Tuesday 17 Chaitra, 2071 |
Menu

समाज

HUB

१४ फिट लामो अजिङ्गरको छालासहित दुई पक्राउ

(0 votes)
काठमाडौं - १४ फिट लामो अजिङ्गरको छालासहित २ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले बौद्धस्थित हायात होटल नजिकैबाट बन्यजन्तुको अंगको कारोबारमा सक्रिय देखिएका दुई जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा अजिङ्गरको छाला फेला परेको हो।

पक्राउ परेका दुबैसँग कारोबारमा संलगन अन्य गिरोहबारे सोधपुछ भइरहेको महाशाखाका एसपी प्रधुम्‍न कार्कीले नागरिकलाई बताए।

नाफामुखी संस्थान र कम्पनीले पनि तिर्दैनन् घरजग्गा कर

काठमाडौं-नाफामुखी व्यापार गरिरहेका सरकारी सात वटा सेवामूखी संस्थाहरुले काठमाडौ महानगरपालिकालाई २१ वर्षदेखि घरजग्गा कर तिरेका छैनन। महानगरपालिकाको पटक–पटक ताकेता गरे पनि करोडौं रकम उठन सकेको छैन।

बलात्कारीलाई १० वर्ष कैद सजाय

इलाम—सुस्त मनस्थिति भएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाम माइपोखरी–३ का ४९ वर्षीय दिलबहादुर राईलाई जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ।

गैंडा पुग्यो आफ्नै बासस्थानमा

चितवन— हेटौंडा बजार क्षेत्रमा सोमबार दिनभर आतंक मच्चाएको गैंडालाई सुरक्षित रुपमा जंगल फर्काउन प्रशासन सफल भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षका हात्ती र प्राविधिकहरुको सहयोगले गैंडा फर्काउन...

विद्यार्थीमाथि दिनदहाडै खुकुरी प्रहार

लहान–लहानस्थित एलएमसी कलेजका विद्यार्थीमाथि लहानको ट्राफिक चोकमा मंगलबार दिउँसो खुकुरी प्रहार भएको छ। कलेज पढेर घर फर्कदै गरेका सिलोर्वा पछवारी घर भई लहानमा डेरा गरी बस्ने अनिल यादव(१८) माथि चार...

एक हजार ८ सयग्राम सुनसहित चार पक्राउ

काठमाडौं–एक हजार दुई सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्। थाइल्याण्डको बैंककबाट नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका ललितपुर ३४ बर्षीय राजु महर्जनसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।

भोलिदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द

काठमाडौं— मेडिकल माफियाविरुद्ध १० दिनदेखि अनसनरत डा.गोविन्द केसीका मागप्रति सरकारले उदासिनता देखाएको भन्दै नेपाल चिकित्सक संघले भोलिदेखि मुलुकभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्ने भएको छ।

बैंकबाट झिकेको ४ लाख रुपयाँ लुटियो

नुवाकोट–विदुर नगरपालिका बट्टारमा रहेको नेपाल बंगलादेश बैंकबाट पैसा निकालेर निस्कदै गर्दा एक बृद्ध लुटिएका छन्। रसुवाको डाडागाउँ ७ खड्कुका ६३ वर्षका हर्कबहादुर तामाङले बैकबाट निकालेको र आफ्नो साथमा भएको गरी...

ललितपुरमा बलात्कारका सिकार सबैभन्दा बढी विद्यार्थी

ललितपुर-बदलिँदो सामाजिक संरचना र बालबालिकामाथि अभिभावकको निगरानीको कमीले गर्दा प्रलोभन तथा ललाइफकाइमा पारेर जबर्जस्ती करणीका घटना हुने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ।