Wednesday 11 Bhadra, 2071 |
Menu

समाज

अज्ञात समूहले घरमा आगो लगायो

  • ८ भाद्र, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट - रौतहटको पिपरिया दोस्तिया गाउँ विकास समिति वडा नम्बर ५ स्थित एक घरमा अज्ञात समुहले आगो लगाउँदा लाखौको धनमाल जलेर नष्ट भएको छ।
आगलागीमा परी एक वृद्ध गम्भीर घाइते भएका छन।
शुक्रवार राति १० बजे भीमडावरटोलका  राम विलास साहको घरमा ४ जनाको संख्यामा आएका अपरिचित समूहले आगो लगाएर भागेको स्थानीय अरुण यादवले बताए। सुतिरहेका ७५ वर्षीय भैरो साह गम्भिर घाइते भएका छन। उनको गरुडाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था खतरामुत रहेको परिवारले जनाएको छ।
घरमा सो अपरिचित समुहले आगो लगाएपछि इलाका प्रहरि कार्यालय गरुडा, सशस्त्र वेस क्याम्प दुधियाभार र स्थानी मिलेर आगो नियन्त्रणमा लिए। आगालागीबाट पशु चौपाया, लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बाढीपहिरो पीडितलाई आइएमई ग्रुपको २० लाख

काठमाण्डौं- ग्लोबल आइएमई बैंक र आइएमई ग्रुपका तर्फबाट बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २० लाख रुपैयाँ जम्मा भएको छ।

जोडियो अरनिको राजमार्ग

सिन्धुपाल्चोक-कान्ले पहिरो र सुनकोसी तालले २६ दिन देखि अवरुद्द अरनिको राजमार्ग वुधबार नयाँ सडक ट्रायाकले जोडिएको छ। सुनकोसी किनारको बायाँबाट ब्यापारीले खनेको ट्रायाकले राजमार्ग जोडेको हो।

बाघले मान्छे मार्‍यो

चितवन- बाघले आक्रमण गर्दा चितवनको माडीमा एक जनाको ज्यान गएको छ।

पहिरोले म्याग्दी दरबाङका १० परिवार विस्थापित

म्याग्दी-पश्चिम म्याग्दीको दरबाङ गाविस–१ सावटाका १० घर विस्थापित भएका छन्। मंगलबार राति परेको अविरल बर्षाले गाउँका सबैघर विस्थापित भएको हुन्।

१२ को नतिजा ढिलाइले तनाव

काठमाडौं-कीर्तिपुरका बबिन कार्कीले साउनमै भारतको जवाहरलाल नेहरु टेक्निकल विश्वविद्यालय हैदराबादमा २० हजार तिरेर इन्जिनियरिङको सिट बुक गराए।

मदिरा सेवनले युवकको मृत्यु

बाजुरा— मदिरा सेवनले मंगलबार राती मार्तडी बाउलीमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मार्तडी–८ घर भएका काल्चे लवारका छोरा मनबहादुर विक रहेका छन् । अत्याधिक मदिरा सेवन गर्दै आएका...

शान्तिस्तुप जोखिममा, पर्यटक प्रवेशमा रोक

शान्तिस्तुप जोखिममा, पर्यटक प्रवेशमा रोक

पोखरा-अविरल वर्षापछिको पहिरोले पुम्दीभुम्दीस्थित विश्वशान्ति स्तुप नै जोखिममा परेको छ। आइतबार रातिको वर्षाले पुम्दीभुम्दी–१ अनदुस्थित शान्तिस्तुपाछेउमै पहिरो झरेपछि पर्यटकलाई उक्त क्षेत्र प्रवेशमा रोक लगाइएको छ।

प्राध्यापक नियुक्ति विवादले परीक्षा स्थगित

चितवन-कृषि तथा वन विश्वविद्यालयमा प्राध्यापक भर्नाले उत्पन्न विवादको असर त्रिभुवन विश्वविद्यालयको कृषि क्याम्पसमा पनि परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काललाई निर्णय स्थगित गर्न निर्देशन दिएसँगै करारमा नियुक्त गरिएका प्राध्यापकको...