Friday 15 Jestha, 2072 |
Menu

समाज

एन्टी स्नेक भेनमको अभाव

  • ८ भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
लहान - स्वास्थ्य संस्थामा विषालु सर्पदंशका बिरामीलाई दिइने एन्टी स्नेक भेनम (औषधि)को मौज्दात सकिँदै जान थालेपछि सर्पदंशका बिरामी समस्यामा पर्न थालेका छन्। सर्पले डसेका बिरामीको उपचार हुने सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, राउ स्मारक अस्पताल लहान, नेपाली सेनाको चोहर्वा तथा बन्दिपुर व्यारेकसहित चार ठाउँमै सो औषधिको मौज्दात सकिँदै गएको छ।
चोहर्वास्थित नेपाली सेनाको नयाँ श्रीनाथ गणमा सञ्चालित सर्पदंश उपचार केन्द्रका इन्चार्ज पृथ्वी शर्माले अब ७० भाइलमात्र औषधि बाँकी रहेको बताए। 

चोहर्वा व्यारेकको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक ५/७ जना जाने गरेका छन्। सिरहासँगै धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर र सप्तरी जिल्लाबाट सर्पदंशका बिरामी उपचारका लागि व्यारेकमा पुग्ने गरेको शर्माले उल्लेख गरे। 

जिल्ला अस्पताल सिरहाका इमर्जेन्सी वार्ड इन्चार्ज शिवदयाल महतोले आफूसँग अहिले मुस्किलले ६० भाइल एन्टी स्नेक भेनमको मौज्दात रहेको जानकारी दिए। 

सर्पदंशका घटना बढी हुने गर्मी मौसममा कम्तीमा पनि २५० भाइल औषधि मौज्दात हुनुपर्ने भए पनि स्वास्थ्य सेवा विभागबाट आपूर्ति नहुँदा मौज्दात घटेकाले बिरामीलाई समस्या पर्न सक्ने महतोले उल्लेख गरे। 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा दयाशङ्करलाल कर्णका अनुसार अहिले दैनिक अस्पताल आउने चार/पाँचजना बिरामीमध्ये एकजना जति सर्पदंशका बिरामी हुने गर्दछन्। विषको मात्राअनुसार एकजना बिरामीलाई नै २० देखि ३० भाइलसम्म औषधि दिएर उपचार गर्नुपर्ने कर्णको भनाइ रहेको छ।

अस्पताल पुग्ने अधिकांश बिरामी विष नभएका सर्पले डसेका भएकाले मात्र केही औषधि मौज्दात रहेको अन्यथा विषालु सर्पले डसेका दुई जनासम्म पनि थपिने हो भने एक दिनमै मौज्दात रित्तिने कर्णले बताए।

राष्ट्रिय पत्रकारिता पुरस्कार झालाई, वरिष्ठ पत्रकार सम्मान पराजुली, पण्डित र शर्मालाई

काठमाडौँ- सरकारले २०७१ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार धनुषाका धर्मेन्द्र झा तथा वरिष्ठ पत्रकार सम्मान कास्कीका कुसुमकेशव पराजुली, तनहुँका तेजप्रकाश पण्डित र पाल्पाका मेघराज शर्मालाई प्रदान गर्ने घोषणा गरेको छ ।

रहेनन् ठूलो टाउको भएका सन्दिप

रहेनन् ठूलो टाउको भएका सन्दिप

पाल्पा- तीन महिने शिशु सन्दिप कामीको निधन भएको छ। जिउभन्दा टाउककोको भार बढी भएका, ओठ र नाक काटिएका, एउटा आँखा सानो र शरीरका अङ्ग राम्रो विकास नभएका सन्दिपको बिहीबार पाल्पाको...

भूकम्पले पाल्पा कारागारमा बिचल्ली

भूकम्पले पाल्पा कारागारमा बिचल्ली

पाल्पा–जिल्ला कारागार पाल्पामा भूकम्पको क्षतिले कैदी बन्दी असुरक्षित रूपमा बस्न बाध्य छन्। विक्रम सम्वत् १९८३ मा निर्माण गरिएको कारागार पहिले पनि जीर्ण अवस्थामै थियो। बैशाख १२ र २९ गतेको भूकम्पमा...

सर्पले डस्दा दुई वर्षीया खुसीको मृत्यु

गौशाला—विषालु सर्पले डस्दा आज बिहान महोत्तरीको बर्दिवास नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ।

भूकम्पको राहत दिलाउने नाममा ठगी गर्ने २ महिला पक्राउ

वीरगन्ज–भूकम्प पीडितका लागि राहत बाड्ँन तयार गरिने सूचिमा समावेश गराउने वहानामा सर्वसधारणलाई ठगी गर्दै हिडेका २ महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। 'भारत सरकारले भूकम्प पीडितलाई ५० हजार रुपैया उपलब्ध...

आयो–आयो! भन्दै जर्याकजुरुक उठ्छन् विद्यार्थी

लमजुङ–लमजुङ उमावि गाउँशहरका शिक्षक बसन्त अधिकारी कक्षा ८ का विद्यार्थीलाई पढाउँदै थिए। बुधबार दिउँसो १ बजे तिर विद्यार्थीहरु भूईंचालो गयो भन्दै एक्कासी होहल्ला गर्न थाले। केही बाहिरै निस्किए पनि। खासमा...

राहतकालागि झुटो विवरण पेश गर्नेलाई कारबाही

खोटाङ–भूकम्प पीडितको परिचयपत्र र राहतकालागि झुटो विवरण पेश गर्ने, उसलाई सहयोग गर्ने र सिफारिस गर्नेलाई कारबाही गर्ने तयारी गरिएको छ।

विवाहको नाचगानमा झडप हुँदा १९ घाइते

विवाहको नाचगानमा झडप हुँदा १९ घाइते

रौतहट— विवाहमा जन्तीको नाचगान चलिरहँदा रौतहटमा भएको झडपमा परी १९ जना घाइते भएका छन्। रौतहटको पतौरा–४ का जितेन्द्र साहको छोरीको विवाहमा आएका जन्तीको नाचगान भइरहँदा स्थानीय विश्वनाथ साह र सुरेश...