Wednesday 18 Bhadra, 2071 |
Menu

समाज

'उद्यमीले जोखिम उठाउनैपर्छ'

(0 votes)
'उद्यमीले जोखिम उठाउनैपर्छ'
विराटनगर- युवा उद्यमीले विराटनगरका युवासँग आफ्नो अनुभव साटासाट गरेका छन्। तीन उद्यमीले आफ्नो भोगाइ, अनुभव र सफलता, असफलताका कथा सुनाए।  


एमएम प्लास्टिकका निर्देशक सुयेश प्याकुरेलले उद्यमीले जोखिम उठाउनुपर्ने बताएका छन्। उनले जोखिम उठाउँदा त्यसको नापतौलसमेत  गर्नुपर्ने सुझाव दिए। 'हामीमा पर्याप्त सम्भावना छ,' अमेरिकी राजदूतावासको युवा काउन्सिलले आयोजना गरेको 'युवा र उद्यमशिलताविषयक एक दिवशिय अन्तरक्रियामा उनले भने, 'हामी त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनौं।

कार्यक्रममा नाङ्ग्लो इस्टका सञ्चालक तेजस कक्षपतिले सफल उद्यमीले नयाँ सोचमा लगानी गर्न आवश्यक रहेको बताए। उनले नयाँ पिढीले अनुसन्धान गरेरमात्र आफ्नो कदम चाल्नुपर्ने सुझावसमेत दिए। अर्का वक्ता सोसियल इन्ट्रप्रेनरका बाबुराजा कोइरालाले नाफा कमाउनभन्दा पनि सामाजिक उन्नतिको लागि कृषि क्षेत्रमा लागेको भए पनि यस क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । कार्यक्रमका सहभागी तथा युवा साथी समूहका विवेक दाहालले यस्ता कार्यक्रमले आफूजस्ता युवा उद्यमीलाई निक्कै ठूलो मद्दत पुगेको बताए। 

यो कार्यक्रम युवा काउन्सिलले पूर्वाञ्चलमा पहिलो पटक गरेको जानकारी गाराउँदै कार्यक्रमका संयोजक तथा काउन्सिलका सदस्य सरोज कार्कीले आगामी दिनमा नेपाली युवाको विकासका लागि कार्यक्रम गर्ने बताए।
बागमतीको भेलमा नेताको र्‍याफ्टिङ

बागमतीको भेलमा नेताको र्‍याफ्टिङ

काठमाडौं— बागमती सफा र स्वच्छ बन्दै गएको सन्देश दिन मंगलबार बागमतीमा मन्त्री, नेता, सरकारी कर्मचारी तथा कुटिनितिक नियोगका पदाधिकारीहरुले र्‍याफटिङ गरेका छन्।

तारे भिरबाट लडेर शिक्षकको मृत्यु

पर्वत— यहाँका एक शिक्षकको भिरबाट लडेर मंगलबार ज्यान गएको छ। जिल्लाको कुश्मा नगरपालिका वडा नंं.–७ दुर्लुङका ५६ वर्षिय टिकाराम शर्माको आज विहान भिरबाट लडेर मृत्यु भएको हो। 

गरिबीका कारण ३५ दिनकी सुत्केरीले आत्महत्या गरिन्

रोल्पा— कोर्चाबाङ–३ उपल्लो घापाका १९ वर्षीय सविना घर्तीमगरले विष सेवन गरेर आत्म हत्या गरेकी छिन्। ३५ दिनकी सुत्करी घर्तीले चरम गरिबी कारण खान नपाएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...

ट्रक दुर्घटना, १ को मृत्य ३ को अवस्था गम्भीर

रामेछाप—विरगंजबाट मन्थलीतर्फ आउदै गरेको ना४ख ८४७३ नम्वरको मालबाहक ट्रक रामेछापको भलुवाजोर१ कुनौरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर छ।मंगलबार २ बजे भएको दुर्घटनामा...

अभियुक्त छुटाउने कांग्रेस-एमाले सभासदको कसरत असफल, लुटपाटमा संलग्नहरु कारागार चलान

रोल्पा—शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाका निमित्त डिभिजन प्रमुख सुवास बस्नेत, नायव सुव्वा बालाराम बस्नेत, कार्यालय सहयोगी इन्द्रबहादुर गिरी र चालक जगत खड्का सवार गाडीमा लुटपाट मच्चाएको अभियोगमा चार...

जंगली हात्तीको नियन्त्रणमा डिएफओ निवास

रौतहट— जिल्ला वन कार्यालय रौतहटका प्रमुख बाबुराम भन्डारीको निवासलाई जंगली हात्तीले डेढ घन्टा नियन्त्रणमा लिएको छ। सोमवार राति करिब नौ बजे जंगलबाट आएका दुईवटा मत्ता र एक ढोई गरी तीन...

बहुविवाह गरेको आरोपमा पक्राउ

इलाम-बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरीलाई आज उनैको घरबाटै पक्राउ गरेको छ।

मन पराएकी युवतीका नाउँमा काल्पनिक समाचार इमेल गर्दा...

पोखरा— व्यस्त बजार न्युरोडको मेगा बचत तथा ऋण सहकारी संस्थाबाट ३१ लाख रुपैयाँ लुट्नेलाई प्रहरीले पक्रन सकेको थिएन । दुई दिनअघि एउटा साप्ताहिक पत्रिकामा समाचार आयो—मेगा सहकारी लुट्न सुन्दरीको हात...