6 Mangshir, 2071 |
Menu

समाज

आम्दा अस्पताललाई धमाधम सहयोग

  • आइतबार ९ भाद्र, २०७०
  • राजु अधिकारी
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
झापा– बन्द हुनै लागेको अवस्थामा स्थानीयबासीले अस्पताल चलाउने जाँगर देखाएपछि झापा धुलाबारीको मेची आम्दा अस्पताललाई धमाधम सहयोग जुट्न थालेको छ। पूर्वोत्तर झापाको एक मात्र यो सामुदायिक अस्पताल आर्थिक रुपमा थला परेपछि भदौदेखि बन्द गर्ने निर्णयमा आम्दा पुगेको थियो।
तर, अस्पताल सञ्चालनमा शुरुदेखि नै आम्दासँग सहकार्य गर्दै आएका मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघले अस्पताल बन्द हुन नदिन स्थानीयलाई गुहारेका थिए। साउन अन्तिम साता भएको एउटा सर्वपक्षीय भेलामा अस्पताल बन्द नगर्ने निर्णय भएपछि अहिले धमाधम सहयोग जुट्न थालेको हो।

यसैक्रममा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले अस्पताललाई भौतिक पूर्वाधार विकासका लागि ५० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । अस्पताल परिषरमा पक्की घेराबारा गर्न तथा अन्य पूर्वाधार विकासका लागि अस्पताल सञ्चालक समितिले मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । अस्पताल सञ्चालनमा साझेदारी गर्दै आएको मेची उद्योग वाणिज्य संघका अनुसार समितिको प्रस्तावप्रति सकारात्मक बन्दै मन्त्रालयले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

त्यसैगरी आम्दा इन्टरनेशनल जापानको एउटा उच्चस्तरीय टोलीले पनि झापा आएर अस्पतालका सरोकारवालाहरुसँग छलफल गरेको छ। आम्दा इन्टरनेशनल जापानकी अन्तर्राष्ट्रिय सम्बन्ध विभागकी प्रमुख जुनुको ओगुरा नेतृत्वको टोलीले धुलाबारीमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो। जापानी टोलीलाई अस्पताल सञ्चालक समितिले उपचारमा प्रयोग हुने उपकरणहरु सहयोग गर्न आग्रह गरेको छ । अस्पताललाई आर्थिक रुपले सबल बनाउन ल्याव असिसटेण्ट कक्षा चलाइने भएको छ । यसका लागि जापानी टोलीसँग सहयोग मागिएको हो। 'यहाँका जनताले अस्पताल चलाउन गरेको पहल प्रशंसनीय पायौं', शनिबार मात्रै काठमाडौं फर्केकी टोली प्रमुख ओगुराले भनिन् 'हामी जापान पुगेपछि अस्पतालका लागि परिणाममुखी पहल गर्नेछौं ।' उनले अन्य सहयोगका लागि पनि आफुहरु तत्पर रहेको बताएकी छन्। स्थानीय दाताले दान गरेको अस्पतालको दुई विघाभन्दा बढी जमिन नगरपालिकाको नाममा नामसारी भएपछि अन्य दाताहरुले सहयोग गर्ने वातावरण बनेको अस्पताल प्रशासनको भनाई छ ।

२०६५ देखि सेवा शुरु गरेको १५ शैय्याको यो अस्पताल सञ्चालनको पाँच वर्ष पूरा नहुँदै ७९ लाखभन्दा बढी घाटामा गएको थियो। घाटा बढेकै कारण आम्दा प्रशासनले धुलाबारीमा कार्यरत १७ जना स्वास्थ्यकर्मीलाई अवकाश दिएर सेवा बन्द गर्ने संकेत दिएको थियो । नगर क्षेत्रको अस्पताल बन्द हुन नदिन चौतर्फी दबाब परेपछि नयाँ ढंगले अस्पताल जोगाउने पहल शुरु भएको हो।

अहिले अक्षय कोष खडा गर्ने अभियान पनि शुरु भइसकेको छ। अक्षयकोषका लागि मेची उद्योग वाणिज्य संघका अध्यक्ष विजय डालमिया, कल्याण खड्का लगायतका स्थानीयले १ –१ लाख रुपैयाँ दान गर्ने घोषणा गरिसकेका छन्। त्यसबाहेक उद्योग वाणिज्य संघले तत्काललाई १० लाख रुपैयाँ र नगरपालिकाले वर्सेनि ६ लाख रुपैयाँ उपलब्ध गराउने भइसकेका छन्।

