Monday 7 Poush, 2071 |
Menu

समाज

ओढारदेखि आश्रमसम्म (फोटो फिचर)

  • बिहीबार ६ भाद्र, २०७०
  • रामेश्वर कार्की
  • DISQUS_COMMENTS
(0 votes)
यस्तो थियो ओडारमा दम्पतीको बास। यस्तो थियो ओडारमा दम्पतीको बास।
धादिङ — दुई वर्षदेखि ओढारमा कस्टप्रद जीवन बाँच्दै आएका धादिङ तसर्पु–१ धैरेनीका पवबहादुर भुजेल र बेली भुजेल (माइली) दम्पतीलाई उद्दार गरिएको छ। उनीहरुलाई हेटौंडास्थित चुरियामाई ३ रातमाटेको दिव्य सेवा निकेतन आश्रममा पुनर्स्थापना गरिएको हो।

सोमबार नागरिक दैनिकमा ओढारमा भोकभोकै शीर्षकमा समाचार प्रकाशित भएपछि सहयोग गर्न मंगलबार भुजेल दम्पती बसेको ओढारसम्म राष्ट्रिय बीमा संस्थानका कर्मचारी बुद्धिप्रसाद रेग्मी र भूतपुर्व गोर्खा सैनिक पुर्णकुमार गुरुङ पुगेका थिए। उनीहरु दुवैजना काठमाडौंबाट उद्दारका लागि आएका हुन्।

बृद्ध दम्पतीको अवस्था कष्टकर देखेपछि उनीहरुलाई खाना भन्दा पनि बाँचुञ्जेल पुनर्स्थापना जरुरी रहेको निष्कर्ष निकालेका थिए। रेग्मी र गुरुङको सहयोगमा बुधबार उनीहरुलाई आश्रम स्थलमा पुर्याकइएको हो। मंगलबार स्थानीय प्रतिनिधि, राजनीतिक दल, प्रहरी र पत्रकारको टोलीले स्थलगत निरीक्षण गरेर आश्रममा राख्न उपयुक्त हुने सुझाव दिएका थिए।

गाउँ विकास समिति तसर्पुको अनुरोध बमोजिम उनीहरुलाई आश्रमले जिम्मा लिएको निकेतनका अध्यक्ष चम्फुसिं वाइबाले बताए। उनीहरुको आजीवन भरण पोषण निम्ति लाग्ने खर्च रेग्मी र गुरुङले आश्रमलाई उपलव्ध गराउने बताएका छन्।

ओढार पुगेका सबैलाई दम्पत्तिले बाँचुन्जेल आफूले भोगेका दुःखको बेलिविस्तार लाएका थिए। हिँड्ने बेलामा एक पटकमाथि पुगेर आउँछु भनेर कान्लो उक्लिएका उनीहरु आफूलाई आश्रय दिएको भित्तो सुमसुम्याएर गहभरी आँसु पारेका थिए।

old10

दम्पतीको उद्दारमा पुगेको टोली

oldold

टोली पुग्दा यस्तो अवस्थामा भेटिए दम्पती

old4

आफूलाई आश्रय दिने भित्तोलाई अंगालो मारेर फर्किंदै

 

old3

 

old5

सकिए ओढारका बास, फर्किंदै उनीहरु

old8

बाटोमा पर्ने खोलामा यसरी तारियो

old

महादेवबेसी बजारमा नुवाएर लुगा फेरेपछि प्रशन्न मुद्रामा

old05 copy

गाडीमा चढ्दै

old7

वृद्धको मुस्कान

old6

 

 

यौनजन्य गतिविधिको अभियोगमा पाँच पक्राउ

विराटनगर- यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन महिलासहित पाँच जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ।

पूर्वराजा शाह चितवनमा

पूर्वराजा शाह चितवनमा

रत्ननगर (चितवन)- पूर्वराजा ज्ञानेन्द्र शाह आज पारिवारिक भ्रमणका सिलसिलामा चितवन आएका छन्। पूर्वराजा शाहलाई भरतपुर विमानस्थलमा बाजागाजासहित उनका समर्थकले स्वागत गरेका थिए। 

शैक्षिक प्रमाणपत्र छानबिनसँगै एघार शिक्षकको राजीनामा

उदयपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र छानबिन गर्ने क्रम अघि बढाएपछि जिल्लामा अहिलेसम्म ११ जना शिक्षकले राजीनामा दिएका छन्। राजीनामा दिने शिक्षकमध्ये एकजना माध्यमिक तहको, एकजना निम्न माध्यमिक तहको...

करेन्ट लागेर युवकको मृत्यू

गोरखा–नेपाल विद्युत प्राधिकरण गोरखा शाखाको अव्यवस्थित हाइटेन्सन लाइन बिस्तारका कारण घर बनाउँदै गरेका एक युवकको आइतवार करेन्ट लागेर ज्यान गएको छ।

काठमाडौं महानगरपालिका दुई सिफ्टमा खोल्ने तयारी

काठमाडौं- काठमाडौं महानगरपालिकाले दुई सिफ्टमा कार्यालय संचालन गर्ने तयारी गरेको छ। सरकारले पुस १ गतेदेखि अत्याधिक भीड हुने कार्यालयहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्ने निर्णसँगै महानगरले पनि यसबारेमा...

नागरिकको बम्पर उपहार क्राउन सेभिङलाई

नागरिकको बम्पर उपहार क्राउन सेभिङलाई

काठमाडौं– नागरिक दैनिकका ग्राहकका लागि सञ्चालित 'सबै लक्की, सबैलाई केट्ली' योजनाअन्तर्गतको बम्पर उपहार पुतलीसडकको क्राउन सेभिङले पाएको छ। हिमालयन टेलिभिजनमा केहीबेरअघि प्रत्यक्ष प्रसारित लक्की ड्रमा ५३७६ ग्राहक नम्बरको क्राउन सेभिङले...

गुडिरहेको बसलाई हाइटेन्सन तारले छुँदा चार यात्रुको मृत्यु

सिन्धुपाल्चोक- गुडिरहेको गाडीलाई लत्रेको हाइटेन्सन लाइनले छुँदा सिन्धुपाल्चोकको बराम्ची-२, बालुवामा चार जनाको करेन्ट लागेर मृत्यु भएको छ। सात जना भने घाइते भएका छन्। काठमाडौंबाट सिन्धुपपाल्चोकको कात्तिके जाँदै गरेको बा२ख २७०२...

वञ्चरो र खुर्पा हानेर श्रीमतीको हत्या

गोरखा- गोरखाको छोप्राक-७, बगलीगाँउका एक पुरुषले श्रीमतीलाई वञ्चरो र खुर्पा प्रहार गरेर हत्या गरेका छन्। आज बिहान साँढे पाँच बजेतिर उठ्ने तरखर गर्दै गरेकी २२ वर्षीया सुनिता भुजेललाई टाउकोमा वञ्चरो...