Friday 14 Kartik, 2071 |
Menu

समाज

बर्थडे पार्टीमा छापा

(0 votes)
काठमाडौं - सामाजिक व्यवहार (सुधार) ऐनविपरीत व्यवसायी बिएल शर्माले भाटभटेनीस्थित आम्रपाली बैंकेटमा 'बर्थडे' मनाउन लागेका बेला प्रहरी र राजस्व अनुसन्धान टोलीले छापा मारेको छ।

ऐनले जन्मदिवसमा नातेदारबाहेक २५ जनाभन्दा बढीलाई भोजमा निम्तो गर्न प्रतिबन्ध लगाएको छ। तर, शर्माको ९०औं बर्थडे मा करिब ५ सय जना सहभागी थिए।
काठमाडौं महानगरीय प्रहरी प्रभाग हनुमानढोकाका एसएसपी सुबोध घिमिरेले आयातीत मदिरा राखेर तडकभडकसाथ बर्थडे मनाउन लागेकाले अनुगमन गरिएको बताए। शर्माले ४ सयलाई कार्ड बाँडेको बताइएको छ। आन्तरिक राजस्व अनुसन्धान टोलीले भोजको बिल लगेको छ। ऐन उल्लंघन गरेको ठहर भए १० हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्त गौतमको अध्यक्षतामा गठित टोलीले ऐन कार्यान्वयनका लागि अनुगमन अभियानलाई निरन्तरता दिने एसएसपी घिमिरेले बताए। विवाह, व्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारान, जन्मनि, छैठी, बूढो पास्नीलगायतमा अनावश्यक खर्च रोक्ने विभिन्न प्रावधान ऐनमा छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक साताअघि ऐनअनुसार भोजभतेर गर्न सार्वजनिक अपिल गरेपछि कानुन व्यवसायी अग्नि खरेलले छोराको बिहेभोज रद्द गरेका थिए।
 
पुस्तकालयमा पाठकै छैनन्

पुस्तकालयमा पाठकै छैनन्

काठमाडौं-सरकारलाई हस्तान्तरण गरिएको लाजिम्पाटस्थित डा. डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा ३० हजारभन्दा बढी पुस्तक छन्। त्यहाँ इतिहास, धर्म–संस्कृति, राजनीति, जीवनी, साहित्य, दर्शन लगायत विधाका विश्वप्रसिद्ध पुस्तक राखिए पनि थोरैले मात्र चासो...

एमबिबिएस छात्रवृत्ति कोटा भर्ना, विवादको घानमा ‘डाक्टर सपना’

काठमाडौं-बुटवलका २० वर्षीय कृष्ण खरालले एमबिबिएस पढ्न गत वर्ष शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा नाम निकालेका थिए। सानैदेखिको डाक्टर बन्ने सपना पूरा हुने देखेका उनको भुइँमा खुट्टै थिएन।

चुरेका खोलामा तस्करी व्यापक

चुरेका खोलामा तस्करी व्यापक

नेपालगन्ज-चुरेक्षेत्रका खोलाबाट ढुंगा तस्करी गर्ने क्रम पछिल्ला दिन झनै बढेको छ। सरकारले प्रतिबन्ध लगाएकै अवस्थामा पूर्वपश्चिम राजमार्गअन्तर्गत कचनापुर गाविसस्थित मुगुवा खोलाबाट ठूलो परिमाणमा ढुंगा संकलन तथा निकासी भइरहेको छ।

महाभारत संरक्षणको रकम गोष्ठीमा

डडेल्धुरा-जिल्ला वन कार्यालयले गत वर्ष महाभारत क्षेत्र संरक्षणका नाममा आएको १५ लाखभन्दा बढी रकम होर्डिङ बोर्ड र गोष्ठी सञ्चालनमा खर्च गरेको खुलासा भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, डोटी र अछामले महाभारत...

वन्यजन्तु पाल्नेलाई उन्मुक्ति

धनगढी-अवैध रुपमा वन्यजन्तु पालेको आरोपमा पक्राउ परेका दुईजनालाई जिल्ला वन कार्यालय कैलालीले धरौटीमा रिहा गरेको छ भने वन्यजन्तु पालिएको घरका धनी कर्ण कुँवरलाई अनुसन्धान दायरामै ल्याइएको छैन। कुनै प्रमाण फेला...

राराकिनारमा जलवायु सम्मेलन सुरु : भित्र बहस, बाहिर नाराबाजी

राराताल (मुगु)-रारा राष्ट्रिय निकुञ्जभित्र २,९९० मिटर उचाइमा अवस्थित राराताल। तालकिनारमै तयार पारिएको सम्मेलनकक्षको मञ्च। योजनाविद, जलवायुविज्ञ, सरकारी उच्च अधिकारी र राजनीतिक तथा गैरराजनीतिक क्षेत्रका सरोकारवालाले राराको माटो हातमा लिएर बिहीबार...

नागरिकको फिचरका लागि पत्रकार बस्नेत पुरस्कृत

काठमाडौं— नागरिक दैनिकमा प्रकिशत 'फैलाउँदै आधा आकाश' फिचरका लागि पत्रकार वसन्त बस्नेतले 'सञ्चारिका समानता पुरस्कार २०७०' जितेका छन्। सञ्चारिका समूहले प्रदान गर्ने सो पुरस्कारको राशि १५ हजार रुपैयाँ छ। सो...

सेनामा जागिर लाइदिन्छु भनेर ठग्ने पक्राउ

काठमाडौं— सेनामा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कात्तिक १३ गते पक्राउ गरेको छ। चीनमा एमबीबीएस अध्ययनरत सञ्जय घिमिरेले सेनामा जागिर लगाइदिन्छु...