालका चिकित्सकहरूले आइतबार सामूहिक राजीनामा दिएर काम छाडेपछि सयौं बिरामी प्रभावित भए। सामूहिक राजीनामाको कानुनी हैसियत नभए पनि डाक्टरहरूले धम्कीको शैलीमा बिनाजानकारी आकस्मिक सेवासमेत बन्द गराएको घटना नौलो होइन।
नेपाल चिकित्सक संघको तथ्यांकअनुसार २०६३ यता चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमणका २ सय १५ भन्दा बढी घटना भएका छन्। यी घटनापछि कुनै न कुनै रूपमा अस्पतालका सेवा प्रभावित भएका छन्। बिरामीले दुःख पाएका छन्। मुलुककै ठूलामध्ये वीर र टिचिङ अस्पतालसमेत यो पीडाबाट गुज्रिसकेको छ। डाक्टरहरूको हड्तालले वीर १७ दिन र टिचिङमा १९ दिन सेवा प्रभावित भएको थियो।

वरिष्ठ चिकित्सक डा. रमेशकान्त अधिकारी 'संगठन र हकहितको कुरा गर्दा चिकित्सा पेसा फरक हो भनेर बिर्सन नहुने' बताउँछन्। 'वीर र टिचिङमा माग पूरा गर्न हड्ताल गरिएको थियो, जुन अहिले देशव्यापी समस्याका रूपमा देखिन थालेको छ,' उनले आइतबार नागरिकसँग भने, 'डाक्टरहरू पनि इथिक्स र मर्यादामा नरहने, बिरामीले पनि हात नहाल्नुपर्ने ठाउँमा हात हाल्ने, सरकार केही गर्न नसक्ने, सब भद्रगोल छ।'

अत्यावश्यक सेवा ऐनअनुसार स्वास्थ्यजस्तो क्षेत्रमा कुनै पनि कारणले सेवा अवरुद्ध हुनु हुँदैन भन्ने कानुनी प्रावधान छ । तर, पटकपटक विभिन्न बहानामा स्वास्थ्य संस्था बन्द गरिँदा पनि न सरकारले चिकित्सकमाथि कारबाहीको बाटो खोज्यो, न उनीहरूको माग नै सम्बोधन गरियो।

सरकारले माग सम्बोधन नगरेको अवस्थामा अस्पतालहरूमा हुने यस्ता हड्ताललाई जायज ठहर्‍याउँछन्, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झा। 'कुनै पनि घटनामा आक्रमण एवं तोडफोडकर्तामाथि कारबाही भएको छैन,' डा. झाले भने, 'साथीहरूले आफ्नो ज्यानको सुरक्षाका लागि सेवा बन्द गर्नुपर्ने अवस्था सरकारले नै ल्याएको हो।'

चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमणको घटना बढेपछि डाक्टरहरूको दबाबमा स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन बनाउन सरकार तयार भएको थियो । त्यही आधारमा सरकारले 'हेल्थ प्रोफेसनल एक्ट २०६३' जारी गर्‍यो। नियमावलीका लागि भने २०६९ सम्म कुर्नुपर्‍यो। ऐनले चिकित्सक एवं स्वास्थ्य संस्थामाथि आक्रमण भए ६ महिनादेखि २ वर्षसम्म कैद सजाय व्यवस्था गरेको छ। अभद्र व्यवहार भए मात्रै पनि ६ महिना कैद सजायको व्यवस्था छ । हालसम्म कसैमाथि छानबिन वा कारबाही भने भएको छैन।

त्यस्तै, बिरामीले सेवा चित्त नबुझे उपभोक्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पाउँछ। क्षर्तिपूतिका लागि स्वस्थ्य मन्त्रालयमा कोष खडा गरी सरकार र चिकित्सकहरूले सामूहिक रूपमा रकम तिर्ने व्यवस्था छ । मन्त्रालयले यसको निम्ति पनि पहल गरेको छैन। ऐन कार्यान्वयनको जिम्मा गृह र स्थानीय प्रशासनको समेत भए पनि कार्यान्वयन निम्ति पहल गर्ने निकाय स्वास्थ्य मन्त्रालय हो । मन्त्रालयका जिम्मेवार अधिकारीहरू भने यस विषयमा प्रतिक्रिया दिनसमेत तयार छैनन्।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघ र आचारसंहिताको नियमन निकाय नेपाल मेडिकल काउन्सिलले भने छानबिनबिनै चिकित्सकको बचाउ मात्रै गर्दै आएका छन्।

