Wednesday 13 Shrawn, 2072 |
Menu

समाज

ist-cc

महानगरपालिद्वारा दुई अर्ब ६३ करोड रुपैयाँको बजेट सार्वजनिक

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- काठमाडौं महानगरपालिकाको २२औँ नगर परिषद्मा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७०/७१ को रु दुई अर्ब ६३ करोड ८ लाख ९४ हजार बराबरको बजेट आज सार्वजनिक गरिएको छ। महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्यालले बजेट सार्वजनिक गर्दै यस वर्ष आफ्नै स्रोतबाट रु एक अर्ब २८ करोड ६३ लाख १४ हजार र अन्य स्रोतबाट रु एक अर्ब २४ करोड ९७ लाख तथा गत वर्षको मौज्दातबाट रु नौ करोड ४८ लाख ८० हजार वित्तीय परिचालन गर्ने लक्ष्य लिइएको बताए।
त्यस्तै महानगरले खर्चतर्फ पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा रु एक अर्ब ९८ करोड १७ लाख ७६ हजार, पूँजीगत खर्च रु १३ करोड ८२ लाख ३५ हजार, तलब सुविधा खर्च रु ३४ करोड ८४ लाख, कार्यालय सञ्चालन खर्च रु १६ करोड २४ लाख गरी रु दुई अर्ब ६३ करोड ८ लाख ९४ हजार खर्च गर्ने लक्ष्य लिएको छ।
महानगरको गत आर्थिक वर्षको बजेट रु दुई अर्ब २१ करोड ५७ लाख सङ्कलन गर्ने प्रस्ताव गरिएकोमा रु एक अर्ब ४७ करोड २५ लाख संशोधित स्रोत परिचालन भएको प्रमुख अर्यालले बताए। महानगरलाई सुन्दर, सफा र स्वच्छ राख्ने, राजस्व परिचालनमा वृद्धि गर्ने, पूर्वाधार र सामाजिक विकासमा बढावा दिने, सेवा प्रवाहमा सुधार गर्ने, संस्कृति र सम्पदाको जगेर्ना गरी दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुर्यापउने बजेटको उद्देश्य र प्राथमिकता रहेको प्रमुख अर्यालले उल्लेख गरे। 
महानगरले गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा रु ४१ करोड ५१ लाख ९४ हजार बजेट वृद्धि गरेको छ।

प्रतिक्रिया

विपत्तिले छुटायो थातथलो

विपत्तिले छुटायो थातथलो

बनेपा- विनाशकारी भूकम्पले घरगोठ चर्किए। घरैमाथिको डाँडो चिरा पर्योख। पहिरो जोखिमले छिमेकमा समेत बस्न नसकेपछि च्याम्राङबेंसी–९ झिङेका ५ घरपरिवार पनौती आइपुगेका छन्।

'पुनर्निर्माणमा मौलिकता जोगियोस्'

काठमाडौं-नेपालको वास्तुकलालाई चिनाउने काष्ठमण्डप पुनर्निर्माण गर्दा मौलिकतामा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन्। सरकारी निकाय बजेट निर्माणमै सीमित रहेका बेला नागरिक स्तरबाट मंगलबार आयोजना गरिएको गोष्ठीमा उनीहरुले सरोकारवालालाई यस्तो बताएका हुन्।

समाचार सार्वजनिक गरेको भन्दै पत्रकार 'निकालिए'

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले सडक जाम गराएको तस्बिर खिच्दा कुटिएका इमेज न्युज एफएमका सञ्चारकर्मी सन्दिप योगीलाई इमेजको व्यवस्थापकले निकालेको छ।

ब्लुबुक नवीकरण गर्दा घुस लिनेविरुद्ध मुद्दा दायर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग सवारी साधनको ब्लु बुक नवीकरण गर्दा घुस लिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, गण्डकीका लेखा अधिकृत र लेखापालविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गैंडाकोटमा डाइभर्सनबाट सवारी सुचारु

गैंडाकोटमा डाइभर्सनबाट सवारी सुचारु

चितवन-झण्डै २४ घण्टापछि पूर्व पश्चिम महेन्द्र राजमार्गको नवलपरासी गैंडाकोटमा गाडी आवत जावत सुरु भएको छ। बुटवल नारायणगढ खण्डको जयश्री खोलामा रहेको स्टील ट्रस ब्रीज सोमबार साँझ छ बजे अचानक भाँचिएपछि...

चोरीको सामान किन्ने दुईसहित गोदाम चोर पक्राउ

काठमाडौं– नक्कली चावी बनाएर कम्प्युटरको पसलबाट २० लाख रुपैयाँभन्दा बढीको सामान चोरी गरेको र चोरीको सामान किनेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जवर्जस्ती करणी गर्न खोज्ने वली कारागार चलान

रोल्पा-महिला माथि जवर्जस्ती करणी गर्न खोज्ने एक पुरुषलाई पुर्पक्षका जिल्ला कारागार चलान गरिएको छ। पश्चिम जिनाबाङ–८ का ३४ बर्षीय खमर सिं वलीलाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा कारागार चलान गरिएको...

हिन्दुराज्यमाग्ने र प्रहरीबीच झडप

इटहरी–हिन्दुराज्यको माग गर्दै  निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा ६ जना घाइते भएका छन् ।