5 Poush, 2071 |
Menu

समाज

सहमति पछि ढुवानी सुचारु

  • ८ भाद्र, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)
बारा - नेपाल ट्रक यातायात व्यावसायी महासंघले गरेको अनिश्चितकालीन ढुवानी सुचारु भएको छ। शुक्रबार ट्रक यातायात व्यावसायिक महासंघ र यातयात विभागबीच भएके सहमति पछि ढुवानी सुरु गरिएको कुरा ट्रक यातायात व्यावसायीले बताएका छन्।
ट्रक यातायात व्यावसायी महासंघले सरकारले तोकिएको देशभररका ४७ स्थानको भाडा उद्योगी तथा व्यावसायीले लागु गर्नु पर्ने माग गर्दै भादौ २ गतेदेखि अनिश्चितकालीन ढुवान सेवा बहिस्कार गरेको थियो। केन्द्रीय ढुवानी व्यवस्थापनका सह-संयोजक शंकरकुमार विष्टले सरकारले ट्रक व्यावसायीहरुले उठाएको माग पुरा गर्न प्रतिबद्धता जनाएपछि ढुवानी सुचारु गरिएको बताए। 
वीरगंज काठमाडौंको ढुवानी भाडा सरकारले रु २३ हजार तोकेपनि त्यो लागू नहुँदा उद्योगीहरुले १७ हजार मात्रै भाडा दिने गरेका थिए।
यातायात विभागका महानिर्देशक सुर्दशन ढकालले र नेपाल ट्रक यातायात व्यावसायिक महासंघका पदाधिकारीहरुबीच ढुवानी सुचारु गर्नको लागि छलफल भएको थियो। ढुवानी बहिस्कारले बाराको सिमरामा रहेको हुलास स्टिल, जगदम्बा, सूर्य नेपाल लगायतका कारखानाले उत्पादन गरेका समानहरु बजारसम्म पुग्न नसकेको हुलास स्टिलका लेखा प्रबन्धक आरपी श्रीवास्तवले बताएका थिए।
वीरगन्ज-पथलैया औद्योगिक करिडोरमा साना ठूला गरी सात सय जति कारखानाहरुले उत्पादन गरेका समानहरु बजार सम्म पुग्न नसक्दा उद्योगीहरुको आर्थिक भार समेत थपिँदै गएको थियो। 
देशभर रहेको ढुवानीको लागि प्रयोग गरिने २५ सय ढुवानीका साधनले बहिस्कार गरेका थिए।

मन्त्री खड्कासँग १८ तोला सुन

काठमडौं– सहरी विकासमन्त्री नारायण खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०७०/७१ को सम्पत्ति विवरण पेस गरेका छन्। मन्त्री खड्काको काठमाडौं खड्का भद्रकालीमा घरजग्गा र गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको...

तस्करलाई सघाएको आरोपमा दुई वन कर्मचारी निलम्बित

डडेल्धुरा– चुरे क्षेत्रमा भइरहेको वन तस्करीलाई सघाएको भन्दै जिल्ला वन कार्यालय डडेल्धुराले दुई सहायक वन अधिकृतलाई निलम्बन गरेको छ। सेक्टर वन कार्यालय जोगबुढामा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसी र...

चिट्ठा परेको भन्दै ठग्ने समूहका तीन पक्राउ

काठमाडौं– चिट्ठामा कार र नगद पुरस्कार परेको भन्दै ठगी गर्ने समूहका तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। विराटनगर १५ का पिंकु भन्ने तारिक अली, १३ का सुनील...

चिसोले कठ्यांग्रिएर ६ जनाको मृत्यु

चिसोले कठ्यांग्रिएर ६ जनाको मृत्यु

रौतहट- चिसोले कठ्यांग्रिएर रौतहट र पाल्पामा गरी ६ जनाको मृत्यु भएको छ। रौतहटमा शुक्रबार राति संग्रामपुर-९, का ४५ वर्षीय रामनाथ पासवान, वडा-७ का ५५ वर्षीय अनती भगत राउत र वडा-१...

माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं- राजधानीमा हुने माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने भएका छन्। थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले माघ १ गते टुँडिखेलमा १३औं माघी महोत्सव आयोजना गर्दैछ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा...

वाग्मती सफाइमा सत्यार्थी

वाग्मती सफाइमा सत्यार्थी

ललितपुर-नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थी आज वाग्मती सफाइ महाअभियानमा सहभागी भएका छन्। महाअभियानको ८४ शृङ्खलाअन्तर्गत टेकु पुल अगाडिदेखि सानेपा पुलसम्मको क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सहभागी सत्यार्थीले वाग्मती...

गन्तव्य नपुर्‍याई झारिन्छन् यात्रु

गन्तव्य नपुर्‍याई झारिन्छन् यात्रु

जुम्ला-बसले गन्तव्य नपुर्या्ई बीच बाटोमै छाडिदिँदा कर्णाली राजमार्गका यात्रुले सास्ती बेहोर्नुपरेको छ। सुर्खेत, नेपालगन्जबाट आएका बस खर्चै नउठ्ने भन्दै उपल्लो भेग जाने यात्रुलाई बाटोमै ओह्रालेर सिजाक्षेत्र तथा मुगुबाट झरेका यात्रु...

जाजरकोट बस दुर्घटना: राहतका लागि प्रधानमन्त्रीलाई ज्ञापन

जाजरकोट-जाजरकोट बस दुर्घटनाका पीडित परिवारले महिना दिन बितिसक्दा पनि राहत नपाएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्। पाँच दिनभित्र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन्।