Tuesday 19 Shrawn, 2072 |
Menu

समाज

ist-cc

एसएसपीको कमान्डमा निर्वाचन सेल

(0 votes)
काठमाडौं— प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाको अनुगमन र समन्वय गर्न क्षेत्रीय निर्वाचन सेल गठन गरेको छ । पाँच विकास क्षेत्र र उपत्यका हेर्नेगरी एसएसपीको कमान्डमा सेल गठन भएको हो।
प्रधान कार्यालयस्रोतका अनुसार पूर्वमा लक्ष्मण न्यौपाने, मध्यमा सुदीप आचार्य, उपत्यकामा पवनप्रसाद खरेल, पश्चिममा पुष्प रञ्जिन, मध्य ज्ञानोदराज वैद्य र सुदूरपश्चिममा सुवास चौधरीको नेतृत्वमा क्षेत्रीय सेल गठन भएको छ ।

प्रधान कार्यालयले निर्वाचन सुरक्षाको तयारी र योजनाका लागि यसअघि नै कार्य विभाग प्रमुखको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । सेलको प्रमुख एआइजी पुष्करनाथ रेग्मी छन् ।

स्रोतअनुसार गृह मन्त्रालयले बनाउने एकीकृत सुरक्षा योजनाका आधारमा क्षेत्रीय निर्वाचन सेल गठन गर्ने तयारी थियो । गृहले सुरक्षा निर्देशिका जारी गरे पनि एकीकृत सुरक्षा योजनालाई पूर्णता दिन सकेको छैन ।

गृहले योजना बनाउन ढिलाइ गरेपछि केही दिनअघि बसेको केन्द्रीय निर्वाचन सेलको बैठकले क्षेत्र, अञ्चल र जिल्लासँग समन्वय गरेर निर्वाचन सुरक्षा रणनीति कार्यान्वयन गर्ने जिम्मेवारीसहित क्षेत्रीय सेल गठन गरेको हो ।

निर्वाचन सुरक्षाबारे प्रतिवेदन गृह मन्त्रालय पुगिसकेको छ । करिब ५४ हजार प्रहरी खटाउन सकिने प्रतिवेदनमा उल्लेख छ । सेलमा एसपी, डिएसपी, प्रहरी निरीक्षकलगायत गरी आठभन्दा बढी प्रहरी कर्मचारी सहयोगी रहने छन् ।

गृहले जारी गरेको निर्देशिकामा निर्वाचन सुरक्षाको नेतृत्व प्रहरीलाई तोकिएकाले केन्द्रीय निर्वाचन सेलले सोहीअनुसार तयारी गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।

निर्वाचन अगाडि, निर्वाचनको समय र मतदानपछि गरी तीन चरणमा विभाजन गरिएको प्रस्तावित सुरक्षा योजनामा प्रहरीलाई उम्मेदवार, विशिष्ट व्यक्ति, निर्वाचन कार्यालय, प्रचारप्रसार तथा सभा–जुलुस र मतदानस्थलको सुरक्षा जिम्मा दिने उल्लेख छन् ।

मतदानका दिन प्रहरीलाई मतदान केन्द्र, मतदाता, मतपत्र र मतपेटिकाको सुरक्षाको जिम्मेवारी तोक्ने तयारी गरिएको स्रोतले बताएको छ । 'निर्वाचनपछि मतपेटिका ल्याउने, मतपेटिका संकलनस्थल तथा गणनास्थलको सुरक्षा जिम्मा जनपद प्रहरीलाई दिने कि सशस्त्रलाई भन्ने तय हुन बाँकी छ,' स्रोतले भन्यो, 'विजय जुलुस, ¥याली र उम्मेदवारको सुरक्षा तथा जुलुस व्यवस्थापनको जिम्मेवारी प्रहरीलाई नै तोकिनेछ ।'

प्रतिक्रिया

सांस्कृतिक संस्थानमा थापा

सांस्कृतिक संस्थानमा थापा

काठमाडौं- संगीतकर्मी तथा फिल्मकर्मी राजेश थापा सांस्कृतिक संस्थानको महाप्रबन्धक नियुक्त भएका छन्। मन्त्री परिषदको गत बिहीबारको निर्णयबाट नियुक्त भएका थापाले सोमबार दिउँसो संस्थानमा पुगेर पद ग्रहण गरेका हुन्।

३९ प्लसटुको सम्बन्धन खारेज

काठमाडौं- उच्चमाध्यमिक शिक्षा परिषदले देशभरका ३९ प्लसटुको सम्बन्धन खारेज गरेको छ। परिषदले आफैँ सम्बन्धन दिएका तर कक्षा ११ र १२ सञ्चालन गरी केही वर्षभित्रै बन्द भएका प्लसटुको सम्बन्धन खारेज गरेको...

प्रहरीमा पिआर प्रतिबन्ध

काठमाडौं- नेपाल प्रहरीको नीति समन्वय समितिले अन्य राष्ट्रको स्थायी बसोबासको आवासीय अनुमतिपत्र लिन प्रतिबन्ध लगाउने प्रावधानसहितको नियमावली पारित गरेको छ।

अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौ-अमेरिका जान प्रयासरतलाई नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी बनेर ठगी गरेको आरोपमा केदार खड्का पक्राउ परेका छन्। उनी काठमाडौंस्थित अमेरिकी दूतावासको कर्मचारी भएको भन्दै ४ वर्षदेखि ठगीमा सक्रिय रहेको प्रहरीको केन्द्रीय...

योगीमाथिको कुटपिटबारे महासंघ मौन, अध्यक्षको बचाउमा पत्रकारलाई धम्की

काठमाडौं–नेपाल पत्रकार महासंघले इमेज एफएममा कार्यरत पत्रकार सन्दिप योगीको विषयमा अनुगमन गरिरहेको जनाएको छ। सोमबार महासंघले विज्ञप्ती निकालेर घटनासम्बन्धी यथार्थ बुझ्न महासंघले छानबिन समिति गठन गरेको र समितिले आफ्नो काम गरिरहेको...

रेडियो, टेलिभिजन र अनलाइनलाई वर्गीकरण गर्न सुझाव

काठमाडौ‌— प्रेस चौतारी नेपालले साना लगानीका मिडियालाई जोगाउन ध्यान दिनुपर्ने, पत्रपत्रिका वर्गीकरण पारदर्शी हुनुपर्ने, पत्रकार–सम्पादक बन्न नयाँ मापदण्ड तयार गर्नुपर्ने, वर्गीकरणभित्र श्रमजीवी पत्रकारको पनि स्वामित्व ग्रहण गराइनुपर्ने सुझाव प्रेस काउन्सिल...

ग्यास सिलिन्डर पड्केर महिलाको मृत्यु

लहान–खाना पकाउने ग्यासको सिलिन्डर पड्केर सिरहा नगरपालिकामा गएराति एक महिलाको मृत्यु भएको छ।

पोखराका २४ पदाधिकारीलाइ सफाई

काठमाडौ–विशेष अदालतले पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारीसहित २४ जनालाई सफाई दिने फैसला गरेको छ ।विशेषका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यद्वय भुपेन्द्रप्रसाद राई र नरेन्द्र कुमार शिवाकोटीको इजलाशले भ्रष्टाचार गरेको...