Friday 15 Jestha, 2072 |
Menu

समाज

'चीनमा मेडिकल पढेकाले इन्टर्नसीप गर्न पाउन्नन्'

(0 votes)
काठमाडौं - नेपाल मेडिकल काउन्सिलका अध्यक्ष दामोदर गजुरेलले चीनमा एमबिबिएस गरेर इन्टर्नसीपका लागि नेपालमा आएका विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न अनुमति दिन नमिल्ने भन्दै पुनरावेदन अदालतले गरेको फैसला विरुद्ध सर्वोच्चमा जाने धम्की दिएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित अर्न्तक्रियामा गजुरेलले भने, ' नेपाल मेडिकल काउन्सिल विदेशमा डाक्टर पढेर आएकाहरुको इन्टरर्नसिप गर्न अनुमति दिने संस्था होइन, हामी उनीहरुको ठेक्का लिएका छैनौं। त्यसैले हामी सर्वोच्च जाँदैछौं, अदालतले जे फैसला गर्छ त्यही मान्छौं।' 
विदेशी भूमिमा एमबिबिएस पढेका सबै विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न दिने हो भने राज्यले थेग्न नसक्ने भन्दै उनले अहिले आएका ८३ जना विद्यार्थीहरु नेपालमै इन्टरर्नसीप गर्ने हो भने सर्वोच्चको फैसला नआउँदा सम्म कुर्नु पर्ने तर्क गरे। 
डाक्टर पढन इच्छुक नेपालीलाई चाइना थ्रि गर्जेज युनिभर्सिटीमा पठाउँदै आएका कन्सल्टेन्स डा.कृष्ण अधिकारीले नेपाल मेडिकल काउन्सिलले एमबिबिएस गरी नेपाल फर्केका विद्यार्थीहरुलाई इन्टर्नसिप गर्नबाट रोक्नु काउन्सिलको नियम विपरित भएको दाबी गरे। 
उनले भने, 'पुनरावेदन अदालतले गरेको फैसला काउन्सिलले मान्नुपर्छ, सर्वोच्चमा जान्छु भन्नु विद्यार्थीहरुको जीवन बर्बाद पार्न खोज्नु हो।' 
कानुन व्यवसायी सीतादेवि श्रेष्ठले सर्वोच्च अदालत जान्छौं भनेर धम्की दिनु भनेको ८३ जना विद्यार्थीहरुलाई डाक्टर बन्नबाट बन्चित गर्न खोज्नु भएको बताए। 
विद्यार्थी सुलक्षणा श्रेष्ठले आफूहरुलाई इन्टर्नसीप गर्नबाट बञ्चित गरिए काउन्सिलका अध्यक्ष विरुद्ध मुद्दा हाल्दै काउन्सिल अगाडि आमरण अनसन बस्ने चेतावनी दिइन्।

राष्ट्रिय पत्रकारिता पुरस्कार झालाई, वरिष्ठ पत्रकार सम्मान पराजुली, पण्डित र शर्मालाई

काठमाडौँ- सरकारले २०७१ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार धनुषाका धर्मेन्द्र झा तथा वरिष्ठ पत्रकार सम्मान कास्कीका कुसुमकेशव पराजुली, तनहुँका तेजप्रकाश पण्डित र पाल्पाका मेघराज शर्मालाई प्रदान गर्ने घोषणा गरेको छ ।

रहेनन् ठूलो टाउको भएका सन्दिप

रहेनन् ठूलो टाउको भएका सन्दिप

पाल्पा- तीन महिने शिशु सन्दिप कामीको निधन भएको छ। जिउभन्दा टाउककोको भार बढी भएका, ओठ र नाक काटिएका, एउटा आँखा सानो र शरीरका अङ्ग राम्रो विकास नभएका सन्दिपको बिहीबार पाल्पाको...

भूकम्पले पाल्पा कारागारमा बिचल्ली

भूकम्पले पाल्पा कारागारमा बिचल्ली

पाल्पा–जिल्ला कारागार पाल्पामा भूकम्पको क्षतिले कैदी बन्दी असुरक्षित रूपमा बस्न बाध्य छन्। विक्रम सम्वत् १९८३ मा निर्माण गरिएको कारागार पहिले पनि जीर्ण अवस्थामै थियो। बैशाख १२ र २९ गतेको भूकम्पमा...

सर्पले डस्दा दुई वर्षीया खुसीको मृत्यु

गौशाला—विषालु सर्पले डस्दा आज बिहान महोत्तरीको बर्दिवास नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ।

भूकम्पको राहत दिलाउने नाममा ठगी गर्ने २ महिला पक्राउ

वीरगन्ज–भूकम्प पीडितका लागि राहत बाड्ँन तयार गरिने सूचिमा समावेश गराउने वहानामा सर्वसधारणलाई ठगी गर्दै हिडेका २ महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। 'भारत सरकारले भूकम्प पीडितलाई ५० हजार रुपैया उपलब्ध...

आयो–आयो! भन्दै जर्याकजुरुक उठ्छन् विद्यार्थी

लमजुङ–लमजुङ उमावि गाउँशहरका शिक्षक बसन्त अधिकारी कक्षा ८ का विद्यार्थीलाई पढाउँदै थिए। बुधबार दिउँसो १ बजे तिर विद्यार्थीहरु भूईंचालो गयो भन्दै एक्कासी होहल्ला गर्न थाले। केही बाहिरै निस्किए पनि। खासमा...

राहतकालागि झुटो विवरण पेश गर्नेलाई कारबाही

खोटाङ–भूकम्प पीडितको परिचयपत्र र राहतकालागि झुटो विवरण पेश गर्ने, उसलाई सहयोग गर्ने र सिफारिस गर्नेलाई कारबाही गर्ने तयारी गरिएको छ।

विवाहको नाचगानमा झडप हुँदा १९ घाइते

विवाहको नाचगानमा झडप हुँदा १९ घाइते

रौतहट— विवाहमा जन्तीको नाचगान चलिरहँदा रौतहटमा भएको झडपमा परी १९ जना घाइते भएका छन्। रौतहटको पतौरा–४ का जितेन्द्र साहको छोरीको विवाहमा आएका जन्तीको नाचगान भइरहँदा स्थानीय विश्वनाथ साह र सुरेश...