Friday 29 Magh, 2072 |
Menu

समाज

istl

प्रहरी हिरासतबाट दुई थुनुवा फरार

(0 votes)
खोटाङ- प्रहरी हिरासतमा रहेका दुई थुनुवा फरार भएका छन्। हत्याको आरोपमा पक्राउ परेका बासपानी–९ का २१ वर्षीय अकिल राई र पाथेका–२ का १८ वर्षीय भूदेउ राई जिल्ला प्रहरी कार्यालयबाट भागेका हुन्। शौचालय जाने बहानामा उनीहरु प्रहरीको घेरा तोडेर आज बिहान हिँडेको प्रहरीले जनाएको छ। फरार थुनुवामध्ये भूदेउ भने केही घन्टापछि बुइपास्थित कट्टीको जङ्गलबाट पक्राउ परेको प्रहरीस्रोतले जनाएको छ। प्रहरीका अनुसार फरार रहेका अकिलको खोजी भइरहेको छ। 

nepalipatro-nagarik
छुरा प्रहार गरी छिमेकी गाविस खार्मी–६ का ४० वर्षीय ध्रुव श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले अकिल, भूदेउसहित तीन युवकलाई गत जेठ २८ गते नियन्त्रणमा लिएको थियो। साकेला पर्वका अवसरमा खार्मीको तुर्खास्थित भूमेस्थानमा गत जेठ २० गते भूमेपूजा तथा साकेला नाच भइरहेका समयमा जालपाका केही युवा र उनीहरुबीचको दझगडा छुट्याउन गएका श्रेष्ठलाई उनीहरुले छुरा प्रहार गरेका थिए। रासस

प्रतिक्रिया

ताप्लेजुङमा 'बहुदले किरा' आतंक

ताप्लेजुङ–हिउँद याममा बर्षेनी झुसिलकिराको प्रकोप खेप्दै आएका ताप्लेजुङको कालिखोला, सादेवा र पाँचथरको फलैंचाका बासिन्दाले यो वर्षपनि त्यो पीडाबाट मुक्ती पाएनन्।

आगोले बिक परिवारको उठिबास

खोटाङ–खोटाङ सदरमुकाम दिक्तेलस्थित लफ्याङ्मा भएको आगलागीमा ११ लाख बढीको धनमाल नष्ट भएको छ।

हत्या अभियोगमा एक किशोरी पक्राउ

सुरुङ्गा (झापा)-झापाको कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

बुधबार राति भूकम्पको धक्का

काठमाडौं–बुधबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु भएको भूकम्पको धक्का महशुस गरिएको छ।

मधेस आन्दोलनताका अपहरण र असुलीमा संलग्न पक्राउ

बारा–प्रहरीले व्यापारीको अपहरण,रिलायन्स चिनी मिलको चिनी लोड गरेको ट्रकमा गरेको आगजनी र मोटरसाईकल चोरी अभियोगमा बुधबार उमेश यादवलाई पक्राउ गरेको छ।

वर्ष बित्यो तर मिटर आएन, अँध्यारोमै बस्न बाध्य

कपिलवस्तु– आवेदनसहित शुल्क बुझाएको एक वर्ष बित्दा पनि जिल्लाका सर्वसाधारणहरुको घरमा अझै मिटर जडान भएको छैन।

झापामा तीन सातादेखि खोप सेवा ठप्प

झापा– बालबालिका तथा गर्भवतीलाई अनिवार्य गरिएको खोप सेवा झापामा तीन सातादेखि ठप्प भएको छ।

सात वर्षीय बालकको घाँटी रेटी हत्या

कोहलपुर– चारदिन अघिदेखि बेपत्ता रहेका सात वर्षीय बालकको कोहलपुरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ।