8 Kartik, 2071 |
Menu

समाज

इलामका सबै स्थानीय निकाय ठप्प

(0 votes)
इलाम -  सोधपुछका बहानामा प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको आरोप लगाउँदै गाविस सचिवहरुले जिल्लाका सवै ४८ गाविसको काम ठप्प बनाएपछि आन्दोलनलाई समर्थन गर्दै जिल्ला विकास समिति र इलाम नगरपालिका कार्यालयका कर्मचारी पनि सोमवार खाली हात बसेका छन्।
स्थानीय निकायका सवै कार्यालयमा काम ठप्प भएपछि सेवाग्राही मारमा छन्।
तीन दिनअघि गाविस सचिव हकहित संरक्षण केन्द्रले माग पुरा नभएसम्म सवै कामकाज बन्द गर्ने चेतावनी दिएलगत्तै जिविस र नगरपालिकाले आन्दोलनमा साथ दिएका हुन्। विभिन्न अप्ठ्यारासँग जुधेर काम गरिरहेका गाविस सचिवको मनोबल गिराउन प्रहरी प्रशासनले आफूहरुमाथि अन्यायपूर्वक धरपक्कड गरेको सचिवहरुको गुनासो छ।
ऐन कानुन र निर्देशिका विपरित फौजदारी शैलीमा बाँझो गाविसका सचिव यज्ञनिधि पौडेललाई नियन्त्रणमा लिइ हिरासतमा राखेको र अन्य केही सचिवलाई पनि त्यही शैलीमा पक्राउ गरिएको भन्दै केन्द्रले तारेखमा राखिएका सवै सचिवहरुलाई बिना सर्त तारेखवाट हटाउनु पर्ने माग गरेको छ।
जिल्ला प्रहरी कार्यालयले भने गलत रुपमा नागरिकता सिफारिश गरेका कारण वाँझो गाविसका सचिवलाई सोधपुछ मात्र गरेको जनाएको छ। केन्द्रले अर्को विज्ञप्ति जारी गर्दै …गाविस सचिवले नागरिकता सिफारिश गर्दिन भनि आत्मसर्मपण गरेमा हामी सिफारिश गर्छौ' भनि जिम्मेवार प्रहरी अधिकारीवाट भनिएको शब्दबाट निजामति कर्मचारीको मनोवलमा आँच आउने व्यवहार भएको उल्लेख गरेको छ।

युवा जोडीद्वारा एउटै डोरीमा झुन्डिएर 'आत्महत्या'

सोलुखुम्बु– वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।

डाँकाले हानेको गोली खुट्टामा लाग्यो, दुई पक्राउ

धनुषा—लवटोली–९ बस्ने बद्री अधिकारी र हेम कुँवरको घरमा डकैत गर्न आज शुक्रबार आएका डाँकाहरुले घर भित्र प्रबेश गरी डकैत गर्न खोज्दा स्थानीय बासिन्दाले प्रतिकार गरेपछि झडप भएको छ। झडपका क्रममा...

जुवा खालमा पेस्तोल राख्ने सहित १६ जना पक्राउ

स्याङजा—अवैध जुवातास खेलिरहेको स्थानबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोमा लाग्ने टोटा १ थान सहित १ जनालाई पक्राउ गरेको छ। साथै जुवा खेलिरहेका अन्य १५ जना पनि पक्राउ परेका छन्।...

तास खेल्नेहरु दुई सय रुपैयाँ जरिवाना तिरेर छुटे

उदयपुर— चारदिनअघि ताल र नगदसहित पक्राउ परेका यहाँका आधादर्जन स्थानीयलाई जरिवाना तिराएर प्रहरीले छाडेको छ। सदरमुकाम गाईघाटकै एक घरमा तास खेल्दै गरेका त्रियुगा नगरपालिका जिल्लाको दक्षिणभेगको गाविस सुन्दरपुर ५ का...

दिपावली गर्ने क्रममा आगलागी हुँदा घर जल्यो

उदयपुर— तिहारमा दिपावली गर्ने क्रममा आगलागी भएर यहाँको एक घर बिहीबार राति जलेर नष्ट भएको छ। जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला ८ स्थित धोदन सदाको घर जलेर नष्ट भएको प्रहरीले...

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

काठमाडौँ-नेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

चारदिन देखि हराएका बालकको शव फेला

कार्तिक- चारदिन देखि हराइरहेका एक बालकको गएराति नालीमा डुवेको अबस्थामा शव भेटिएको छ। रौतहटको नरकटिया गाविसका राम एकवाल महतोको ४ बर्षीय छोरा रवि महतोको बसन्तपटि गाविस स्थीत नालामा डुवेर मरेको...