Friday 13 Bhadra, 2071 |
Menu

समाज

हात्ती पीडित बाहुनडाँगीका बासिन्दाको रातभर प्रहरीसँग भिडन्त

  • १ असार, २०७०
  • राजु अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
झापा - हात्ती आत‌ंकबाट पीडित रहँदै आएका झापा बाहुनडाँगीका बासिन्दा शुक्रबार रातभर प्रहरीसँगको भिडन्तमा परे। जंगली हात्तीको वितन्डाबारे बुझ्‍न जिल्ला बन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारी, विश्‍व बैंकका एक प्रतिनिधिसहितको टोली बाहुनडाँगी पुगेको थियो।
उनीहरु पुगेका के थिए जंगली हात्ती गाउँतिरै लम्कियो। हात्ती देखेपछि हतपत भण्डारीको टोली फर्किने तयारीमा जुट्यो। हात्तीको आतंक सहँदै आएका गाउँलेहरुले उनीहरुलाई रोके। 'हाम्रो पीडा भोगेरमात्र जानुस्' भन्दै गाउँलेले रोकेपछि डिएफओ भण्डारीले प्रहरी बोलाए। हात्तीको निहूँमा स्थानीय र प्रहरी रातभर भिडे। प्रहरीले लाठी चार्ज र अश्रु ग्याससमेत प्रहार गर्‍यो। प्रहरीको आक्रमणपछि प्रतिकारमा उत्रिएका गाउँलेले ढुंगा प्रहार गरिरहे।
घटनामा १९ गाउँले र केही प्रहरी पनि घाइते भए।
प्रशासनको बल प्रयोगको विरोधमा अहिले गाउँलेहरु आलडाँगीमा भेला भएर विरोध गरिरहेका छन्।

तीन महिनादेखी हराईरहेका धामीको अस्थिपञ्जर भेटियो

महेन्द्रनगर- तीन महिनादेखि हराइरहेका नरसिंह धामीको अस्थिपञ्जर फेला परेको छ। गत जेठदेखि हराइरहेका दार्चुलाको दत्तु–५ थाप्लाका ५२ वर्षीय धामीको अस्थिपञ्जर भगवतीको बलशिखरनजिकैको जंगलमा फेला परेको प्रहरी निरीक्षक मंगलबहादुर चन्दले बताए।

कक्षा १२ को परिक्षाफल प्रकाशित हुँदै

काठमाडौं- उच्च माध्यमिक शिक्षा परिषदले विज्ञान विषय तर्फको कक्षा १२ को परिक्षाफल आज प्रकाशित गर्दै छ। उच्चमावि स्रोतका अनुसार परिक्षाफल  २ बजे प्रकाशित हुने छ। गत वैशाखमा कक्षा १२ को...

बागलुङमा एक महिलाको हत्या

बागलुङ- जिल्लाको बागलुङ-बिहुँ सडकखण्डअन्तर्गत बोक्से भन्ने स्थानमा एक महिलाको हत्या भएको छ। जिल्लाको सिगाना-७ घर भई बिहुँ-१ दोविल्लामा बस्दै आएकी ३६ वर्षीय रुपा गौतमको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या...

आर्थिक हिनामिना गर्ने प्रधानाध्यापकलाई पदबाट हटाइयो

खोटाङ- खोटाङमा आर्थिक हिनामिना गर्ने प्रधानाध्यपक पदबाट हटाइएको छ। विद्यालयको भौतिक एवं शैक्षिक सामग्रीलगायतका शीर्षकको रकम हिनामिना गरेको खुलासा भएपछि इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरी माविका प्रधानाध्यापक पुण्यप्रसाद भट्टराईलाई पदबाट हटाइएको हो।

भग्नावशेष सम्याउँदै विस्थापित

भग्नावशेष सम्याउँदै विस्थापित

दाङ- आकाशमा बादल मडारिनै हुन्न, उरहरी मोतीपुरका खुइता चौधरीको मुहार अँध्यारिन थालिहाल्छ। छेउको बबई सुसाउँदै झन् नजिक आएझैं लाग्छ। रातभरि जागै बस्छन्। सिमसिमे पानी परे मात्रै पनि तीन जनाको परिवार...

पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

नुवाकोट- बेलकोट-१ विर्तामोण चौरमा पहिरोले घर परिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। आज बिहान गएको पहिरोमा पुरिएर २७ वर्षीया गंगा ढकाल, उनका ५ वर्षका छोरा नविन ढकाल र...

किसान रिले अनशनमा

रौतहट- उद्योगको रसायन खोलामा मिसाएर आफ्नो धानबाली नष्ट पारिदिएको बताउँदै आएका किसानले बिहीबार जिल्ला प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन थालेका छन्। किसानका अनुसार बाढीको मौका छोपी जिल्लाका तीनवटा मदिरा उद्योगले...

बाढीपीडितलाई चार करोड

काठमाडौं– अमेरिकाले नेपालका बाढीपहिरो पीडितलाई खाद्य सहायताका लागि ४ लाख ५० हजार अमेरिकी डलर (करिब ४ करोड ३६ लाख रुपैयाँ) प्रदान गर्ने भएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत...