Friday 7 Kartik, 2071 |
Menu

समाज

तनहुँमा पुलबाट बस खस्दा १९ जना घाइते

  • सोमबार २१ श्रावण, २०७०
  • समुन्द्र पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
तनहुँको खैरेनीटार गाविसको कुम्ले खोलाको पुलबाट बस खस्दा १९ जना घाइते भएका छन्। घाइतेलाई पोखराको मणिपाल अस्पताल पुर्‍याइएको छ। घाइतेमध्ये अधिकांश सिकिस्त रहेको अस्पतालले जनाएको छ। साधारण चोट लागेकाहरुलाई भने खैरेनीटारकै सेतीगंगा सामुदायिक अस्पताल भर्ना गरिएको छ। 


काठमाडौंबाट पोखरा जाँदै गरेको ना३ख ९४४१ नम्बरको उक्त बस करिब २० मिटर तल खसेको थियो। 

खुकुरी हानाहानमा तीन घाइते

सुरुङगा-झापाको गरामनी–२ स्थित खोपबारीमा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीनजना गम्भीर घाइते भएका छन्।

एमपिए स्तानोकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत वर्ष सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन (एमपिए–द्वितीय) द्वितीय वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ।

बसको ठक्करबाट एकको मृत्यु

डडेल्धुरा-परिगाउँ देखि डडेल्धुरा आउँदै गरेको उग्रतारा यातायातको ना ४ ख ४३३६ नम्बरको बसले ठक्कर दिदाँ ४५ गाँखेतका बीरबहादुर सार्कीको मृत्यु भएको छ।

'नेपाली भाषाका लागि देवकोटाको योगदान अतुलनीय'

काठमाडौं— राष्ट्रपति रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताएका छन्।

५९ वर्षीया श्रीमतीको हत्या

पाँचथर—पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन्।

फेसबुकमा युवतीको नक्कली अकाउन्ट बनाएर अश्लिल फोटो राख्ने पक्राउ

काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा युवतीको नाउँमा नक्कली अकाउन्ट बनाएर चरित्र हत्या गर्न खोज्ने काठमाडौं जिल्ला रामकोट गाविस वडा नं १ का विकासराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरीले आफ्नै घर...

कुन कुन स्थानबाट निस्कँदैछ भिन्तुना र्‍याली?

काठमाडौं— नेपाल संवत ११३५ को उपलक्ष्यमा भिन्तुना मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ । कात्तिक ७ गते स्थानीय युवाले उपत्यकाका तीनै जिल्लामा र्‍याली गर्न लागेका हुन्।

सरकारले सर्वसाधारणलाई भन्यो– घर सिँगार्नुस्

काठमाडौं— आगामी मंसिर दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनलाई राजधानी सफा, सुन्दर र आकर्षक सहरको नमुना बनाउन सडक, सरकारी भवन, पुल लगायत संरचना सिँगारिरहेको सरकारले निजी घरधनीलाई समेत घर...