Monday 18 Shrawn, 2072 |
Menu

समाज

ist-cc

छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु, दर्जनौं घाइते

  • ८ भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
रत्ननगर (चितवन) - चितवनको मुग्लिन नजिकै ग्रामीण सडकमा भएको मिनीट्रक दुर्घटनामा आज दुईजनाको मृत्यु भएको छ। अन्य एकदर्जन घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा दारेचोक गाविसकी डम्बरकुमारी थापा र पश्चिम चितवन जगतपुरका हरिप्रसाद सुवेदी रहेको चितवन प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। केही घाइतेको मुग्लिन उपचार भइरहेको र केहीलाई भरतपुर ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
यहाँको ग्रामीण क्षेत्र तामिनबाट मुग्लिन आउँदै गरेको ना३ख ३००४ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो। ब्रेकले काम गर्न छाडेपछि दुर्घटनामा परेको र करिब १५० मिटर तल खसेको बताइएको छ। ट्रकका चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेका छन्। 

यता चितवनको टिकौलीमा भएको सवारी दुर्घटनामा १३ जना घाइते भएको रत्ननगर प्रहरीले जनाएको छ। ना३ख ६४६० नम्बरको यात्रुबाहक बस दुर्घटनामा उनीहरु घाइते भएको र उनीहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
यसैगरी उदयपुरबाट सिरहाको मिर्चैयातर्फ आउँदै गरेको ना३ख ६६६८ नम्बरको टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।

टिपरको ठक्करबाट फूलबरिया–७ सिरहाका २४ वर्षीय कुमार पुलामी मगरको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका भीम परियार र राजेश परियारको उपचार मिर्चैयामा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाएको छ। अन्य घाइतेको उपचार मिर्चैयास्थित नर्सिङ होममा भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

उदयपुरको शिरिसे गाविसको पटनाभन्ज्याङस्थित ढुङ्गा खानीबाट धनुषाको महेन्द्र नगरमा रहेको कसमस सिमेन्ट उद्योगमा चुनढुङ्गा लिएर जाँदै गरेको टिपर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

युनिटीका क्षत्री दाजुभाई नक्खु कारागारमा

काठमाडौं- युनिटी इन्टरनेसनलको आवरणमा सर्वसाधारणको अर्बौं ठगी अभियोगमा पक्राउ विष्णु क्षेत्री र कृष्ण क्षेत्री नक्खु कारागार पुगेका छन्। ४ वर्षदेखि फरार रहेका दुवै दाजुभाइलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी...

घरको नक्सा दर्ता आजबाट सुचारु

काठमाडौं- काठमाडौं महानगरपालिका वडा २३ स्थित ओमबहालका राजु बज्राचार्यले भूकम्पमा भत्केको घर पुनर्निर्माणका लागि नक्सा पास गर्न नपाएर हैरान छन्। अहिले पाटनस्थित आफन्तकोमा बस्दै आएका उनी महानगरपालिकाले नक्सा पास गर्न...

जागिर खोसिएका सञ्चारकर्मी कुटिए

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको गाडिले सडक जाम गरेको तस्विर खिच्दा जागिर खोसिएका इमेज न्युज एफएमका पत्रकार संदीप योगीमाथी कोटेश्वरमा अपरिचित समुहले आक्रमण गरेको छ।

बालक 'बलि' दिनेलाई कडा कारबाही माग

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले तन्त्रमन्त्रको नाममा नवलपरासी, कुडिया-४, मर्चहवाका १० वर्षीय जीवन कोहारको हत्यामा संलग्नमाथि कडा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

यातना सहन नसक्दा महिलाद्वारा आफैँलाई जलाउने प्रयास

बर्दिया—घर परिवारको यातना सहन नसक्दा एक महिलाले आफूलाई जलाएर आत्महत्या प्रयास गरेकी छिन्। शुक्रबार राती ८ बजे महोम्मदपुर २ गणेशपुर बस्ने गीता नेपाली शेषले श्रीमान्‌को यातना सहन नसक्दा आगो लगाएर...

श्रीमानद्वारा श्रीमतीको हत्या

प्यूठान–भिंगृ गाविसमा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमतीको ज्यान गएको छ । भिंगृ–८, नेवारे टोलका ५६ वर्षीया पवि रामजाली मगरको श्रीमानको कुटाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

प्रहरी शब्द नहटाउन सशस्त्र लबिङमा

काठमाडौं, साउन १७ (नागरिक)– संविधान मस्यौदामा सुझाव प्रतिवेदनमा सशस्त्रको प्रहरी शब्द हटाउने सुझाव समेटिएपछी सशस्त्र प्रहरी बल नेतृत्व त्यसको विरुद्धमा लबिङमा सक्रिय भएको छ ।

खुकुरी प्रहारबाट युवकको मृत्यु

बर्दिया–खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गम्भिर घाइते गोला गाविस २ जोधिपुरका ३७ वर्षीय गंगाधर चालीसेको मृत्यु भएको हो ।