9 Jestha, 2072 |
Menu

समाज

तालिबानी आक्रमणमा चार नेपाली घाइते, 'कसैको मृत्यु भएको छैन'

(1 Vote)

काबुल- अफगानिस्तानको काबुलस्थित युएन कार्यालय अगाडि भएको तालिबानी आक्रमणमा चार नेपाली घाइते भएकाछन्। आत्‍मघाति कार आक्रमणमा परी ती नेपाली घाइते भएका हुन्। उनीहरु सुरक्षा गार्ड रहेको बताइएको छ। उनीहरु कसैको नाम खुलाइएको छैन। बीबीसीले यसअघि एक नेपालीको मृत्यु भएको भने पनि अफगानिस्तानस्थित पत्रकार सुवेल भण्डारीले कसैको मृत्यु नभइसकेको बताएका छन्। उनले चारै जना सकुशल रहेको समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।


 

आक्रमणमा परी कम्तिमा १८ जना घाइते भएको समाचार एजेन्सी अल्जेजिराले जनाएको छ।

शुक्रबारमात्र अफगानिस्तानमा चार पटक आत्मघाति बम विष्फोट र बन्दुकधारी समूहले आक्रमण गरेका थिए। आक्रमण परी एक प्रहरी अधिकारी तथा एक जना बन्धुकधारीको मृत्यु भएको जनाइएको छ। तालिबानी समूहले पश्चिमी शासनविरुद्ध कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनीहरुले इस्लामिक शासन चलाउनुपर्ने माग राख्दै आक्रमण गरेको समाचार एजेन्सीले जनाएको छ।

छाडेन भात–भान्छाले

काठमाडाैं-मेखमाया तामाङ कोटेश्वरस्थित आर्मी पोस्टको कम्पाउन्डभित्र रहेको अस्थायी शिविरमा लुगा धुन व्यस्त छिन् । नजिकै पालभित्र भने पुरुषहरू तासको खालमा जमिरहेका छन् । लुगा धुँदाधुँदै उनले केहीपर रहेको पाइपबाट चार–पाँचपटक...

सकसमा सुत्केरी र शिशु

सकसमा सुत्केरी र शिशु

काठमाडौं– वैशाख १२ गते विनाशकारी भूकम्प जानुभन्दा ठिक एक घन्टाअघि पाटन अस्पतालको प्रसूति वार्डमा मुना तामाङले साढे तीन किलोको शिशुलाई जन्म दिइन् । रातो गुराँसझैं सुन्दर ती बालकले च्याँच्याँपछि जसै आँखा...

सहुलियतका त्रिपालमा कालोबजारी

मोरङ-विराटनगरका व्यापारीले भन्सार छुटमा ल्याइएका त्रिपालमा कालोबजारी गरेको पाइएको छ । भूकम्पपछि पीडितलाई राहत पुग्ने गरी सरकारले भन्सार छुट गरेको मौकाको फाइदा उठाउँदै लाखौं रुपैयाँका त्रिपाल भित्रायाएका व्यापारीले सर्वसाधारणसँग चर्को...

भूकम्पपछि वैदेशिक रोजगारीमा जानेको संख्या कम

काठमाडौँ-गत वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ ।  गत चैतमा ५२ हजार २१० जना वैदेशिक रोजगारीमा गएकामा वैशाखमा...

भूकम्पपीडितलाई नयाँ घरको आशा

भूकम्पपीडितलाई नयाँ घरको आशा

इलाम/पाँचथर/ताप्लेजुङ- स्थानीय प्रशासनले 'हचुवाका भरमा राहत नदिने' बताइरहे पनि मेची पहाडका सयौं भूकम्पपीडितले नयाँ घरको आश गरेका छन्। दुई शक्तिशाली भूकम्पले पूर्णरुपमा घर क्षति भएका पीडितले सरकारबाट सहुलियतमा ऋण पाउने...

'भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन'

गोरखाबजार- वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शव अझै निकाल्न सकिएको छैन।

कक्षा ११ र १२ को परीक्षा विद्यार्थीमैत्री, ‘समस्या भए कलेजलाई खबर गर्नू’

कक्षा ११ र १२ को परीक्षा विद्यार्थीमैत्री, ‘समस्या भए कलेजलाई खबर गर्नू’

काठमाडौं-सिन्धुपाल्चोक सिम्पालकाभ्रेका राजन खत्री व्यवस्थापन विषय पढेर कुशल व्यवस्थापक बन्ने सपनासहित काठमाडौं आए। सिनामंगलस्थित बुद्धेश्वरी उच्च माविमा भर्ना भए । कक्षा ११ राम्रैसँग पास गरे । अनि वैशाख २० गतेदेखि...

भूकम्प त्रास फैलाउनेहरू प्रहरी निगरानीमा

भूकम्प त्रास फैलाउनेहरू प्रहरी निगरानीमा

काठमाडौं- ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे । भूगर्भविदहरूले नै भूकम्प आउने-नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ता क्रममा ठूलो भूकम्प...