Thursday 16 Ashwin, 2071 |
Menu

समाज

softworica

बिरामी विदा गरेर डाक्टरको राजीनामा

  • सोमबार १० भाद्र, २०७०
  • अजित तिवारी/विनोद सुवेदी
  • DISQUS_COMMENTS
(0 votes)
विराटनगर— कोखाको शल्यक्रियापछि शय्यायामा रगत चढाइरहेका अनिष गिरीलाई कोसी अञ्चल अस्पताल विराटनगरले आइतबार अचानक डिस्चार्ज गरिदियो। ह्विलचेयरमा बसाएर रगत चढाएकै अवस्थामा कुरुवाले उनलाई बाहिर निकाले। 'अर्को ठाउँ जानुस्, यहाँ उपचार गर्ने डाक्टर छैन भनेपछि हामीले बोल्ने ठाउँ नै थिएन,' गिरीले नागरिकसँग भने।


अस्पतालका ४२ चिकित्सकले आइतबार बिहान सामुहिक राजीनामा दिएपछि अनिष उपचाररत अवस्थामै बाहिरिनुपरेको हो। चार दिनअघि कोखाको शल्यक्रिया गरिएका उनले डाक्टरको रेखदेखमा कम्तीमा सात दिन बस्नुपर्ने थियो। 'अचानक डिस्चार्जको कुरा सुन्दा होसहवास उड्यो,' विराटनगर–१३ घर भएका उनले भने, 'कोखामा रगत जमेकाले शल्यक्रियापछि पनि जटिलता आउनसक्छ भनिएको थियो।'

विराटनगर–१० कै प्रेक्षा भट्टराईलाई शल्यक्रियाको टाँका नै नखोली आइतबार अस्पतालबाट निकालिएको छ। पाँच दिनअघि बच्चा जन्माउँदा उनको शल्यक्रिया भएको थियो। 'अब घरमै स्वास्थ्यकर्मीको मद्दतमा टाका खोलाउँछु,' उनले भनिन्, 'डाक्टरले हामीलाई बिजोग बनाए।'

उपचार क्रममा बिरामीको मृत्यु भएपछि यहाँका डाक्टरले 'लापरबाही'को आरोप खेप्दै आएका थिए। तोडफोड र हातपात पनि हुन थालेकाले असुरक्षित बनेको भन्दै अस्पतालका चिकित्सकले आइतबार मेडिकल सुपरिटेन्डेन्ट (मेसु) उमाकान्त झालाई सामूहिक राजीनामा बुझाएका हुन्।

अस्पतालमा चिकित्सकको ७२ दरबन्दी भए पनि सातजना बिदामा छन् भने २३ दरबन्दी खाली छ। अस्पताल विकास समिति र स्वास्थ्य मन्त्रालयअन्तर्गत नियुक्त भएका डाक्टरले राजीनामा गरेपछि आइतबार उपचार गराउन आएका बिरामी त्यसै फर्किए। मेसु झाका अनुसार अस्पतालमा दैनिक सरदर १ हजार बिरामी उपचार गराउन आउँछन्। उनका अनुसार नर्स, अहेव र कलिङ डाक्टर (बाहिरबाट बोलाइएका) को सहयोगमा अस्पतालले आकस्मिक कक्ष जेनतेन सञ्चालन गरिरहेको छ।

'अस्पतालका सबै डाक्टरले एकैपटक राजीनामा गर्नाले समस्या भएको छ,' मेसु झाले भने, 'गम्भीर खालका बिरामीलाई यहाँ राख्न मुस्किल भयो।' उनले बिरामीलाई डिस्चार्ज नदिए पनि आफैं बाहिरिएको बताए। 'डाक्टरले जे पनि हुन्छ भनेपछि गम्भीर अवस्थाका बिरामी डिस्चार्ज मागेर गएका हुन्,' उनले भने।

