Wednesday 8 Ashwin, 2071 |
Menu

समाज

softworica

अवैध औषधि पसल बन्द

(0 votes)
इलाम– पश्चिमी मंगलबारे बजारमा अवैध रुपमा सञ्चालित 'कल्पना प्याथोलोजी' आइतवारदेखि बन्द गरिएको छ।
औषधि पसलमा ल्यावसमेत सञ्चालन गरिरहेका रमेश बाँस्कोटासँग आवश्यक कागजात र शैक्षिक योग्यतासमेत नभएको भन्दै इलाका प्रशासनमा उजुरी परेपछि पसल बन्द गरिएको हो। थुप्रै गाउँलेलाई ठगी गरिरहेको उजुरीका आधारमा पसल सञ्चालक बाँस्कोटालाई कागजात देखाउन भनिएको थियो। गैर कानुनी रुपमा पसल चलेको पाइएपछि इलाका प्रशासन कार्यालय, मेडिकल ल्यावोरेटरी एसोसिएन अफ नेपाल र प्रहरी प्रशासनका पदाधिकारीले अनुगमन गरेका थिए।

तराईका ३ सय ५ झोले विद्यालय खारेज

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत ९ महिनामा गरेको अनुसन्धान पछि तराईमा ३ सय ५ झोले विद्यालय खारेज भएका छन्।

'राष्ट्रपति ज्यू! दसैँमा बाढी पीडितको मुख पनि मिठो बनोस्'

'राष्ट्रपति ज्यू! दसैँमा बाढी पीडितको मुख पनि मिठो बनोस्'

दाङ- हलभरी खचाखच भिड। सरकारी कार्यालयका प्रमुख,राजनीतिक पार्टीका प्रतिनीधि तथा केही पत्रकारहरु मात्रै। बाढी पीडितहरुको अवस्था बुझ्न यहाँ आएका राष्ट्रपति रामबरण यादवले जिल्ला सदरमुकाम घोराहीको एउटा हलमा जम्मा भएको भिड...

सिसिटिभी मनिटर सहित चेल्सी स्कूलबाट एक लाख बढीको चोरी

काठमाडौं— बानेश्वर स्थित राजेश अधिकारीले सञ्चालक रहेको चेल्सी इन्टरनेशनल एकेडेमीबाट अन्दाजी १ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

चक्कु हानेर आत्महत्या प्रयास गर्ने नेपाली मलेसियाबाट फिर्ता

खोटाङ– छातीमा चक्कु हानेर आत्महत्याको प्रयास गरेका एक नेपालीलाई मलेसियाबाट स्वदेश फर्काइएको छ। आफ्नै बायाँ कोखामा तरकारी काट्ने चक्कु प्रहार गरेर आत्महत्याको प्रयास गरेका मोरङ बबियाबिर्ता–३ का खेमराज कार्कीलाई मलेसियामा...

५ सय प्याकेट खोर्सानी पटका बरामद

विराटनग–भारतको जोगवनीवाट ठुलो परिमाणको पट्का ल्याउने दुई कारोवारीलाई मोरङ प्रहरीले मंगलवार पक्राउ गरेको छ।

पहिरोले चेपेनदी थुनियो, स्थानीय त्रसित

लमजुङ— पूर्वीभेगको ईलमपोखरी गाविसमा पहिरो गएपछि लमजुङ र गोरखाको सिमानामा रहेको चेपेनदीको बहाव आंशिकरुपमा थुनिएको छ।

म्याग्दीमा जीप दुर्घटना हुँदा ११ को मृत्यु

म्याग्दी— जीप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। राम्चेबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप हिस्तान–७ मा २ सय मिटर तल खस्दा ११ जनाको मृत्यु भएको...

शौचालय निर्माणमा घुस खाने सब इन्जिनियर सार्वजनिक

भोजपुर— विद्यालयको चर्पी निर्माणमा घुस लिने जिल्ला शिक्षा कार्यालय भोजपुरको प्राविधिकलाई मंगलबार विहान सार्वजनिक गरिएको छ। अरुणगंगा प्राविको चर्पी निर्माणमा १० प्रतिशत रकम माग गर्ने सब इन्जिनियर जयप्रसाद यादवलाई सार्वजनिक...