Friday 11 Bhadra, 2072 |
Menu

समाज

ist-cc

कुटो प्रहार गरी भाइ-बुहारीको हत्या

  • १ असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
रुकुम- जिल्लाको नुवाकोट गाविसका एक जनाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सेलाउन नपाउँदै सो गाविससँगै जोडिएको पेउघा गाविसमा पनि उस्तै प्रकृतिको घटना भएको छ। सामान्य विवाद भएपछि पेउघा– २ का ४५ वर्षीय तेजबहादुर खड्का आफ्नै सहोदर भाइबुहारी ३५ वर्षीया मनकुमारी खड्काको हत्या गरी फरार भएका छन्। 

घरमाथिको भल छेक्नका लागि दुवै पक्षबीच शुक्रबार समान्य विवाद हुँदा तेजबहादुरले कुटोको पासोले टाउकामा हिर्काएपछि मनकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ। भल छेक्ने नाली काटेर मनकुमारीको घरतिरै भल लगाइदिएपछि आफ्नो घरतिर कुलो नलगाइदिन आग्रह गरेकी मनकुमारीलाई तेजबहादुरले उल्टै कुटो प्रहार गरेको स्थानीवासीले बताएका छन्। घटना हुँदा मृतकका श्रीमान् गणेश घरमा नभएको बताइएको छ। 
फरार अभियुक्तको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर कँवरले जानकारी दिए। गत सोमबार राति मात्रै पेउघाकै छिमेकी गाविस नुवाकोटका एक जनाले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गर्नुका साथै दुई छोरा र एक छोरीलाई समेत काटेर गम्भीर घाइते बनाई आफूले पनि आत्महत्या गरेका थिए।

प्रतिक्रिया

घरलाई टेको, संस्कृतिलाई काँध

घरलाई टेको, संस्कृतिलाई काँध

भक्तपुर- वैशाख १२ को भूकम्पपछि भक्तपुरका थुप्रै भौतिक संरचना अझैसम्म काठको टेकोले धानेको छ। सम्पदा अडाइएका यिनै टेको अगाडि बिहीबार परम्परागत नाचगानमा रमाउँदै गरेका कलाकारको हाउभाउले भक्तपुरको सिंगो संस्कृति धानेको...

काठमाडाैं रूटका ३ रात्री बसमा अागजनी

गौशाला-महोत्तरी जिल्लाको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा अज्ञात समूहले आगजनी गरेको छ। बर्दिबास नगरपालिका–१ मा विगत पाँच दिनदेखि पार्किङ गरी राखिएको जनकपुर–जलेश्वर–काठमाडौँ चल्ने ना.५ख४९९४, गौशाला–सम्सी–काठमाडौँ चल्ने ना.५ख२६९४ नम्बरको बस...

'हामीलाई केही नसोध्नुस्'

'हामीलाई केही नसोध्नुस्'

टीकापुर (कैलाली)- 'त्यत्रो एसएसपी मार्नेले हामीलाई बाँकी राख्लान्?'नेपाल मानवअधिकार आयोगको टोलीसँग गाउँलेहरू मुख खोल्न मानिरहेका थिएनन्।

डा. केसीको स्वास्थ खस्कँदै

डा. केसीको स्वास्थ खस्कँदै

काठमाडौं- आमरण अनशनको चौथो दिन त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको स्वास्थ्य खस्कँदै गएको छ। डा. केसीको स्वास्थ्य खस्कँदै गएको र पिसाबमा एसिटोन बडी पोजेटिभ देखिएको...

नगरपालिकाभित्रै राखिएको बसमा आगजनी

नगरपालिकाभित्रै राखिएको बसमा आगजनी

महोत्तरी- बर्दिवास नगरपालिका–१ मा पार्किङ गरी राखिएको तीन वटा रात्रि बसमा आगजनी गरिएको छ। बिहिबार) राति आएका एक समूहले बसमा आगजानी गरिएको प्रहरीले जनाएको छ।

उपकुलपति नियुक्तिमा एमाले असन्तुष्ट

काठमाडौं- नेकपा एमालेले सत्तासाझेदार नेपाली कांग्रेसले एकलौटी निर्णय गरी विश्वविद्यालयहरूमा विवादास्पद व्यक्ति नियुक्त गरेको भन्दै असन्तुष्टि जनाएको छ।

दबाब अभियानमा माथेमा कार्यदल

काठमाडौं- आफूहरुले ६ महिना लामो अध्ययन गरी दिएका मुख्य सुझाव नै कार्यान्वयन चरणमा पन्छाइएपछि चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदल दबाब अभियानमा जुटेको छ।

बन्दकर्ता आफैँले बजार खोले

बन्दकर्ता आफैँले बजार खोले

नेपालगन्ज– लगातार १६ दिनदेखिको बन्दले कष्टकर जीवन विताइरहेका बाँकेबासीले आन्दोलनरत पक्षले बन्द खुकुलो पारेपछि राहत महसुस गरेका छन्। संयुक्त रुपमा आन्दोलन गर्दै आएका मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले...