Thursday 13 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सिरहामा डकैत गर्ने सुन्धराबाट पक्राउ

  • सोमबार १० भाद्र, २०७०
  • मिथिलेश यादव
  • Be the first to comment!
(0 votes)
लहान — सिरहाको सिसवनीमा भएको डकैती घटनाका अभियुक्त काठमाडौंको सुन्धाराबाट पक्राउ परेका छन्। कुसहा लक्ष्मीनिया–४ का ३५ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरी आज लहानमा सार्वजनिक गरेको हो।

nepali-patro-may

प्रहरीले खोजी सूचिमा राखेको एक महिनापछि पक्राउ परेका हुन्।

अभियुक्तबाट बरामद २१ हजार नगद, ३ थान नोकिया मोवाइल सेट र एक थान सानो पकेट डायरी सहित साहलाई पक्राउ गरिएको डिएसप कृष्णजी अधिकारीले बताए। साहलाई शनिवार जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वयमा काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको डिएसपि अधिकारीले बताए। डकैतीमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान भइसकेको र खोजी भैरहेको उनले बताए।

गत साउन २० गते विहान ३ बजे सिसवनी –२ का रामचन्द्र यादब, सोही ठाउँका रामदेव यादब र जुगेश्वर यादबको घरबाट डाका समूहले. ४ लाख ५२ हजार ८ सय मुल्य बराबरको सुनचाँदीका गरगहना, नगद, मोबइल, टेलिभिजन र अन्य जिन्सी समान डकैती गरेको थियो ।

डाँकाको प्रतिकार गर्दा स्थानीय रामनन्द यादबको छोरी ज्वाई मनिस यादब गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया

नेपाल प्रहरीद्वारा सर्वसाधारणका लागि बस संचालन

काठमाडौं-विभिन्न यातायात मजदुर संघ,संगठन तथा व्यवसायीले गरेको चक्काजामलाई मध्य नजर गर्दै नेपाल प्रहरीले बिहीबार सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा दुई वटा बस संचालन गरेको छ।

कतै छुटे, कतै थपिए

गोरखा- लाभग्राही सूचीमा नाम छुटेपछि भूकम्पपीडितले धमाधम उजुरी गर्न थालेका छन्। यो सूचीमा नपरेससम्म सरकारले घर बनाउन अनुदान दिने दुई लाख रुपैयाँ पाउन सकिँदैन। सरकारले विद्युतीय माध्यमबाट पीडितको लगत संकलन...

कतै छुटे, कतै थपिए

गोरखा- लाभग्राही सूचीमा नाम छुटेपछि भूकम्पपीडितले धमाधम उजुरी गर्न थालेका छन्। यो सूचीमा नपरेससम्म सरकारले घर बनाउन अनुदान दिने दुई लाख रुपैयाँ पाउन सकिँदैन। सरकारले विद्युतीय माध्यमबाट पीडितको लगत संकलन...

घर भत्कँदा एक जनाको मृत्यु

बैतडी–बर्षापछि खहरे खोलामा आएको बाढीले घर भत्कँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। कुलाँउ–४ डुङ्रीका करनसिंह साउदकी ३५ वर्षीया श्रीमती कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

कक्षा ११ र १२ को परीक्षा सकियाे

भक्तपुर-गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ। उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ...

दमनविरुद्ध हिरासतमा भोक हडताल

काठमाडौं- देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारबाटै जनतामाथि दमन र अत्याचार भएको भन्दै काठमाडौं बबरमहलका २१ वर्षीय ईशान अधिकारीले प्रहरी हिरासतभित्रै भोक हडताल सुरु गरेका छन्।

खोला थुनिएपछि स्थानीय समस्यामा

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं ३२ घट्टेकुलो धोबीखोलाकी मनिका भण्डारी सुरु हुन लागेको बर्खाबाट निकै चिन्तित भएकी छन्। बर्खामा परेको पानी थुनिएको धोबीखोलाबाट घरमा पस्ने भएपछि भण्डारी चिन्तित भएकी हुन्। 'केही...

यातायात व्यवसायीद्वारा चक्काजाम, भाडाका सवारीसधान चलेका छैनन्

यातायात व्यवसायीद्वारा चक्काजाम, भाडाका सवारीसधान चलेका छैनन्

काठमाडौं- ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेका छन्।