तर, स्थानीयबासीले रकमले मात्रै नभई दरिलो व्यवस्थापन र स्तरीय सेवामा अस्पतालको भविष्य निर्भर हुने बताएका छन् । 'अस्पताललाई सहयोग गर्नेहरु प्रशस्तै निस्केका छन् यो खुशीको कुरा हो', स्थानीयबासी छत्रमणि खनाल भन्छन् 'तर, पैसा ओइरिएर मात्रै अस्पताल चल्दैन । विशेषज्ञ सेवा र बलियो व्यवस्थापन आवश्यक पर्छ ।' अहिले नगरपालिकाको नेतृत्वमा अस्पतालको व्यवस्थापन हुँदै आएको छ । यद्यपि स्थापनाकालदेखि नै विशेषज्ञ चिकित्सक अस्पतालमा एक जना पनि छैनन् । स्थानीयबासीले कम्तीमा तीन जनासम्म विशेषज्ञ चिकित्सक आवश्यक पर्ने भन्दै त्यसको व्यवस्था गर्न माग गर्दै आएका छन् ।

रौतहटमा बस दुर्घटना, २५ जना घाइते

रौतहट- चन्द्रपुर नजिकै बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बा२ख ६२३४ नम्बरको तुलसी ट्राभल्स बस अनियन्त्रित चन्द्रपुर-१, स्थित वन चोकको जंगल छेउँमा रुखमा ठोक्किएरको...

भेरीमा बेपत्ता यात्रु भेटिएनन्

भेरीमा बेपत्ता यात्रु भेटिएनन्

जाजरकोट- ५० भन्दा बढी यात्रु बेपत्ता हुनेगरी बिहीबार बिहान भेरी नदीमा खसेको बस निकाल्न गरिएको प्रयास शुक्रबार पनि बिफल भएको छ। दुर्घटनाको १० घन्टापछि उद्धारमा खटिएका नेपाली सेनाको डार्ट टिमका...

पुलले नजिकियो राजधानी

गोरखा- गोरखाको घ्याल्चोक र धादिङको बेनिघाट जोड्ने गरी त्रिशूली नदीमा पुल सञ्चालन भएपछि जिल्लाका दुर्गम गाउँ राजधानीसँग नजिकिएका छन्। पुल बनेसँगै काठमाडौं जान सदरमुकाम वा झोलुंगे पुल तरेर धादिङ हुँदै...

कृषि क्याम्पसका विद्यार्थी आन्दोलित

लमजुङ- आन्दोलनमा उत्रिएका लमजुङ कृषि क्याम्पसका विद्यार्थीले शुक्रबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन्। २६ बुँदे माग राखेका उनीहरूले सोमबारसम्मको अल्टिमेटम तोकी प्रशासनको मूल गेटमा ताला लगाएका हुन्।

सार्क सवारी व्यवस्थापन : कहाँ जाने? कहाँ नजाने?

काठमाडौं- सार्क सम्मेलन क्रममा काठमाडौं उपत्यकाभित्र आउजाउ गर्नुछ भने सार्वजनिक सवारीको भर नपरी अर्कै विकल्प खोजेकै बेस। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार सार्वजनिक गरेको 'सवारी व्यवस्थापन योजना' अनुसार मंसिर १०...

५२ इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचि सहित)

काठमाडौं– गृह मन्त्रालयले प्रधान कार्यालय बढुवा समितिको सिफारिशमा ५२ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको छ। मन्त्रालयको आजको सचिव स्तरीय निर्णयबाट उनीहरुको बढुवा भएको हो।

मदिरासेवन रोक्न स्कुले बालबालिकालाई प्रहरीको कक्षा

मुगु– मदिरासेवनबाट हुने झैंझगडा र उत्पन्न हुने अपराध नियन्त्रण गर्न प्रहरीले शुक्रबार जिल्लाभरिका माध्यामिक तथा उच्च माध्यामिक विद्यालयमा कक्षा सञ्चालन गरेको छ।

तीन मिटर लामो बेवारिसे पाइप बम भेटियो

मुगु– खानेपानीको लाइन मर्मत गर्ने क्रममा सदरमुकाम गमगढीमा तीन मिटर लामो पाइप बम भेटिएको छ।