Monday 11 Jestha, 2072 |
Menu

समाज

१२ वर्षपछि बज्दै नगरा

  • आइतबार ९ भाद्र, २०७०
  • ज्ञान न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - दैनिक पूजा वा विशेष अवसरमा घण्टसँगै बजाइने गरेको दुइटा नगरा बाजा आइतबारदेखि बजाइने भएको छ। बाजा बिग्रेपछि एक्लो घण्टमात्रै बजाइने गरेकामा अब बाजा पनि तयार भएका छन्।

कहिले बाजा–घर त कहिले नगरा नै बिग्रँदा १२ वर्षदेखि बजाइएको थिएन। हनुमानढोका दरबारअगाडि रहेको नगरा घरमा शनिबार क्षमापूजा गरेपछि आइतबार पुरानो दैनिकी सुरु हुँदैछ। सयौं वर्ष पुरानो बाजाले निरन्तरता पाउने खुसीमा नगर्ची परिवारले क्षमापूजा गरेका थिए।
'हामीले यत्तिका समय बजाउन पाएनौं, बाजा भगवानजस्तै हुन्। कहिलेकाहीँ कुल्चियो होला, भुइँमा फालियो होला,' ४६ वर्षे नगर्ची वासुदेव परियारले भने, 'त्यसैले आज (शनिबार) पूजा गरेर भोलि (आइतबार) देखि नियमित बजाउँछौं।'
उनले आफ्ना दाजुभाइले पालैपालो बाजा बजाउने चलन रहेको र काठमाडौं महानगरपालिकाले बजाएबापत १५ सय रुपैयाँ तलब दिने गरेको बताए। पूजापछि घण्टसँगै एक सय आठचोटि बाजा बजाउने चलन रहेको उनले जनाए।
शनिबार १ राँगा र १ बोका बलि चढाएर बजाउने तयारी गरिएको उनले बताए। दैनिक पाठपूजा र विशेष अवसरमा बजाउने गरिएका दुई ठूला नगरा (दमाहा) बाजा बजाउने चलन संकटमा परेका कारण आफू बनाउन धाएको उनले बताए।
हनुमानढोका परिसरमा रहेको दिगु तलेजु मिन्दरको नित्यपूजा सकेपछि ठूलो घण्टसँगै नगरा बाजा बजाउने चलन छ। नेपालकै ठूलो मानिएको उक्त बाजा तयार भएपछि आइतबारदेखि १२ वर्षअघिकै चलन दोहोर्‍याउने नगर्चीहरूले बताए।
०५८ सालमा पहिलोचोटि महानगरपालिकालाई बाजा र घर दुवै मर्मत गर्न निवेदन दिए पनि अहिले आएर मात्र पूरा भएको परियारले बताए।
यी नगरा आरती गर्दा बजाइने गरेको पाइए पनि कतिपय बाजा जनतालाई सुसूचित गर्न प्रयोग गर्ने गरिएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए। 'बाजा जनतालाई कुनै विपत्तिबाट सतर्क बनाउन बजाउने गरिन्थ्यो,' उनले भने, 'वसन्तपुरको भने मन्दिरको पूजाआजा पछि मात्र बजाइन्छ।'
यस्तैखाले बाजा पाटन र भक्तपुर दरबार क्षेत्रमा पनि छन्। तर छुट्टै घर व्यवस्था गरेर राखिएको छैन। काठमाडौंको चाहिँ नगरा घर निर्माण गरिएको छ। 'जिम्मेवारहरूले बाजाको राम्रो व्यवस्था नगरेका कारण लोप नै हुने हो कि भन्ने चिन्ता छ,' जोशीले भने, 'भक्तपुर र पाटनमा खासै व्यवस्थित किसिमले राखिएको पाइँदैन। नियमित बजाउने गरेको पनि पाइन्न।'
लिच्छवीकालदेखि बाजाको प्रचलन रहे पनि अहिलेसम्म यस प्रकारका बाजा नभेटिएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए। वसन्तपुर क्षेत्रमा रहेको भने शाहकालीन समयको रहेको उनले बताए। 'कतिपय अवस्थामा बाजालाई सञ्चार साधनका रूपमा पनि प्रयोग गरिन्थ्यो,' उनले भने।
यो नगरा बाजा राजा गीर्वाणयुद्ध विक्रमको राज्यकालमा विसं १८६४ मा बनाउन लगाइएको नगर्ची (बाजा बजाउँदै आएका व्यक्ति) सँग रहेको ताम्रपत्रमा उल्लेख छ। त्यस ताम्रपत्रमा चैतदसैं र बडादसैंमा नगरालाई पूजा गरी राँगो र बोका बलि दिने भन्ने इतिहासकार गौतमबज्र बज्राचार्यको २०३३ मा प्रकाशित 'हनुमानढोका राजदरबार' पुस्तकमा छ।
'०५८ सालमा भवन जीर्ण भएपछि मैले महानगरपालिका गुहारेको थिएँ, बल्लतल्ल बनाउन चासो गरे तर ढिला गरिदिए,' परियारले भने, 'भवन बनाउन ढिला गरिदिँदा एकचोटि बनाएको बाजा फेरि बनाउनुपर्‍यो।'
उनका अनुसार ०६३ सालमा एकचोटि बनाइएका नगरा बिग्रेपछि फेरि माघमा महिनादिन लगाएर तयार पारिएको थियो। पहिलोचोटि एक लाख ७५ र पछिल्लो पटक दुई लाख १५ हजार रुपैयाँ खर्च भएको थियो।
नगरामा प्रयोग गरिने तामाको तल्लो भाग कुच्चिएको र छाला बिग्रेको अवस्था थियो। अर्नाको सुकेको छाला राखेर निर्माण पूरा गरिएको उनले बताए। हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रम प्रमुख हरिकुमार श्रेष्ठका अनुसार २० लाख लागतमा नगरा घर एक वर्षअघि तयार भएको बताए।
'बनाउनेले जिम्मेवारी बोध नगरेका कारण ढिलाइ भएको हो,' श्रेष्ठले भने, 'हामीले कारबाही गर्न पनि सकेनौं।'
नगर्ची परियारका अनुसार हनुमानढोका संग्रहालयभित्रको त्रिशुलचोक (जहाँ विशेष चाडमा बाहेक सर्वसाधारणलाई जान बन्देज छ) मा बाजा बनाइएका थिए। तीन महिनाअघि क्रेन प्रयोग गरेर पर्खाल कटाउँदै नगरा घरमा दुवै बाजा पुर्‍याइएको थियो।

