Wednesday 16 Ashad, 2072 |
Menu

समाज

ist-cc

रगत अभाव हटाउन संकल्प

(1 Vote)
रगत अभाव हटाउन संकल्प
बिराटनगर- देशैभर देखिएको रगत अभाव हटाउन विराटनगरका संस्थाहरुले संकल्प गरेका छन्। विश्व रक्तदाता दिवसको अवसरमा युथ फर ब्लडले आयोजना गरेको 'रगत अभाव कम गर्नु, हामी सबैको दायित्व' विषयक कार्यक्रममा यहाँका संस्थाले रगत अभावलाईन्यूनीकरण गर्न आफ्नो संस्थाले वार्षिक २ देखि ३ पटकसम्म रक्तदान कार्यक्रम आयोजना गर्ने र रक्तदातालाई प्रोत्साहन गर्ने भनेर तयार पारिएको संकल्प पत्रमा हस्ताक्षर गरेका छन्।


संकल्प गर्नेहरुमा युथ फर ब्लड, विराटनगरमा सबैभन्दा बढीरक्तदान गर्ने संस्था टोल नगर समन्वय समिति, रिचमण्ड फिलोसिप, कोशी हेल्थ कलेज, पब्लिक फोरम,हाम्रो अस्पताल, मेलान, गरीखान देउ अभियान, युवा अभियान, रोट्रयाक्ट क्लब अफ विराटनगरलगायतका संस्था रहेको कार्यक्रमका संयोजक सुरज सुबेदीले बताए।

सो कार्यक्रममा हाम्रो अस्पतालका कृष्ण काफ्ले, मेलानका जितेन्द्र झा, टोल नगर समन्वय समितिका केदार कार्की, गरीखान देउ अभियानका बसन्त अधिकारी , पब्लिक फोरमका उत्तम ढुङगेल लगायतले रगत अभाव हुन नदिन संकल्प गरेका थिए। संस्थाका अध्यक्ष सरोज कार्कीले सबैले सहयोग गरे रगत अभाव हटाउन आफूहरु सक्षम रहेको बताए। उनले यो सबैको साझा अभियान हुनुपर्ने बताए।

चालक परीक्षा पुनः खुला

काठमाडौँ-यातायात व्यवस्था कार्यालयले सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा (ट्रायल) आजदेखि पुनः सुरु गरेको छ।भूकम्पपछि परीक्षा स्थलमा राहत सामग्री राखिएकाले त्यहाँ हुने चार पाङ्ग्रेलगायत सवारी साधनको चालक परीक्षा...

बलात्कारीलाई १० वर्ष कैद र हत्यारालाई सर्वस्वसहित जन्मकैद

इलाम-जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई आज १० वर्ष लामो कारावास सजाय सुनाएको छ।

भिरबाट लडेर दुई जनाको ज्यान गयो

कालिकाेट-कर्णाली करिडोर अन्तर्गत लालुलैफु सडक खण्डको लालिघाट गेाजाभिरबाट बुधबार लडेर दुईजना कामदारको ज्यान गएको छ।

खोंचबाट खोलामा खसेर बालक बेपत्ता

दार्चुला– अपी नगरपालिका वडा नं ४ छापरीकोटको घट्टेखोलामा खोचबाट खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ठाँउ घर भएका १२ वर्षीय अकबर सिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय...

अमेरिका पठाउने नाममा ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– अमेरिकाको सेन्ट लुसियाको लेम्बर्ड एकेडेमीमा अध्ययनका लागि पठाइदिने भन्दै प्रतिविद्यार्थी १२ लाख रुपैयाँका दरले १५ जनालाई ठगी गर्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

गाउँमा पहिरो खस्दा ३० परिवार विस्थापित

इलाम–अविरल वर्षास"गै मंगलबार राति गाउ"भरी पहिरो खस्दा दक्षिणी इलामको शान्तिपुरका ३० परिवार घरबाट विस्थापित भएका छन्। पहिरोले बस्नै नहुनेगरी घर क्षतिग्रस्त हु"दा उनीहरु विस्थापित भएका हुन्। झण्डै ६ घण्टासम्म एकैनासको...

ज्यानमार्ने उद्योग गरी फरार अभियुक्त रिमबहादुर पक्राउ

कठमाडौं– धारिलो हतियार प्रयोग गरी २ जनालाई गम्भीर घाइते बनाएर फरार रहेका अभियुक्त बाग्लुङ तिताङ–७ का ४७ वर्षका रिमबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

रोपाइँ आयोजक महिलाले कृषिमन्त्रीको बचाउ गरे

काठमाडौं— कृषिमन्त्री हरि पराजुलीलाई असार १५ मा धान रोपाइँमा बोलाउने कृषि समूहरुले उनका गतिविधिको बचाउ गरेका छन्। मनोहरा मिश्रित कृषक समूह अध्यक्ष नर्मदा फुयाल तथा महांकाल सफल कृषक समूह अध्यक्ष...