Wednesday 12 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

राजस्व छल्न नक्कली स्टिकर प्रयोग

  • सोमबार १० भाद्र, २०७०
  • उपेन्द्र यादव
  • Be the first to comment!
(0 votes)
बारा - बाराको प्रसौनीमा रहेको भवानी डिस्टीलरीले राजस्व छल्न नक्कली स्टिकर प्रयोग गरेको खुलेपछि आन्तरिक राजस्व कार्यालय सिमराले अनुसन्धान सुरु गरेको छ।
नक्कली स्टिकर प्रयोग गरी राजस्व छली गरेको आरोपमा आन्तरिक राजस्व विभागको आदेशपछि आन्तरिक राजस्व विभाग सिमराले डिस्टीलरी माथि अनुसन्धान सुरु गरेको हो। आन्तरिक राजस्व विभागले भवानी डिस्टिलरी माथि छानविन गर्न साउनमा आन्तरिक राजस्व कार्यालय सिमरालाई पत्राचार गरेको थियो।
nepali-patro-may
आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कृष्णप्रसाद पराजुलीले भवानी डिस्टिलरीले उत्पादन गरेको मदिराको बोतलमा १५ लाख बराबरको मदिरामा अन्तशुल्कको नक्कली स्टिकर र ३० लाखको मदिरामा प्रयोग गरिने कच्चा पदार्थ स्प्रिटको हिसाब नदेखाएको आरोपमा छानविन सुरु गरिएको बताए। 
उद्योगले उत्पादन गरेको 'एक्स्ट्रा ड्राइजिन' ब्रान्डको मदिरामा अन्तशुल्कको नक्कली स्टिकरको प्रयोग गरेको पाइएकोले प्रयोगशालाको जाँचपछि हिसाब नदेखाएको रु. ३० लाखको सम्पति महालेखाले बेरुजु ठहर गर्दा छानविनको लागि दुबै मुद्दामा रु.१५ लाखको धरौटी राख्न लगाएको कुरा प्रमुख पराजुलीले बताए। 
ती उद्योगले उत्पादन गरेको लगभग ७० कार्टुन एक्स्ट्रा ड्राइजिन ब्रान्डको मदिरा बोतलमा नक्कली स्टिकर जनकपुरको विक्रेता शान्ति ट्रेडर्सबाट फेला परेको थियो। १७ हजार करदाता मध्ये यो उद्योगले पनि वार्षिक करोडौ रुपैयाँ राजस्व तिर्दै आएको छ। 
उद्योगले मदिरा उत्पादन गरे वापत आर्थिक वर्ष २०६९/०७० मा भ्याट, आयकर र अन्तशुल्क गरी झण्डै छ करोड राजस्व आन्तरिक राजस्व कार्यालय सिमरालाई बुझाएको आन्तरिक राजस्व कार्यालय सिमराले जनाएको छ। 
भवानी डिस्टीलरीका बजार व्यवस्थापन प्रमुख गणेश भट्टले आन्तरिक राजस्व कार्यालयले गरेको अनुसन्धान बारे आफूलाई थाहा नभएको कुरा बताए। उनले कारखानाले उत्पादन गरेको मदिराका बोतलहरुमा आन्तरिक राजस्व कार्यालय सिमराका प्रतिनिधिहरुको रोहबरमा नै स्टिकर टाँस्ने गरेकोले नक्कली स्टिकर टाँसेको भन्ने कुरा झूठो भएको बताए।

प्रतिक्रिया

जहाँसुकै यात्रु चढाउने, ओर्लन टाढा पुर्‍याउने

जहाँसुकै यात्रु चढाउने, ओर्लन टाढा पुर्‍याउने

काठमाडौं-'भाइ यता ओर्लने छ है !' 'अलि अगाडि रोक्छ,' माइक्रोबसको झ्यालबाट टाउको बाहिर निकालेर सहचालकले सडकमा उभिएकासँग सोध्यो, 'जाने हो ?'

एसएलसी नतिजा असार तेस्रो साता

काठमाडौं-एसएलसी परीक्षाको नतिजा यस वर्ष विगतभन्दा केही ढिलो आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले नतिजा आगामी असार तेस्रो साता मात्र सार्वजनिक गर्ने भएको हो।

जाली नोट बिरुद्ध प्रहरी अप्रेसन 'साईलेन्ट'

काठमाडौं-प्रहरीले पाकिस्तानलाई केन्द्र बनाएर हाजी र असलम सेराका नामले जाली नोट उत्पादन, बिक्री र ओसारपसारमा सक्रिय हाजी तलाद समूहका नेपालस्थित एजेन्ट र भरियालाई पक्राउ गरेको छ।

कालिकोटका बाढी पीडितलाई राहत वितरण

कालिकोटका बाढी पीडितलाई राहत वितरण

कालिकोट-जेठ ६ गते जिल्लाको लालिघाट गेजबजारमा ५ जनाको ज्यान लिन गरि आएको बाढीपहिरोबाट पीडित परिवारलाई राहत वितरण गरिएको छ। गृहमन्त्री शक्ति वहादुर वस्नेतले सोमवार राहत वितरण गरेका हुन।

यातायात कार्यालय एकान्तकुनाबाट २६ दलाल पक्राउ

काठमाडौं— प्रहरीले यातायात ब्यवस्था कार्यालय बाग्मतीको एकान्तकुनास्थित कार्यालयमा मंगलबार अपरान्ह छापामारी २६ जना दलाललाई पक्राउ गरेको छ।

चक्काजाम अाह्वानविरुद्ध गृहको कडा चेतावनी

चक्काजाम अाह्वानविरुद्ध गृहको कडा चेतावनी

काठमाडौं— ट्राफिक नियम मिचेको जरिवाना रकम बढाएको विरोधमा चक्काजाम गर्ने घोषणा गरेका यातायात व्यवसायी तथा मजदूर संगठनहरुको घोषित कार्यक्रमविरुद्ध मंगलबार गृह मन्त्रालयले कडा चेतावनी दिएको छ।

बुढीखोलामा आएको बाढीले ५ घर बगायो

बुढीखोलामा आएको बाढीले ५ घर बगायो

इटहरी– वर्षायाममा पानी पर्दा नदीहरुमा वाढी आउनु स्वाभाविक मानिन्छ । तर, सुनसरीका विभिन्न खोलमा पानीको वहाव वढनासाथ आसपासका बासीन्दालाई भने ठुलै चिन्ताले सताउने गर्छ।

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी

इलाम-विद्यालय तहका विद्यार्थीलाई कोर्समा मिल्नेगरी बाहिरी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला–जिल्लामा घुम्ती पुस्तकालय 'बुक बस' सञ्चालन भइरहेको छ। अमेरिकी दूताबासले विभिन्न विषयका पुस्तक बसमै लिएर हिँड्दै विद्यार्थीलाई पढ्ने...