15 Kartik, 2071 |
Menu

समाज

हात्तीपीडितमाथि प्रहरी दमन, १० जना घाइते

  • १ असार, २०७०
  • राजु अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
झापा- हात्तीपीडित झापा बाहुनडाँगीबासी माथि प्रहरीले शनिबार दिउँसो पनि निर्मम दमन गरेको छ। शुक्रबार राति १९ जनाभन्दा बढी घाइते पार्ने गरी गाउँलेलाई कुटेको प्रहरीले शनिबार बिहान त्यही घटनाको विरोधमा उत्रिएका सर्वसाधारणमाथि पनि लाठी चार्ज गरेको छ। त्यसक्रममा १० जनाभन्दा बढी घाइते छन्। 


अघिल्लो राति भएको घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको हो। बिहान ११ बजेदेखि १२ बजे एक घण्टाको बीचमा सशस्त्रले १६ सेल अश्रुग्यास प्रहार गरेको छ। 

स्थानीयबासी एकराज घिमिरेअदिप खड्काभीमबहादुर खड्काबमबहादुर तामाङ लगायतलाई पक्राउ गरेको प्रहरीले लाठी हान्दा बुद्ध राई लगायत दुई जना गम्भीर घाइते भएका छन्। 

बाहुनडाँगी बजारमा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच ढुंगाहानाहान पनि भएको थियो। अहिले दल तथा हात्तीपीडितहरु छलफलमा छन्। त्यसपछि संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले बताएका छन्। दशकौंदेखि जारी हात्ती आतंक बाट पीडित नागरिकले आन्दोलन गर्दा प्रहरीलेदमन गरेको हो। 

मकवानपुर बस दुर्घटना: इलाममा शोक

इलाम-पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको बसामाडी गाविसको बस्तीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ९ जनाको परिवारमा रुवावासी मच्चिएको छ। दुर्घटनाको खबरले झिसमिसेबाटै ब्युँझिएको इलाम शोकमा डुबेको छ।

रारातालबाट नौबुँदे जलवायु घोषणा

रारातालबाट नौबुँदे जलवायु घोषणा

राराताल (मुगु)-रारातालको किनारमा शुक्रबार सम्पन्न जलवायु परिवर्तनसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनले जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट हिमाली र पहाडी क्षेत्रका समुदाय आक्रान्त भएको स्विकार्दै विश्वका विकसित र शक्तिशाली मुलुकलाई तत्काल समस्या सम्बोधन...

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

सिन्धुपाल्चोक– नेपालमा विपद् व्यवस्थापनका लागि छुट्टै स्वतन्त्र निकायको आवश्यकता विज्ञले औंल्याएका छन्। कान्ले पहिरोको स्थलगत अध्ययनपछि सरकारलाई बुझाइएको प्रतिवेदनमा भूगर्भविद्ले प्रधानमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन मन्त्रालय वा निकाय गठन गर्न सुझाएका...

जर्मनी जाने विद्यार्थी बढे

काठमाडौं– नेपालबाट जर्मनीका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएको छ। अघिल्लो वर्ष ९ सयभन्दा बढी नेपाली विद्यार्थी भित्र्याएको जर्मनीले यस वर्ष (सन् २०१४) १...

सकियो रारा सम्मेलन, ९ बुँदे घोषणापत्र जारी

सकियो रारा सम्मेलन, ९ बुँदे घोषणापत्र जारी

राराताल (मुगु)– जलवायु परिवर्तनसम्बन्धी रारा सम्मेलनले जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट हिमाली र पहाडी क्षेत्रका समुदाय आक्रान्त भएको स्वीकार गर्दै विश्वका विकसित र शक्तिशाली मुलुकलाई समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेको...

क्रेडिट कार्ड दुरुपयोग गरी ८ हजार डलर निकाल्ने पक्राउ

काठमाडौं—अरुको क्रेडिट कार्ड दुरुपयोग गरी रकम निकालेको अभियोगमा प्रहरीले प्रल्हाद पौडेललाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक मांखा घर भएका पौडेलले जमलमा ल्याण्ड लक ट्राभल एजेन्सी संचालन गर्दै आएका थिए।

काठमाडौंबाट अन्तरीक्ष केन्द्र देखिने

काठमाडौं— काठमाडौंको मौसम सफा रहे आज साँझ ५ बजेर ४३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र देखिनेछ। ४१ डिग्रीबाट हेर्दा पश्चिम उत्तर (डब्लुएनडब्लु) देखिने केन्द्र ६ मिनेटमा दक्षिण पूर्वी (एसएसइ) दिशामा...

घुम्नेलाई मौसमको साथ

घुम्नेलाई मौसमको साथ

इलाम-'तिहारपछि चाहिँ परिवारै आउने' अन्तुडाँडामा भेटिएका झापा जयपुरका सुवास खतिवडा झुल्केघाम नियालिसकेपछि भन्दैथिए, 'गज्जबकै ठाउँ रहेछ नि!' पूर्व–पश्चिम राजमार्गको झापास्थित चारआलीबाट ५५ किमी दूरीमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकननिम्ति मुलुक प्रसिद्ध...