स्वास्थ्यजस्तो अत्यावश्यक सेवा ठप्प हुनेगरी अस्पतालका चिकित्सकले दिएको सामूहिक राजनामाप्रति उपभोक्तावादीले विरोध जनाएका छन्। 'बिरामीलाई समस्यामा पारेर डाक्टरले उम्कन मिल्दैन,' पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले भने, 'राजीनामा फिर्ता गरेर तत्काल अस्पताल सेवा सञ्चालन गर्नुपर्छ ।'

बिहीबार बेलुका अपरेसन गरिएकी सप्तरीकी काजमा प्रवीणको भोलिपल्ट बिहान मृत्यु भएको थियो । काजमालाई उपचार गर्न डाक्टर योगेन्द्र मिश्रलाई राति २ बजे बोलाए पनि नआएको आफन्तको भनाइ छ । आक्रोशित समूहले मिश्रमाथि हातपात प्रयास गरेको थियो ।

डाक्टरहरूले अस्पतालमा काम गर्ने वातावरण नभएको जनाउ"दै हातपात प्रयास भएकै दिनदेखि प्रसूति सेवा बन्द गरेका थिए । तीन दिनदेखि ठप्प गाइनो विभाग नखुल्दै आइतबार बिहानै डाक्टरले सामूहिक राजीनामा दिएपछि अस्पतालका अरू सेवा बन्द भएको मेसु झाले जानकारी दिए ।

भारतको फारबिसगन्जबाट छ दनअघि प्रसूतिका लागि कोसी अस्पताल आएकी २६ वर्षीया निर्मला पालले अस्पताल भर्नाको दोस्रो दिन अपरेसन गरी बच्चा जन्माएकी थिइन् । निर्मलाका पति मनोजका अनुसार चार दिनअघि अपरेसन गरेपछि कुनै डाक्टर हेर्न आएका छैनन् । 'रगत कम छ भन्दै नर्सहरूले अस्पतालमा बसेर थप उपचार गर्न जरुरी भएको बताएका छन्,' उनले भने, 'डाक्टरहरू भने हेर्नै आउँदैनन् ।'

राजीनामा दिएका डाक्टरहरूलाई काममा फर्काउन दिनभर वार्ता भए पनि सफल भएन । आन्दोलनरत डाक्टरसँग वार्ता गर्न पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारी धनकुटाबाट विराटनगर आएका छन् ।

'सुरक्षा दिन्छौं, काममा फर्किनुस् भन्दा पनि डाक्टरहरू टसमस भएनन्,' वार्तामा सहभागी एक सरकारी अधिकारीले भने, 'उपचारको मामिलामा संवेदनशील हुनुपर्ने डाक्टरको जिद्दी केटाकेटी जस्तो देखियो।'

अस्पतालले नाक, कान, घाँटी, प्रसूति, हाडजोर्नी तथा नसा रोग, चौबिसै घन्टा आकस्मिक सेवा, एक्सरे, छाला रोग, आ"खा, दा"तलगायत सेवा उपलब्ध गराउँछ। ३ सय ५० बेडको अस्पताल बन्द हुँदा बिरामी उपचारविहीन भएका छन्। आन्दोलनरत चिकित्सकका प्रवक्ता मुकुन्द दाहालले माग पूरा भए काममा फर्किने बताए। उपचारको क्रममा बिरामीको मृत्यु हुँदा गल्ती भए कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्ने, राहत सरकारले दिनुपर्ने, डाक्टरमाथि आक्रमण बन्द गर्नुपर्ने माग राख्दै राजीनामा गरेको उनको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले अस्पताललाई आवश्यक सुरक्षा प्रशासनले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सुत्केरीको मृत्युपछि उत्पन्न परिस्थितिबारे डाक्टरसँग छलफल हुँदा असुरक्षाबारे कुरा नउठेको बताए। प्रशासनले अस्पतालमा सुरक्षा व्यवस्था मजबुत बनाइसकेको उनले जानकारी दिए । 'प्रशासनले सुरक्षाको प्रत्याभूति गर्छ । उहा"हरूले निर्धक्क काम गरे हुन्छ,' उनले भने।