'चिकित्सकबाट पनि गल्ती हुनसक्छ, तर गल्तीको क्षतिपूर्ति र सजाय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाझ आतंक फैलाएर परिपूर्ति हुँदैन,' डा. झाले भने, 'एउटा जग्गा विवादमा वर्षौं मुद्दा लड्ने धैर्य छ, हत्याका मुद्दा त्यसरी नै लडिन्छ, तर चिकित्सकले ज्यान बचाउन गरेको उपचारमा चित्त नबुझ्दा किन कानुनी बाटो खोजिन्न ?'
उपत्यकामा दैनिक १८ अपराध

उपत्यकामा दैनिक १८ अपराध

काठमाडौं- उपत्यकाको ३ जिल्लामा दैनिक १८ वटा आपराधिक घटना हुने गरेको एक तथ्यांकले देखाएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयको वार्षिक आपराधिक विश्लेषणमा आपराधिक घटना संख्याका दृष्टिले जेठ सबैभन्दा खराब देखिएको छ।

फर्जी विद्यार्थी देखाएर वर्षौंदेखि तलब

गोरखा- गोरखा सदरमुकामबाट ४१ कोष टाढाको प्रोक प्राविमा जेठ २८ गते शिक्षा कार्यालयको अनुगमन टोली पुग्दा विद्यालयमा एकजना पनि विद्यार्थी भेटिएनन्। अनुगमन टोलीमा गएका कर्मचारी छक्क परे। विद्यार्थी नभेटेपछि टोलीले...

पत्रकार हत्यामा तीन जनालाई जन्मकैद

इलाम– झन्डै साढे तीन बर्षअघि बिर्तामोडमा मारिएका झापाका पत्रकार यादव पौड्यालको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ। २०६८ चैत २१ गते बिर्तामोडस्थित बसपार्कको एउटा होटलमा निर्ममतापूर्वक मारिएका पौड्यालको...

झडपमा घाइतेको मृत्यु

उदयपुर— एक साताअघि दुई समूहबीच भएको झडपमा घाइतेभएका रेखबहादुर कटुवालको मंगलबार मृत्यु भएको छ। १७ गते राति पूर्वी बेल्टारबसाहा–६ सुगारेमा भएको दोहोरो झडपमा गम्भीर घाइते रमेश थापाको भने विराटनगरमा उपचार...

ब्राजिल हारेको पीडामा नेपाली फ्यानद्वारा आत्महत्या

इटहरी— विश्वकप फुटबलको सेमिफाइनलमा ब्राजिलले लज्जाजनक हार व्यहोरेको पीडामा एक १५ वर्षे नेपाली किशोरीले आत्महत्या गरेकी छिन्। कक्षा १० मा अध्ययनरत सुनसरीको भरउल-८ की प्रज्ञा थापाले आफ्नो प्रिय टोलीको सर्मनाक...

ओमान पुगेका छ नेपालीको उद्धार

काठमाडौँ- कामको लागि ओमान पुगेर अलपत्र परेका छ जना नेपालीलाई नेपाली राजदूतावास मस्कटको विशेष पहलमा उद्धार गरी नेपाल पठाइएको छ।

एक महिनामै भत्कियो सडक

सिरहा-ठेकेदारले निर्माणसम्पन्न भन्दै हस्तान्तरण गरेका यहाँका सडक एक महिना नबित्दै धमाधम भत्कन थालेका छन्। ७ करोड लागतमा चालू आवमा निर्माण गरिएका ती सडकको सबैतिर कालोपत्रे (ओटासिल) उप्किसकेको छ भने बर्खासँगै...

सार्कका लागि सिंहदरबार अगाडि पार्क

काठमाडौं-आगामी सार्क शिखर सम्मेलनका लागि सिंहदरबार अगाडि आकर्षक पार्क बन्ने भएको छ। राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम भवनसम्मको क्षेत्रमा पार्क बनाउने तयारी भएको हो। काठमाडौं महानगरपालिकाले सो क्षेत्रमा रहेका सरकारी...