Monday 3 Kartik, 2071 |
Menu

समाज

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

(0 votes)
हेटौँडा - मकवानपुरको बसामाडी गाविस बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। आज बिहान ५ बजे हेटौँडाबाट नारायणघाटतर्फ जाँदै गरेको ना१५प ३०११ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ना४ख १६५२ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइल चालक नारायण खड्काको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि बसेकी मृतकको भाउजु सुभद्रा खड्काको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्।

ट्रक चालक फरार भएका छन्। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैगरी सप्तरीको पन्सेरा गाविसमा आज बिहान भएको सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा मृतक बालकका आमाबुबा गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पन्सेरा–७ स्थित सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ गइरहेको स३प ६५२१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना२ख ६९६४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। 

दुर्घटनामा परी सिरहाको गोविन्दपुर गाविस–७ निवासी मोहम्मद उमरका सात महिने छोरा सोयलको मृत्यु भएको हो। मोटरसाइकलमा सवार उमरसहित उनकी पत्नी रुकसाना खातुन गम्भीर घाइते भएको सशस्त्र प्रहरी बेस क्याम्प कडरबोनाका प्रहरी निरीक्षक गोविन्द केसीले जानकारी दिए। गम्भीर घाइते भएका उमर र रुकसानालाई उपचारका लागि लहान लगिएको छ। ठक्कर दिने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

उद्योगपीडित किसानलाई आठ करोड क्षतिपूर्ति

रौतहट– बाढीको समयमा रौतहटका तीन उद्योगले रसायन मिसिएको पानी छाडेपछि धानबालीमा व्यापक क्षति पुगेको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले ती उद्योगहरूलाई दण्डित गर्ने निर्णय सुनाएको छ। विभिन्न रिपोर्टका आधारमा उद्योगहरू...

बाग्मती नदीको दुबै किनारामा उद्यान बन्ने

काठमाडौं-नेपाल टेलिकमले बाग्मती नदीको दुबै किनारामा उद्यान निर्माण गर्ने भएको छ। उद्यान निर्मण गरी संञ्चालन गर्न अधिकार सम्मपन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग आज टेलिकमले सम्झौता गरेको छ।

तिहारमा उत्सव बत्ती नबाल्न प्राधिकरणको आग्रह

तिहारमा उत्सव बत्ती नबाल्न प्राधिकरणको आग्रह

काठमाडौं—नेपाल विद्युत् प्राधिकरणले तिहारमा उत्सब बत्ती नबाल्न आग्रह गरेको छ। ६८ मेगावाट विद्युत् उत्पादन घटेको भन्दै प्राधिकरणले उच्च विद्युत् खपत गर्ने उपकरणहरु फ्रिज, आइरन, राइस कुकुर, एयरकन्डिसन जस्ता सामग्री कात्तिक...

१२ लाखको चाँदीसहित एक भारतीय पक्राउ

वीरगन्ज- भारत बिहारको पश्चिमी चम्पारण टिकुलिया घर भएका ३३ वर्षे विजयकुमार सर्राफलाई प्रहरीले २० किलो चाँदीसहित वीरगन्ज भन्सार नाकाबाट पक्राउ गरेको छ। नारायणी अञ्चल प्रहरी कार्यालय, वीरगन्जको 'बिशेष टोलीले सुराकीले...

यात्रुबाहक बसमा २० किलो स्टोन फेला

काठमाडौं- स्थलमार्ग हुँदै उपत्यकामा स्टोन तस्करी हुने गरेको खुलेको छ। एक यात्रुबाहक बसमा प्रहरीले २० किलो विभिन्न प्रकृतिका स्टोन फेला परेपछि पछिल्लो समय स्टोन कारोबारीले उपत्यकामा स्टोन ल्याउन सार्वजनिक यातायातको...

लेन मिच्ने ५ सयलाई कारबाही

काठमाडौं- उपत्यकाका सडकमा सवारीको मनपरी बढेको भन्दै लेन अनुशासनमा कडाइ गर्दै आएको ट्राफिकले एक साता अवधिमा २५ सयभन्दा बढी चालकलाई कारबाही गरेको छ। चालकले लेन मिच्दै जथाभावी सवारी गुडाउन थालेपछि...

पत्रकार घिमिरेको सम्झनामा

पत्रकार घिमिरेको सम्झनामा

काठमाडौं- पत्रकार सञ्जीव घिमिरेको सम्झनामा नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाले आइतबार श्रद्धान्जली सभा आयोजना गरेको छ। हृदयघातका कारण शनिबार निधन भएका पत्रकार घिमिरेको सम्झनामा नेपाल रिपब्लिक मिडियाको कार्यालय बागदरबार सुन्धारामा...

हिमपातमा ज्यान गुमाउने ४० पुगे

पोखरा/जुम्ला- 'हुडहुड' आँधी प्रभावले उच्च हिमाली क्षेत्रमा भएको हिमपात र हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। मनाङ र मुस्ताङमा बिहीबार थप १० शव फेला परेका छन्। मुस्ताङमा ९ नेपाली...