Thursday 6 Kartik, 2071 |
Menu

समाज

तरकारी मिठो नभएको गुनासो गर्ने छोरामाथि खुकुरी प्रहार

  • बिहीबार २० असार, २०७०
  • महेश्वर चामलिङ राई
  • DISQUS_COMMENTS
(0 votes)
उदयपुर- आमाको खुकुरी प्रहारबाट एक किशोर गम्भीर घाइते भएका छन्। त्रियुगा नगरपालिका-३, बुद्धचौककी इन्दिराकुमारी भुजेलको खुकुरी प्रहारबाट १४ वर्षीय छोरा विकास भुजेल गम्भीर घाइते भएका हुन्। बिहीबार बिहान खाना खान बसेका विकासलाई आमाले खुकुरी प्रहार गरेको स्थानीयले बताए। 

खुकुरी प्रहारले विकासको ढाडमा गहिरो चोट लागेको प्रत्यक्षदर्शी छिमेकी नवराज ढकालले बताए। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको र स्थिति सुधार हुँदै गरेको प्रहरीले जनाएको छ। छिमेकीका अनुसार खाना खान बसेका विकासले नमिठो खाना भन्दै थालै फ्याँकेपछि आवेशमा आएकी आमाले नजिकै रहेको खुकुरी झिकेर प्रहार गरेकी थिइन्। खाना फ्याँकेको रिसमा खुकुरीले काट्छु भन्दै छोपेपछि भागेका विकासको ढाडमा चोट लाग्न पुगेको छिमेकीको भनाइ छ। किशोरका बाबु वैदेशिक रोजगारीको सिलसिलामा कतार रहेको बताइएको छ। प्रहरीले इन्दिरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

'नेपाली भाषाका लागि देवकोटाको योगदान अतुलनीय'

काठमाडौं— राष्ट्रपति रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताएका छन्।

५९ वर्षीया श्रीमतीको हत्या

पाँचथर—पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन्।

फेसबुकमा युवतीको नक्कली अकाउन्ट बनाएर अश्लिल फोटो राख्ने पक्राउ

काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा युवतीको नाउँमा नक्कली अकाउन्ट बनाएर चरित्र हत्या गर्न खोज्ने काठमाडौं जिल्ला रामकोट गाविस वडा नं १ का विकासराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरीले आफ्नै घर...

कुन कुन स्थानबाट निस्कँदैछ भिन्तुना र्‍याली?

काठमाडौं— नेपाल संवत ११३५ को उपलक्ष्यमा भिन्तुना मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ । कात्तिक ७ गते स्थानीय युवाले उपत्यकाका तीनै जिल्लामा र्‍याली गर्न लागेका हुन्।

सरकारले सर्वसाधारणलाई भन्यो– घर सिँगार्नुस्

काठमाडौं— आगामी मंसिर दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनलाई राजधानी सफा, सुन्दर र आकर्षक सहरको नमुना बनाउन सडक, सरकारी भवन, पुल लगायत संरचना सिँगारिरहेको सरकारले निजी घरधनीलाई समेत घर...

सिंहदरबार गेटमा नयाँ प्लास्टर

सिंहदरबार गेटमा नयाँ प्लास्टर

काठमाडौं— नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिमतर्फको मुख्य प्रवेशद्वारको मर्मतसम्भार गरिँदै। आसन्न १८ औं सार्क शिखर सम्मेलनलाई मध्यनजर गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वारलाई आकर्षक र सुन्दर देखाउन मर्मत सुरु गरिएको हो।

भीमेश्वर मन्दिरका घन्ट र त्रिशुल कबाडीमा बेचिए

दोलखा— प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरमा भक्तजनले चढाएका वर्षौं पुराना घन्ट र त्रिशूल मन्दिर व्यवस्थापन समितिले नियमविपरीत कबाडीमा बेचेपछि समिति र स्थानीयबीच विवाद बढेको छ।

लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं– बटुवा लुटेको अभियोगमा प्रहरीले ५ जनालाई पक्रेको छ। प्रहरीले ऋषिराम कडेरिया, दिपेन्द्र तिमिल्सिना, रोजिन मार्पा र गोपाल मगरलाई पक्रेको हो। काठमाडौं महानगरपालिका–१ सोल्टिमोड बस्ने अजयकुमार शाहलाई उनीहरुले कुटपिट गरी...