Monday 8 Mangshir, 2071 |
Menu

समाज

आजदेखि महानगरपालिकाभित्र पोलेथिन झोला प्रतिबन्ध

mynepal
(1 Vote)
काठमाडौँ - काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आजदेखि पोलिथिन झोलाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। पोलिथिन झोलाले वातावरण प्रदूषण तथा ढल जाम गर्ने भएकाले त्यसको उत्पादनलाई निरुत्साहित गर्न महानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो।

महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले व्यवसायी तथा उद्योगीले ३५ माइक्रोनभन्दा बढीका पोलिथिन झोला उत्पादनमा चासो नदेखाएको र त्यसभन्दा मुनिका पोलिथिन प्रयोगका लागि उपयुक्त नरहेकाले प्रतिबन्ध लगाइएको जानकारी दिए।

आजदेखि १४ गतेसम्म महानगरभित्रका ३५ वडाका प्रत्येक टोलटोलमा यस अभियानबारे प्रचारप्रसार गरिने छ। पोलिथिन झोला बेच्नेलाई रु एक हजार र किन्नेलाई ५०० जरिवाना गरिने भएको हो।

स्वास्थ्यकर्मीले पोलिथिनका झोलामा आर्सेनिक रसायन प्रयोग हुने र त्यसले क्यान्सर, छालालगायतका रोग निम्त्याउने भएकाले यस्ता वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउन सुझाव दिँदै आएका थिए। रासस

ट्रक पल्टिँदा दुईको मृत्यु, ६ घाइते

उर्लाबारी—मोरङको राजघाट—१ स्थित खाइबा चोकमा शनिबार साँझ मालबाहक ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी—१ का २४ वर्षीय रामकृष्ण धिमाल र उर्लाबारी—१ निवासी १७ बर्षिय युवराज कटवाल...

'महिलाको मुखमा कपडा बाँधी बलात्कार'

रौतहट— रौतहटको बैरिया ५ मा एक विवाहित महिला बलात्कृत भएकी छिन्। शुक्रवार बिहान घरबाट खेतमा काम गर्न गइरहेको बेला लालबकैया नदीको बाँध छेउमा गाउँकै २७ वर्षीय शेख मोविनले लछारपछार गरी...

पाँच किलो चाँदीसहित एक पक्राउ

पाँच किलो चाँदीसहित एक पक्राउ

वीरगन्ज– नारायणी अञ्चल प्रहरी कार्यालय, वीरगन्जको टोलीले आइतबार दिउसो पाँच किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। भारततर्फ गइराखेका वीरगन्ज–१३ बस्ने २२ वर्षे बिकुकुमार सर्राफलाई प्रहरीले चाँदीसहित पर्सा सिर्सिया–५ बाट...

सार्क पास भएका सञ्चारमाध्यमलाई जोरबिजोर लागू नहुने

काठमाडौं- सार्क अवधिभर यातायात व्यवस्थापनको नयाँ नियम जोरबिजोर प्रणाली सञ्चारमाध्यमका हकमा लागू नहुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्नो वेबसाइटमा राखेको सूचनाअनुसार सरकारी, प्रेस, कुटनीतिक र अत्यावश्यक सेवाका सवारी...

महिला साथीको अश्लील भिडियो बनाएर वेबसाइटमा राख्ने पक्राउ

काठमाडौं– आफ्नै महिला साथीको अश्लील भिडियो बनाएर भिडियो र फोटो अश्लील वेबसाइटमा राखेको आरोपमा एक युवक पक्राउ परेका छन्।

त्रिविका ८ क्याम्पस गाभ्ने निर्णय

त्रिविका ८ क्याम्पस गाभ्ने निर्णय

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालय सभा (सिनेट) ले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनबाट चलेका यस क्षेत्रका आठवटा क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा गाभ्ने निर्णय गरेको छ। शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा वीरेन्द्रनगरमा सम्पन्न तेस्रो सभाले यस्तो...

सुकुम्बासी समस्या समाधान कार्यक्रम : जग्गा जुटाउनै अन्योल

नेपालगन्ज- बाँके, कोहलपुर–११ लोकनगरका प्रेमलाल विश्वकर्माले जग्गाको स्थायी लालपुर्जाका लागि तीनपटक सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए। जोतभोग गरेको जग्गाको स्वामित्व माग्दै २०६२, २०६९ र २०७१ सालमा राजनीतिक दल र...

मापदण्ड मिचेर खोला उत्खनन्

विराटनगर- सरकारी मापदण्ड लत्याउँदै क्रसर उद्योगले मोरङका खदम र चिसाङ खोला पाँच मिटरसम्म गहिर्यााएर बालुवागिट्टी उत्खनन गरेको भेटिएको छ। जिल्लास्थित प्राकृतिक स्रोतसाधन समितिले खोला बढीमा डेढ मिटरसम्म उत्खनन गर्न सकिने...