Monday 3 Kartik, 2071 |
Menu

समाज

सञ्चारमाध्यममा तीज गीत प्रतियोगितामा रोक

  • ८ भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
चितवन- चितवन जिल्लामा हरितालिका तीज भड्किलो बन्दै गएपछि  स्थानीय प्रशासनले त्यस्ता कार्यक्रम नर्गन सूचना जारी गर्दै रोक लगाएको छ।
प्रशासनले रोक लगाएपछि स्थानीय सञ्चारमाध्यम नराम्रोसँग प्रभावित भएका छन्। चितवनका  स्थानीय टेलिभिजनको मुख्य आयस्रोत तीज गीत छायाङ्कन र प्रसारण हो भने  स्थानीय एफएम रेडियोले प्रायोजक खोजेर तीजमा राम्रो आम्दानी गर्दै आएका थिए।

 गत वर्षहरुमा टोलटोलमा महिलाले आर्थिक सङ्कलन गरी एकमहिना अघिदेखिनै नाचगान गर्दै  स्थानीय टेलिभिजनमा प्रसारण गर्ने गर्दथे भने रेडियोले ठूलाठूला नगद पुरस्कार राखी प्रतियोगिता गर्दै आएका थिए।

 तीजलाई  स्थानीय पार्टी प्यालेस र होटलले आम्दानीको राम्रो स्रोत बनाएका थियो। विगतका वर्षमा झन्डै एकमहिना छायाङ्कन गरेको स्थानीय बेसो टेलिभिजनका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतले यस वर्ष प्रशासनको सूचना आएपछि कार्यक्रम आयोजना नै नभएको बताए।

 तीजको समयमा दरखानेको भिड हुने चितवनको ठूलो होटल होटल रोयल सेन्चुरीमा आजसम्म कुनै कार्यक्रमको लागि  स्थान बुकिङ नभएको होटलका महाप्रबन्धक युवराज घिमिरेले बताए।

 पछिल्लो समयमा चाडपर्व मनाउने नाममा बढी खर्च गर्ने प्रवृति बढेपछि प्रशासनले कडाइ गरेको हो। सामाजिक व्यवहार–सुधार ऐन र नियमावलीअनुसार चाडपर्वमा अनावश्यक तामझम गरेर कार्यक्रम गरे कारबाही गरिने प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिए।

यात्रुबाहक बसमा २० किलो स्टोन फेला

काठमाडौं- स्थलमार्ग हुँदै उपत्यकामा स्टोन तस्करी हुने गरेको खुलेको छ। एक यात्रुबाहक बसमा प्रहरीले २० किलो विभिन्न प्रकृतिका स्टोन फेला परेपछि पछिल्लो समय स्टोन कारोबारीले उपत्यकामा स्टोन ल्याउन सार्वजनिक यातायातको...

लेन मिच्ने ५ सयलाई कारबाही

काठमाडौं- उपत्यकाका सडकमा सवारीको मनपरी बढेको भन्दै लेन अनुशासनमा कडाइ गर्दै आएको ट्राफिकले एक साता अवधिमा २५ सयभन्दा बढी चालकलाई कारबाही गरेको छ। चालकले लेन मिच्दै जथाभावी सवारी गुडाउन थालेपछि...

पत्रकार घिमिरेको सम्झनामा

पत्रकार घिमिरेको सम्झनामा

काठमाडौं- पत्रकार सञ्जीव घिमिरेको सम्झनामा नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाले आइतबार श्रद्धान्जली सभा आयोजना गरेको छ। हृदयघातका कारण शनिबार निधन भएका पत्रकार घिमिरेको सम्झनामा नेपाल रिपब्लिक मिडियाको कार्यालय बागदरबार सुन्धारामा...

हिमपातमा ज्यान गुमाउने ४० पुगे

पोखरा/जुम्ला- 'हुडहुड' आँधी प्रभावले उच्च हिमाली क्षेत्रमा भएको हिमपात र हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। मनाङ र मुस्ताङमा बिहीबार थप १० शव फेला परेका छन्। मुस्ताङमा ९ नेपाली...

भारतबाट सात भारी आखेटोपहार भित्रियो

महेन्द्रनगर- भारतीय सीमा पार गर्दै तस्करले दार्चुलाको उत्तरी नाकाबाट सात भारी बाघको छाला र हाड (अखेटोपहार) नेपाल भित्र्याएको खुलेको छ। बिहीबार राति नेपाल भित्र्याइएको अखेटोपहार उनीहरुले भरियामार्फत तिब्बतको ताक्लाकोटतर्फ लगेको...

मौसम सूचना दिने संयन्त्र छैन

काठमाडौं- हिमपातमा ज्यान गुमाउनेको संख्या आइतबार साँझसम्म ४० पुगेको छ। घाइते र उद्धार गरिएकाहरूको नाम र संख्या रेकर्ड राख्न सरकार असफल छ। हराइरहेका सर्वसाधारणतिर त ध्यान दिनै भ्याएको छैन।

जोरपाटीमा आगलागी

काठमाडौं– जोरपाटी दक्षिणढोकाको एक मोटर ग्यारेजमा अाइतबार राति आगलागी भएको छ। ग्यारेजमा प्रज्वलनशील पदार्थ भएकाले आगलागी ठूलो भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा...

तीन किलो चाँदीसहित तीन भारतीय पक्राउ

विराटनगर– भारतबाट आउने ट्रकबाट तीन किलो चाँदीका सामान ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारनजिक तीन भारतीय नागरिक पक्राउ परेका छन्।