Tuesday 19 Falgun, 2071 |
Menu

समाज

HUB

चुरेभावर अध्यक्षलाई आक्रमण गरी दस्ताले भन्यो- पूर्व आइजिपीसँग साँठगाँठ छैन

(0 votes)
काठमाडौ–चुरेभावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौला माथि नेकपा–माओवादीको युवा संगठनले आक्रमण गरेको छ। बैद्य निकट जनस्वयम सेवक दस्ताले निरौलालाई मोटरसाइकलमा हिडिरहेको समयमा तिनकुनेमा कालोमोसो दल्नुका साथै कुटपिट गरेको हो।


निरौला भूमि माफिया भएको र उनले जग्गा किनबेचको नाममा धेरै जनालाई ठगी गरेको भन्दै कारबाही गरेको जनाएको छ। आक्रमण पछि दस्ताले निरौलामाथि कारबाहि गर्नुको कारण भन्दै विज्ञप्ती निकालेको छ।

बैद्य माओवादी निकट यूवा संगठनका नेता उदय चलाउने र सशस्त्र प्रहरीका पूर्व प्रमुख सनत बस्नेतको मिलेमतोमा आफूमाथि आक्रमण भएको निरौलाले नागरिकन्यूजसँग बताए। यस अघि पनि चलाउनेको समूहले आफूलाई अपहरण गरेर बन्धक बनाएको उनको दाबी गरे। चलाउनेविरुद्ध निरौलाले अदालतमा मुद्दा समेत दायर गरेका छन्।

सशस्त्र प्रहरीका पूर्व प्रमुख बस्नेतसँगको जग्गाको विषयलाई लिएर आफू माथि भौतिक आक्रमण भएको निरौलाको भनाई रहेको छ।

दस्ताका संयोजक चलाउनेले निरौला भूमि माफिया भएकोले सामाजीक कारबाही गरीएको बताए। उनले भने– 'उनले ठगी गरेका थुप्रै प्रमाण र निवेदनहरु हामीसँग छन् संगठनको अभियान अन्तर्गत नै आक्रमण गरेका हौं।' उनले सशस्त्र प्रहरीका पूर्व प्रमुख बस्नेत र आफ्नो बीचमा साँठगाँठ नभएको बताए।

सुराकीलाई ट्राफिकले रिचार्ज कार्ड दिने

काठमाडौं- • 'सार्कपछि धेरै ठाँउमा डिभाइडर हटाइयो। विशेष गरी पुतलीसडक र थापाथलीमा जहाँ पायो त्यहीँबाट सवारी साधन दायाँबायाँ मोड्ने गरेको पाइन्छ। त्यसले गर्दा हामी नियम पालना गरेर हिँड्नेहरुलाई समस्या हुने...

नब्बे वर्षपछि ऐच्छिक महादान

नब्बे वर्षपछि ऐच्छिक महादान

ललितपुर- एकातिर नेपाली सेनाको पहरा, अर्कातिर भक्तजनको लाम। ब्यारेकभित्र सेना, छेवैको चौरमा बुद्धका मूर्ति। पूजा गर्न आएका सर्वसाधारणलाई लाइन मिलाएर बुद्धमूर्तिसम्म पुर्याकइरहेका नेपाली सेनाका जवान।

भाडा नघटाए कारबाही

काठमाडौं- सार्वजनिक सवारीको भाडा घटाउन यातायात व्यवसायीले अटेर गरेपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ। पेट्रोलियम पदार्थमा आएको गिरावटसँगै सवारी भाडा घटाएको तीन साता बितिसक्दा पनि व्यवसायीले पुरानै दरमा...

शिक्षा सुधार्न समता रणनीति

काठमाडौं- शिक्षा मन्त्रालयले विद्यालय शिक्षा सुधार्न समता रणनीति ल्याएको छ। शिक्षा विभागले विद्यालय शिक्षामा बालबालिकाको समतामूलक पहुँच पुर्यााउन तयार पारेको समता रणनीति कार्यान्वयनका लागि माघ अन्तिम साता शिक्षा विभागमा पठाएको...

इन्जिनियर यादवलाई सफाइ

काठमाडौं- सर्वोच्च अदालतले भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव तनुकलाल यादवलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिएको छ। प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र गोपाल पराजुलीको संयुक्त इजलासले सहसचिव यादवले सार्वजनिक पदमा...

लोला हान्नेलाई कारबाही तयारी

काठमाडौं- होली पर्वमा लोला हान्ने, पानी छाप्ने र जबर्जस्ती रङ दल्नेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने देशभरका जिल्ला प्रशासन कार्यालयले तयारी गरेका छन्। सार्वजनिक सुरक्षा कायम गर्न मुद्दा चलाउन पाउने अधिकारअन्तर्गत...

मोबाइल चार्ज गर्दा करेन्ट लागेर २ दुई युवाको मृत्यु

काठमाडौं— मोबाईल चार्ज गर्ने क्रममा हाइभोल्टेज करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार करेन्ट लागेर गम्भीर घाइते भएका मकवानपुर गढी–९ बस्ने १८ वर्षीय अनिल जिम्बा र १५ वर्षीय विशाल...

रुखको हाँगाले लागेर दुई जनाको मृत्यु

काठमाडौं—झापा शान्तिनगर–१ बस्ने ६५ वर्षीया रुकमती चापागाँईको रुखको हाँगाले चोट लाग्दा आइतबार मृत्यु भएको छ। चापागाईका श्रीमान ७१ वर्षीय देवीप्रसादले घर छेउको रुख ढाल्दा चोट लाग्न गई गम्भीर घाइते रुकमतीको...