Thursday 15 Shrawn, 2071 |
Menu

समाज

गुफा बस्ने पत्रकार छनौट

(0 votes)

काठमाडौं — न्यु मिडिया गुफाका लागि देशका विभिन्न क्षेत्रका संचारमाध्यममा कार्यरत ६ जना पत्रकारहरु छनौट भएका छन्। गुफाका लागि कास्कीको रेडियो सफलतामा कार्यरत दुर्गा अधिकारी, अन्नपूर्ण पोष्ट दैनिकका रविराज बराल, जागरण मिडिया सेन्टर काठमाडौँका महावीर विश्वकर्मा, उज्यालो नेर्टवर्क काठमाडौँका बोमलाल गिरी, झापाका स्वतन्त्र पत्रकार गोपाल झापाली र रेडियो परिवर्तन बाग्लुङकी कविता मगर छनौट भएका हुन्।

गुफाको यस संस्करणमा वरिष्ठ पत्रकार युवराज घिमिरे अतिथिको रुपमा रहनेछन्। उनले पनि अन्य सहभागीहरूसँगै गुप्तबासमा रहेर समाचार लेख्नेछन्। कार्यक्रम आगामी भदौ २३ देखि २६ गते (सेप्टेम्बर ८ देखि ११ तारिख) सम्म काठमाडौँको ठमेलस्थित होटल मण्डपमा हुनेछ।

देशका विभिन्न भेगमा रहेर पत्रकारीता गरिरहेका एक सय भन्दा बढी पत्रकारहरुका लागि मनोनयन सिफारिस परेकोमा अनलाइन भोटिङका माध्यमबाट प्राप्त मतका आधारमा उल्लिखित पत्रकारको छनोट गरिएको आयोजकले बताएका छन्।छानिएका पत्रकारहरुले मिडिया गुफामा ७२ घण्टा एकै स्थानमा रहेर इन्टरनेटको मात्र प्रयोग गरी समाचार लेख तयार पार्नेछन्। समाचार लेख कुनै ग्रामीण तथा दुर्गम क्षेत्रको हुनुपर्नेछ।

कार्यक्रमका निर्देशक धर्म अधिकारी र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरन्जीवी काफ्लेले गुफा बस्ने पत्रकारहरुको निगरानी राख्नेछन्।

वीर अस्पताल खुलाउन सर्वोच्चमा रिट

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा भइरहेको हड्ताल तत्काल खुलाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

युवती बलात्कारमा सैनिक जवान पक्राउ

भैरहवा– युवती बलात्कारको आरोपमा बुटवल रामनगर ब्यारेकका एक सैनिक जवान पक्राउ परेका छन्। नेपाली सेनाको भवानी बक्स गण रामनगर बुटवलमा कार्यरत कास्की हंसपुरका विश्वराज खनाललाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल संस्कृत विश्वविद्यालयमा अख्तियारको छापा

तुलसीपुर (दाङ)- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरबाट आएको टोलीले बुधबार नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा छापा मार्‍यो। 

प्रहरी कार्यालय नजिकै सकेट बम

गुल्मी - जिल्ला प्रहरी कार्यालय नजिकै कृषि विकास कार्यालयकोपछाडि ठूलो सकेट बम फेला परेको छ। रेसुंगा नगरपालिका–९ का गोकर्ण भुजेलको बारीमा बिहीबार बिहान उक्त बम फेला परेको प्रहरी नायव उपरीक्षक...

यौनधन्दा चलाएको अभियोगमा सातजना कारागार चलान

इटहरी- प्रहरीले अवैध यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरी अदालत बुझाएको इटहरी तथा यसआसपासका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

फेसबुकमा बसेको पिरतीले पुर्‍यायो हिरासत

बाबियाचौर (म्याग्दी)- सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्‍याएको छ। विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले...

एकै दिन तीन जनाको मृत्यु

धुन्चे - रसुवा जिल्लाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका एक र दुई सर्वसाधारण रहेका छन्।

बसको ठक्करबाट एकको मृत्यु

दाङ- बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७८७७ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु६प २६१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...