प्रजिअ कार्कीले उपचारका क्रममा बिरामीको मृत्यु भए आफन्तका नाममा हुलदंगा गर्ने र राहत माग्ने प्रवृत्ति नियन्त्रण गर्ने पनि बताए । उनले उपचार क्रममा बिरामीको मृत्यु भए अस्पतालले राहत दिनुपर्ने अवस्था अब अन्त्य गर्ने दाबी गरे। डाक्टरले एकाएक राजीनामा दिनु घुर्कीमात्रै भएको उनको भनाइ छ। उनले डाक्टर तत्काल काममा नफर्के विकल्प खोज्ने पनि बताए । 'डाक्टरहरूले प्रशासनलाई केही जानकारी नदिई सेवा बन्द गरेका छन्,' उनले भने, 'उनीहरूले काममा फर्केर कर्तव्य निर्वाह गर्नुपर्छ।'

आन्दोलनरत डाक्टरहरूले भने क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारलाई पत्र पठाएर राजीनामाबारे आइतबार बिहानै जानकारी गराएको दाबी गरेका छन् ।

नुवाकोट विजय उत्सव

त्रिशूली(नुवाकोट)- पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणको थालनी गरेको दिन विसं १८०१ असोज १५ का दिनलाई नेपाल एकीकरणको थालनी मानी आज नुवाकोट दरबार परिसरमा पहिलो पटक नुवाकोट विजय उत्सव कार्यक्रम आयोजना गरियो।

तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता निकासा

फलेवास (पर्वत)- जिल्ला विकास समिति पर्वतले रु तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ। जिविसले रु तीन करोड १८ लाख सामाजिक सुरक्षा भत्ता निकासा गरेको हो। रकम ढिलो...

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौं- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीहरुले बडादसैंका रुपमा दुर्गा भवानीको पूजा आजा गरी भब्यताका साथ मनाउँदैछन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजा...

टुँडिखेलमा फूलपाती बढाइँ (फोटो फिचर)

टुँडिखेलमा फूलपाती बढाइँ (फोटो फिचर)

काठमाडौं- राष्ट्रपति रामवरण यादव नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष फूलपाती बढाइँ समारोहमा सरिक भएका छन्। सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ गरेका थिए। छिटो लहरे...

जुम्लामा फूलपाती भित्र्याइयो (फोटो फिचर)

जुम्लामा फूलपाती भित्र्याइयो (फोटो फिचर)

जुम्ला- वडा दसैंको सातौं दिनअन्तर्गत् आज फूलपाती जुम्लामा पनि भित्र्याइएको छ। दूर्गा भवानीको प्रतिमा राखिएको दसैंघरमा फूलपातीको शुभसाइतका रुपमा उँखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल...

किरात जनबादी वर्कर्स पार्टीको नाममा चन्दा आतंक

खोटाङ- खोटाङमा किरात जनबादी वर्कर्स पार्टीको नाममा चन्दा आतंक सुरु भएको छ। किरात स्वयत्त राज्यको माग गर्दै पुर्वी पहाडी जिल्लामा भूमीगतरुपमा सशस्त्र संघर्ष गर्दै आएको किरात जनबादी वर्कर्स पार्टीको नाममा...

सर्लाहीमा बस पल्टियो, १३ जना घाइते

सर्लाही- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकमा यात्रुबाहक बस पल्टिँदा १३ जना यात्रु घाइते भएका छन्। कालिन्जोर-७ मा आज बिहान घाइते बस पल्टदाँ १३ जना यात्रु घाइते भएको हो। तीन जनाको अवस्था भने...

सरकारको आग्रहपछि सीके राउतले अनशन तोडे

काठमाडौं- तराई टुक्याउने अभिब्यक्ति दिइ प्रहरी हिरासतमा रहेका सीके राउत सरकारको आग्रहमा अनशन तोडेका छन्। ११ दिनदेखि शिक्षण अस्पतालमा अनशनरत राउतलाई सञ्चारमन्त्री मिनेन्द्र रिजाल, कृषिमन्त्री हरिप्रसाद पराजुली र कांग्रेस नेता...