Wednesday 5 Kartik, 2071 |
Menu

समाज

बाह्र नाउर छ झारलको सिकार अनुमति

  • सोमबार १० भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
बागलुङ - ढोरपाटन सिकार आरक्षमा चालु वर्षको पहिलो याम (मौसम)मा सिकारको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कोटा निर्धारण गरेको छ। आर्थिक वर्ष २०७०/७१ को असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो याममा १२ नाउर र ६ झारलको सिकारका लागि अनुमति प्रदान गरिएको आरक्ष कार्यालयले जनाएको छ।
कोटा निर्धारणपछि विभागले टेन्डर प्रक्रियाका लागि गत साउन महिनाको २१ देखि १५ दिनभित्रमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रको आधारमा पहिलो याममा ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड लाइफ एडभेन्चर प्रालि र हिमालयन सफारी प्रालिले सिकारका लागि सिकारी पठाउने आरक्षका प्रमुख विश्वबाबु श्रेष्ठले बताए।

यस सिकार आरक्षमा मौसमअनुसार हरेक वर्ष दुई याममा नाउर र झारलको सिकार गर्ने गरिन्छ। पहिलो याम असोज पहिलो हप्तादेखि सुरु भई मङ्सिर अन्तिमसम्म चल्ने गर्छ भने दोस्रो फागुनदेखि सुरु भई वैशाखसम्म चल्ने गर्दछ। दुवै याममा सिकारका लागि वन्य विभागले बोलपत्र आह्वानमार्फत सिकारी छनोट गर्ने गरेको छ।

असोज पहिलो साताभित्रै ढोरपाटन क्षेत्रमा आइपुग्ने सिकारीले आरक्षका सुनदह, सेङ, गुस्तुङ, फागुने र बार्से ब्लकमा सिकार खेल्ने आरक्ष प्रमुख श्रेष्ठले बताए। सुर्तीबाङ ब्लकमा भने नाउर नपाइने र झारलको सङ्ख्या अत्यन्त न्यून रहेकाले विगत तीन वर्षदेखि सिकार गर्न रोक लगाइएको श्रेष्ठले जानकारी दिए। २१ दिनसम्म आरक्ष क्षेत्रमा बसेर तालिम प्राप्त सिकारीले नाउर र झारलको सिकार गर्नेछन्। 

एक झारल वा नाउरको सिकार गरेमा प्रत्येक सिकारीबाट अधिकतम रु एक लाख ८७ हजारदेखि न्युनतम रु एक लाख ६० हजारसम्म लिने प्रावधान रहेको सिकार आरक्षले बताएको छ। 

बागलुङ, म्याग्दी र रुकुम जिल्लामा फैलिएको यस सिकार आरक्षमा सिकारीले रुकुमतर्फको बल्कमा एक नाउरको सिकार गरेमा रु एक लाख ५० हजार, झारलको सिकार गरेमा रु एक लाख, बागलुङ र म्याग्दीतर्फको बल्कमा सिकार गरेमा नाउरको रु एक लाख र झारलको रु ५० हजार स्थानीयस्तरमै तिर्ने गरेका छन्। 

गत आर्थिक वर्ष २०६९/७० मा दुवै याममा गरी १६ नाउर र सात झारलको सिकार गरिएबापत सिकार आरक्षले रु ७३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको प्रमुख श्रेष्ठले बताए। 

विभिन्न प्रजातिका चराको पनि सिकारका लागि अनुमति दिइने गरिए पनि त्यहाँ पुग्ने सिकारीले हालसम्म पनि चराको सिकार नगरेको पाइएको आरक्षले जनाएको छ। ढोरपाटन सिकार आरक्षबाट सङ्कलन हुने राजस्व जिल्लाले नै बहन गर्न पाउनुपर्ने माग स्थानीयवासीबाट पटकपटक उठ्ने गरेको छ।

अबैध सुनचाँदीसहित चालक पक्राउ

लहान-पूर्व–पश्चिम राजमार्गको भारदह–१(सप्तरी) बाट म-मंगलबार राती प्रहरीले अबैध सुनचाँदीसहित एक चालकलाई पक्राउ गरेको छ।

प्रणवलाई सधैं कुकुर तिहार

प्रणवलाई सधैं कुकुर तिहार

भक्तपुर-भुस्याहा कुकुर, त्यसमा पनि बिरामी, कतिका लागि छिःछि र दुरःदुर हुन्छन्। भक्तपुर–१२ गपलीका प्रणव जोशी भने तिनलाई अँगाल्छन् र उपचारमा जुट्छन्।

पतिद्वारा जलाइएकी हेमाको मृत्यु

काठमाडौं-पतिद्वारा आगो लगाएर जलाइएकी नेपालगन्ज भुजिपीकी २५ वर्षीया हेमा धोवीको मंगलबार मृत्यु भएको छ। उपचारका लागि वीर अस्पताल ल्याइएकी हेमाको उपचारक्रममा मृत्यु भएको हो। उनलाई एक साताअघि नेपालगन्जबाट वीर अस्तपाल...

तीनकुने–गौशाला सडक थप फराक

काठमाडौं-दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले तीनकुने–एयरपोर्ट–गौशाला सडक खण्डको दुवैतर्फ दुईदुई मिटर सडक फराकिलो पारेको छ।

तिहार सुरक्षा, सडक दुर्घटना रोक्न जोड

काठमाडौं-दसैंमा भएका ठूला सवारी दुर्घटनाको संख्यालाई हेरेर प्रहरीले तिहारको सुरक्षा रणनीतिलाई सवारी दुर्घटना नियन्त्रण केन्द्रित बनाएको छ। बढी यात्रु राखेर जोखिमपूर्ण सवारीमार्गमा यात्रा गराउँदा डोटी लगायत स्थानमा दुर्घटनामा ठूलो मानवीय...

४ किलो सुन सहित एक पक्राउ

तातोपानी-तातोपानीमा दिनहुँजसो सुन बरामद हुन थालेको छ। मंगलबार चार किलो सुनसहित एक पक्राउ परेका छन्। सोमबार मात्र १३ किलो सुन बरामद भएको थियो।

४० हजार यूरो र २० लाख जापानी यानसहित एक पक्राउ

तातोपानी-तातोपानी नाका हुँदै अवैध रुपमा खासा लगिंदै गरिएको यूरो र जापानी यानसहित मंगलबार एकजना पक्राउ परेका छन्। ४० हजार ६ सय यूरो र २० लाख जापानी यानसहित बाह्रविसे–१ का ४२...

आमादब्लम हिमालमा एक रसियन आरोहीको निधन

सोलुखुम्बु-आमादब्लम हिमाल चढेर फर्कँदै गरेका एक रसियन आरोहीको दुर्घटनामा निधन भएको छ। क्याम्प २ बाट क्याम्प १ तर्फ झर्ने क्रममा डोरी चुँडिएपछि ४२ बर्षीया आरोही मुप्याड असुरल्लीको निधन भएको डिएसपी...