जलाउन ठिक पारेकाे बालिकाको शव प्रहरीले नियन्त्रणमा लियाे

वीरगन्ज–पर्साको सुर्वणपुरमा एक १२ वर्षे बालिकाको शव अभिभावकले जलाउन लागेेको बेला चिताबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ। सेढवा –६ घर भई सुर्वणपुर –७ बाघमोर्चा बस्ने शुरेश महतो कम्करकी १२ वर्षीया छोरी...

पुजारीद्वारा ६ वर्षीया बालिकाको बलात्कार

वीरगन्ज –वीरगन्ज –२८ सिर्सियास्थित रामजानकी मन्दिरका पुजारीलाई एक जना ६ वर्षे बालिकाको बलात्काको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बाराको बड्की फुलवरिया –६ घर भएका पुजारी ४५ वर्षीय मनक भगत मालीले...

अाइफोन र डेलको ल्यापटप चोर्ने पक्राउ

काठमाडाैं- प्रहरीले नयाँ बसपार्क, बालाजु क्षेत्रमा चोरी गर्ने पाँच जनालाइ पक्राउ गरेको छ। गेस्ट हाउसमा काम गर्ने उनीहरूले माैका मिलाएर जिन्सी तथा नगद सामान चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुेलेको छ।

दिउसो टेन्ट तातेर बस्न गाह्रो, राति सर्पको त्रास

दिउसो टेन्ट तातेर बस्न गाह्रो, राति सर्पको त्रास

लमजुङ- भूकम्पका कारण क्षति पुगेपछि बिरामीको उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल परिसरमा टाँगिएको टेन्टहरु प्रयोगमा आउन सकेनन्। उपचार कक्षमा क्षति पुगेपछि अस्पताल प्रशासनले आफ्नै परिसरमा ८ वटा कोरियन टेन्ट...

पत्रकार छत्याललाई पितृशोक

नेपालगन्ज–नागरिक दैनिकका धनगढी संवाददाता दिलबहादुर छत्याललाई पितृशोक परेको छ।

कुशकाे शव बनाएर दाहसंस्कार

काठमाडाैँ– “इच्छामृत्यु” भन्दै आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव साेमबार त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ। उनको शव ‘सुसाइट नोट’मा उल्लेख भएबमोजिम सो अस्पताललाई हस्तान्तरणपछि हिन्दू धार्मिक...

चार रेक्टर स्केल माथिका दुइ परकम्पन

चार रेक्टर स्केल माथिका दुइ परकम्पन

काठमाडैं- विनाशकारी महाभूकम्प गएको एक महिना पुग्न लाग्दा पनि त्यसको परकम्पन जाने क्रम रोकिएको छैन। सोमबार यो समाचार पार्दासम्म चार रेक्टर स्केलमाथिका दुइ परकम्पन गएका छन्।

कोहलपुर इलाका प्रहरी कार्यालय घेराउ

नेपालगन्ज- यातायात व्यवसायीले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन् । नमस्ते नेपाल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले सोमबार बिहानै देखि ईप्रका घेराउ गरेका हुन् । शुक्रबार बेलुका कोहलपुरमा नमस्ते...