Thursday 8 Shrawn, 2071 |
Menu

समाज

छोरा सहित खोलामा हाम्फालेर आत्महत्या

(0 votes)
बाग्लुङ — जिल्लाको अधिकारीचौरमा एक महिलाले छोरा सहित खोलामा हाम्फालेर आत्महत्या गरेकी छिन्। अधिकारीचौर—१ नौविसेकी २७ वर्षीय कमला परियारले सोमबार भुजिखोलामा हाम्फालेर आत्महत्या गरेको प्रहरी निरिक्षक प्रकाश सापकोटाले बताए।

परियार दुई महिनाका छोरालाई साथमै बोकेर खोलामा हाम्फालेको प्रहरीले जनाएको छ। परियारको शव बुर्तिबाङकै भुजीखोलामा भेटिएको छ। बच्चा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

महिलाको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। आत्म हत्याको कारण खुल्न सकेको छैन। परियारका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्।
नागरिककर्मी विजयलाई 'फोटो अफ द इयर' अवार्ड

नागरिककर्मी विजयलाई 'फोटो अफ द इयर' अवार्ड

काठमाडौं– नागरिककर्मी विजय गजमेरले फोटो अफ द इयरको अवार्ड जितेका छन्। फोटो पत्रकार क्लबले आयोजना गरेको फोटो प्रतियोगिता २०७१ मा बाँकेको हिरमिनिया ८ मा आफ्नै पति र सासूबाट आगो लगाइएकी...

मोबिल पनि नक्कली

काठमाडौं– विभिन्न तरल पदार्थ मिसाई 'मोबिल' भन्दै बिक्री वितरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं–१४ बस्ने भारत मोतिहारी गोविन्दगन्जका दिपु गुप्ता, भक्तपुरका सुन्दर केसी, विराटनगर...

बस जुध्दा ३२ जना घाइते, पाँच गम्भीर

रौतहट— रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुर टोलमा दुई यात्रुबाहक बस आपसमा जुध्दा ३२ जना भन्दा बढी घाइते भएका छन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ।

चार महिलाको हत्या र लुटपाटमा संलग्न युवक पक्राउ

खोटाङ– खोटाङमा श्रृंखलाबद्ध हत्या र लुटपाटमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। खोटाङ, उदयपुर र सुनसरीका चार महिलाको गरगहना र नगद लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले दिक्तेल...

भतिजीको हत्यापछि आत्महत्या

बैतडी - कटौजपानी–४ का एक युवकले भतिजीको हत्या गरेर आत्महत्या गरेका छन। १८ वर्षीय मने लुहारले घरयासी झगडामा आफनै दाइकी ७ महिनाका छोरी पुष्पालाई ढुंगामा पछारेर हत्या गरेपछि आफू रुखमा...

काँग्रेस नेता जोशीको निधन

धनगढी- नेपाली काँग्रेसका वयोवृद्ध नेता खेमराज जोशीको कैलालीको मोहनपुरस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा मङ्गलबार साँझ निधन भयो।

औषधीका कार्टुनमा लुकाएर सुपारी तस्करी

सिरहा - सीमावर्ती माडर ५ बाट बुधबार सिरहा प्रहरीले औषधीका कार्टुनमुनि लुकाई भारततर्फ लैजान लागिएको २८ बोरा सुपारी बरामत गरेको छ।

तीन दिन देखि रसुवा बन्द यथावत

रसुवा - चार जलविद्युत आयोजनाको निर्माण गरिरहेको चिलिमे जलविद्युत् कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको विरोधमा स्थानीयले तीन दिन देखि रसुवा बन्द गरेका छन्।