Friday 9 Shrawn, 2071 |
Menu

समाज

सिन्धुपाल्चोकमा पनि भेटियो बर्डफ्लु

  • ८ भाद्र, २०७०
  • ध्रुव दंगाल
  • DISQUS_COMMENTS
(0 votes)
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा पनि कुखुरामा बर्डफ्लु संक्रमण भेटिएको छ। बर्डफ्लु संक्रमण पुष्टि भएपछि आज एकैदिन झण्डै १३ सय कुखुरा मारिएका छन्। जिल्लाको पांग्रेटार गाविसस्थित खाडीचौर बजार आसपासमा पालिएका खुकुरामा बर्डफ्लु भेटिएको हो। पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा यहाँका चारवटा फर्मका सबै कुखुरा नष्ट गरिएका छन्। परीक्षणबाट शुक्रबार दिउँसो बर्डफ्लु संक्रमण पुष्टि भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख छबिलाल अधिकारीले बताए।
बर्डफ्लु संक्रमण पुष्टि भएपछि पशुसेवा निर्देशनालय त्रिपुश्वेरका चिकित्सक डा. अवजप्रसाद झाको नेतृत्वमा ११ जनाको आरआरपी (र्या.पिड रेस्पोन्स) टोली राति ११ बजे संक्रमितस्थल पुगेको थियो। राति नै संक्रमतिस्थलको चार किल्ला तोकेर टोलीले शनिबार बिहानदेखि कुखुरा नष्ट गर्न थालेको थियो। प्रमुख अधिकारीका अनुसार पांग्रेटार–७ मीना कार्कीको फर्ममा पालिएका १२, खड्ककुमार कार्की र रीता कार्कीको दुईवटा फर्मका ८ सय ७५ र गोमा विकको फर्मका ४ सय कुखुरा मारिएका छन्। मीना कार्कीको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो।

कोरियामा मृत्यु भएका नेपाली बारे परिवारलाई जानकारी

म्याग्दी— ईपीएसमार्फत् रोगजारीका लागि दक्षिण कोरिया पुगेका म्याग्दी हिस्तान–८ का पंकज पुनको फोर्कलिष्ट दुर्घटनामा परेर मृत्यु भएको बारे प्रहरीले परिवारलाई जानकारी दिएको छ।

एक वर्षमा सवारी दुर्घटनामा १४३ को मृत्यु

काठमाडौं– उपत्यकामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय ४३ जनाको मृत्यु भएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा कमी हो। गत वर्ष उपत्यकाका तीनवटै जिल्लामा गरी कुल एक...

सुतिरहेकी किशोरीमाथि आक्रमण

बारा— निजगढ ७ मा बुधवार राती खाना खाएर सुतेकी १४ वर्षीय किशोरीमाथि आक्रमण भएको छ। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार राती खाना खाएर एक्लै कोठामा...

कतारमा ठगिएका युवाले मेनपावरबाट क्षतिपूर्ति लिए

खोटाङ– तोकिएको काम र दाम नपाएपछि कतारबाट फर्किएका तीन नेपालीले मेनपावरबाट क्षतीपूर्ति लिएका छन्। गाडीमा स्टीकर टाँस्ने कामका लागि मासिक एक हजार दुई सय पारिश्रमिक पाउने शर्तमा कतार पुगेका खोटाङको...

बन्द उलङ्घन गरेको भन्दै गाडी तोडफोड

रसुवा— नुवाकोटको बिदुरबाट रसुवाको धुन्चे जादै गरेको नुवाकोट सडक डिभिजन बिभागको बा १ झ ४७८४ नम्बरको गाडी रसुवाको धैबुङ ७ कालिकास्थानमा तोडफोड गरिएको छ। चिलिमेका प्रबन्ध सञ्चालक कुलमान घिसिङको पुर्नवहालीको...

वर्षाले पृथ्वीराजमार्ग अवरुद्ध, ३५ घर जोखिममा

गजुरी (धादिङ)- वर्षाका कारण पृथ्वीराजमार्गको ठाउँठाउँमा आज यातायात अवरुद्ध भएको छ। वर्षापछि सडकमाथिबाट आएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत बैरेनी गाविसको मछेडीखोलामा बाढी आई बालुवा माटोसहितको लेदो आएर सडक अवरुद्ध भएको बैरेनी प्रहरी...

सिंहदरवारबाट धर्नाकारी गिफ्तार

 काठमाडौँ- विभिन्न माग राखी सिंहदरबार नजिकै धर्ना बसेका धर्नाकारीलाई प्रहरीले आज गिरफ्तार गरेको छ। आव २०७१/०७२ को बजेटमा दलित समुदायको जातीय विभेद तथा छुवाछूतको मुद्दालाई सरकारले बेवास्ता गरेको भन्दै विरोधमा...

बलात्कार भएको उजुरी गर्नेलाई नै जेल !

भक्तपुर- जिल्ला अदालतल भक्तपुरले बलात्कारसम्बन्धी एक मुद्दामा जाहेरीवालालाई नै जेल सजाय सुनाएको छ। अदालतले जाहेरीवाला सुन्तली (नाम परिवर्तन) लाई एक महिना जेल र रु एक हजार जरिवाना गर्ने फैसला सुनाएको...